लियोनेल मेस्सी
| व्यक्तिगत विवरण | |||
|---|---|---|---|
| पुरा नाम | लियोनेल एन्ड्रेस मेस्सी | ||
| जन्म मिति | २४ जुन १९८७ | ||
| जन्म स्थान | रोसारीयो, अर्जेन्टिना | ||
| उचाई | ५ फिट ७ इन्च | ||
| खेल्ने स्थान | अग्रपङ्ति / विङ्गर | ||
| क्लबको विवरण | |||
| हालको क्लब | बार्सिलोना | ||
| नम्बर | १० | ||
| युवा क्लब | |||
| १९९५–२००० | न्यूवेल्स ओल्ड ब्वाइज | ||
| २०००–२००४ | बार्सिलोना | ||
| सिनियर क्लब* | |||
| बर्ष | क्लबहरु | खेल | (गोल) |
| २००४–२००५ | बार्सिलोना ख | २२ | (६) |
| २००४– | बार्सिलोना | १७० | (११५) |
| राष्ट्रिय टीम† | |||
| २००५ | अर्जेन्टिना यू-२० | ७ | (६) |
| २००८ | अर्जेन्टिना यू-२३ | ५ | (२) |
| २००५– | अर्जेन्टिना | ५५ | (१६) |
|
सम्मान
|
|||
| * Senior club appearances and goals counted for the domestic league only and correct as of ११ मे २०११. |
|||
लियोनेल एन्ड्रेस मेस्सी ( जन्म २४ जून, १९८७) अर्जेन्टिनाको फुटबल खेलाडी हुन, जो हाल ला लिगा टीम बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टीमको लागि खेल्छन्। मेस्सि आफ्नो पींढीका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्य एक मानिन्छन्,[१][२][३] जसले २१ वर्षको उमेरमा नै धेरै ब्यालन डी'ओर र फिफा सर्वश्रेष्ट फिफा वर्षको खेलाडीको उपाधि प्राप्त गरे।[४][५][६] उनको खेल शैली र क्षमताको कारणले गर्दा फुटबलको बादशाह म्याराडोना सँग उनको तुलना हुन लाग्यो, जसले आफै मेस्सीलाई आफ्नो "उत्तराधिकारी" घोषित गरेका थिए।[७][८]
मेस्सीले कम उमेरमा नै फुटबल खेल्न शुरू गरे र चाँडै नै बार्सिलोनाले उनको क्षमता पहिचान गर्यो। उनले सन २०००मा रोसारियोमा अवस्थित न्यूवेल्स ओल्ड ब्वाइज युवा टीम छोडेर आफ्नो परिवारसित यूरोप आए, किनकि बार्सिलोनाले उनको विकास हार्मोनको कमीको लागि उपचार गरिदिने प्रस्ताव राखेको थियो। २००४-०५ सीजनमा पहिलो पल्ट मैदानमा उत्रिएर उनले सबै भन्दा कम उमेरमा लीग खेल खेल्ने फुटबलरको ला लिगा रेकर्ड तोडी दिए र साथै सबै भन्दा कम उमेरमा लीग गोल स्कोर गर्ने खेलाडी बने। मेस्सीको प्रथम प्रदर्शनको समयमा बार्सिलोनालाई ला लिगा जीताए र २००६मा पुन: सो लीग र UEFA च्याम्पियन्स लीग जिताएर चाँडै नै प्रमुख सम्मान प्रापत गरे। २००६-०७ उनको सफलताको सीजन थियो: एल क्लासिकोमा एक ह्याट्रिक र २६ लीग म्याचहरूमा १४ गोल गर्दै, उनले नियमित रूपले खेल जित्ने पहिलो समुहमा ठाँउ बनाए। संभवतः २००८-०९को सीजन उनको सबै भन्दा सफल सीजन थियो, जसमा मेस्सी ३८ गोल गर्दै लगातार तेस्रो विजय अभियानको अभिन्न अंग बने।
मेस्सी, २००५ फिफा वर्ल्ड यूथ च्याम्पियनशिपमा अन्तिम खेलमा २ गोल सहित जम्मा ६ गोल गरी शीर्ष स्कोरर बने। त्यसको लगत्तै, उनी अर्जेन्टिनाको अन्तर्राष्ट्रिय टीमको एक सदस्यको रूपमा स्थापित भए। २००६ मा, उनी अर्जेन्टिना बाट फिफा(FIFA) विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने र अर्को वर्ष उनले कोपा अमेरिका टूर्नामहरूटमा रनर्स-अप पदक जीते। २००८ मा, उनले अर्जेन्टिना ओलम्पिक फुटबल टीम सँग बेइजिङमा भएको ओलम्पिक खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रीय सम्मान, ओलम्पिक स्वर्ण पदक जीते।
विषयसूची |
[सम्पादन गर्ने] प्रारम्भिक जीवन
मेस्सीको जन्म २४ जून, १९८७मा रोसारियो, अर्जेन्टिनामा जर्ज मेस्सी, एक कारखाना मजदूर, र सीलिया (उर्फ कुक्कीटिनी), एक अंशकालिक क्लीनर दम्पतिको घरमा भएको थियो।[९][१०] उनको पुर्खाको उद्गम इटालियन शहर एंकोनाबाट भयो, जहाँ बाट 1883मा उनको पूर्वज, एंजलो मेस्सी अर्जेन्टिनामा प्रवेस गरेका थिए।[११][१२] उनको रडरिगो तथा मेशियस नाम गरेका दुई दाजुहरूका साथै मारिया सोल नाम गरेकि एक बहिनी पनि थिइन।[१३] मेस्सी पाँच बर्षको उमेर देखि आफ्ना बुवा जर्ज मेस्सीले प्रशिक्षण गरीरहेको एक स्थानीय क्लब ग्रैंडोलीको लागि फुटबल खेल्न शुरू गरे।[१४] १९९५ मा, मेस्सी आफ्नो गृहशहर रोसारियोमा अवस्थित न्यूवेल ओल्ड बय्स क्लबको लागि खेल्न लागे।[१४] ११ वर्षको उमेरमा, उनको नैदानिक परीक्षणमा विकास हार्मोनको कमी पाईयो। [१५] प्राइमरी डिभिजन क्लब रिवर प्लेटले मेस्सीको उपचार प्रति दिलचस्पी देखायो तर क्लबसँग उनको उपचारको लागि पर्याप्त धन थिएन किनकि उनको उपचारमा प्रति महिना ९०० डलर लाग्थ्यो।[१०] लेइडा, कैटालोनियामा भएका मेस्सीका एक जना आफन्तले बार्सिलोनाका खेल निदेशक कार्ल्स रिक्सैकलाई मेस्सीको प्रतिभाको बारेमा बताए र मेस्सी र उनको पिताको लागि परीक्षण दिने व्यवस्था मिलाए।[१०] उनको खेल परीक्षण गरे पछि बार्सिलोनाले उनसलाई यदी उनी स्पेन स्थान्तरित हुन तयार छन भने उनको उपचार खर्च ब्यहोर्ने शर्तमा अनुबन्धन गर्यो।[१४][१६] त्यस पछि मेस्सी सपरिवार यूरोप स्थान्तरित भए र बार्सिलोनाक्लबको युवा टीमहरूमा खेल्न शुरू गरे।[१६]
[सम्पादन गर्ने] क्लब जीवन
[सम्पादन गर्ने] बार्सिलोना
मेस्सीले १६ नोभेम्बर, २००३को (१६ वर्ष र १४५ दिनको उमेरमा) पोर्टो बिरुद्ध एक मैतृपूर्ण खेलबाट आफ्नो पहिलो क्लबको लागि आफ्नो खेल-जीवनको औपचारीक शुरूवात गरे।[१७][१८] त्यसको एक वर्ष भन्दा पनि कम समयमा नै, १६ अक्टोबर, २००४मा (१७ वर्ष र ११४ दिनको उमेरमा) फ्रान्क रिजकार्डले उनीलाई इस्पेन्योलको बिरुद्धको खेलबाट आफ्नो पहिलो लीग खेल शुरूवात गर्ने मौका दिए र उनी त्यस समय सम्ममा बार्सिलोनाको लागि खेल्न तेस्रो सबैभन्दा कम उमेरको खेलाडी र ला लिगामा गोल गर्ने सबैभन्दा युवा क्लब खेलाडी बने ( जुन रिकर्ड सेप्टेम्वर, २००७ उनकै सहकर्मी बोजन क्रिचले तोडे)।[१७] जब उनले १ मे, २००५मा अल्बासेट बोलाम्पिको बिरुद्ध क्लबको लागि आफ्नो पहिलो सीनियर गोल गरे तब मेस्सी १७ वर्ष, १० महिना र ७ दिनको उमेरका थिए र उनी बार्सिलोनाको लागि ला लिगा खेलमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बने[१९] जुन रेकर्ड २००७मा मेस्सीको नै सहयोगमा बोजन क्रिचले तोडे।[२०] मेस्सीले आफ्नो पूर्व कोच फ्रान्क रिजकार्डको बारेमा भनेका छन: "म वहांले मेरो खेल जीवनको शुरुवात गराउँनु भएको तथ्य कहिल्यै भुल्न सक्दिन,वहांले म केवल १६/१७ बर्षको मात्र हुँदा नै ममा विश्वास जगाउँनु भयो।" [२१]
[सम्पादन गर्ने] २००५-०६ सीजन
१६ सेप्टेम्बरमा तीन महीनामा ने दोस्रो पटक बार्सिलोनाले मेस्सीको अनुबन्धनको म्याद थप गरीएकोको घोषणा गर्यो, यस पल्ट उनलाई पहिलो समुहको सदस्यको रूपमा भक्तानी दिने र जून २०१४ सम्म अनुबन्धन म्याद थप्ने कार्य भयो।[१४] मेस्सीले २६ सेप्टेम्बर[२२] मा स्पेनिश नागरिकता हासिल ग्रहण गरे र अंततः सीजनको स्पेनिश फर्स्ट डिभिजनमा पहिलो पल्ट खेल्नमा सक्षम भए। मेस्सीले २७ सेप्टेम्बरमा पहिलो पटक गृहमैदान बाहिर UEFA चैम्पियन्स लीगमा इटालियन क्लब उडिनीज बिरुद्ध खेले।[१७] मेस्सीको आत्मसंयम र रोनाल्डिन्हो सँग संयोजनले बार्सिलोना राम्रो स्थितिमा पुगेकोले बार्सिलोना क्याम्प नउ स्टेडियममा प्रशंसहरूले उभिएर तालि बजाएर सम्मान गरेका थिए।[२३]
मेस्सीले सत्र लीग खेलहरूमा छ गोल गरे, सो छ मध्यमा एक च्याम्पियन्स लीग गोल स्कोर गरे। ७ मार्च, २००६मा च्याम्पियन्स लीग टाईको दोस्रो चरणको खेलमा चेल्सी बिरुद्धको खेलको क्रममा दायाँ तिग्राको मासु फट्टिएको कारण समय भन्दा पहिले उनको सीजन समाप्त भयो। [२४] फ्रान्क रिजकार्डको बार्सिलोनाले सो सीजन स्पेन र यूरोपको विजेताको रूपमा समापन गर्यो। [२५][२६]
[सम्पादन गर्ने] २००६-०७ सीजन
२००६-०७ सीजनमा, २६ खेलहरूमा १४ गोल गर्दै मेस्सीले आफुलाई समुहको नियमित अग्र स्थानको खेलाडीको रूपमा स्थापित गरे।[२७] १२ नोभेम्बरमा भएको रियल जारागोजा बिरुद्धको खेलमा मेस्सीको खु्ट्टाको हड्डी भाँचियो, जसको कारणले उनी तीन महिनाको खेल खेल्नबाट वञ्चित भए.[२८][२९] मेस्सी आफ्नो चोट निको नहुँदा सम्म अर्जेन्टिनामा बसे र निको भएपछि ११ फेब्रुअरीमा रेसिङ्ग स्याट्यान्डर बिरुद्धको खेलमा मैदानमा उत्रिए।,[३०] जसमा उनी दोस्रो-हाफमा स्थानापन्नको रूपमा संलग्न भए। ११ मार्चमा, रियल म्याड्रिड बिरुद्धको खेल (एल क्लासिको)मा १० जना खेलाडी मात्र सिमित बार्सिलोनाबाट खेलेका मेस्सीले ह्याट-ट्रिक गर्दै ३-३को बराबरीमा रोकेर आफ्नो क्षमता प्रदर्शन गरे, जसमा उनले तेस्रो गोल इन्जुरी-समयमा गरेका थिए।[३१] यस प्रदर्शनबाट उनी इवान जमोरानो (रियल मैड्रिडको १९९४-९५ सीजनमा) पछि एल क्लासिकोमा लगातार तीन गोल गर्ने पहिले खेलाडी बने,[३२] साथै मेस्सी यस खेलमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी पनि बने। उनले यस सीजनमा गरेका १४ गोलहरू मध्य ११ गोल अन्तिम १३ खेलहरूमा गरेका थिए।[३३]
मेस्सीले एकै सीजनको क्रममा म्याराडोनाको सबैभन्दा प्रसिद्ध गोलहरूलाइ लगभग दोहोराउँदै आफुलाई "नयाँ म्याराडोना"को रूपमा साबित गरे।[३४] १८ अप्रिल, २००७मा उनले कोपा डेल रेको सेमी-फाइनलमा गेटाफे बिरुद्धको खेलमा दुइ गोल गरे, जुन मेक्सिकोमा सम्पन्न १९८६ FIFA विश्व कपमा इंगल्याण्ड बिरुद्धको खेलमा म्याराडोनाले गरेका प्रसिद्ध गोलहरू सँग धेरै मिल्दो-जुल्दो थियो।[३५] विश्वका खेल पत्रकारहरूले उनलाई म्याराडोना सँग तुलना गरे र स्पेनिश पत्रिकाहरूले मेस्सीलाई "मेस्सीडोना" उपनाम दिए।[३६] उनले यस खेलमा उहि ६२ मिटरको दुरी पार गर्दै, त्यति नै खेलाडिहरू (गोलकीपर सहित ६ जना)लाई छक्काउँदै, लगभग एउटै नै स्थानबाट गोल गरे र कुनाको झण्डा तिर दौडिए, जुन २१ वर्ष पहिला म्याराडोनाले मेक्सिकोमा गरेका थिए।[३४] खेल पछि एक पत्रकार सम्मेलनमा मेस्सीका समकक्षी खेलाडी डेकोले भने: "यो मैले आफ्नो जीवनमा देखेका गोल मध्य सर्वोत्कृष्ट गोल हो।"[३७] स्पेनियोल बिरुद्धको खेलमा पनि मेस्सीले एउटा यस्तो गोल गरे, जुन विश्वकपको क्वार्टर फाइनलमा इंग्ल्याण्ड बिरुद्धको खेलमा म्याराडोनाले गरेको गोल]] सँग मिल्दो-जुल्दो थियो।[३८] स्पेनियोलका खेलाडिहरूको विरोधको बावजूद र रीप्लेमा पनि त्यो स्पष्टतः ह्याण्डबल भन्ने देखिंदा देखिंदै पनि त्यो गोल बनिरह्यो.[३८]
[सम्पादन गर्ने] २००७-०८ सीजन
२००७-०८ सीजनको क्रममा, मेस्सीले एक हप्तामा पाँच गोल गर्दै बार्सिलोनालाई ला लिगाको शीर्ष चारमा पुर्याए। १९ सेप्टेबरमा च्याम्पियन्स लीग म्याचमा आफ्नो गृहमैदानमा बार्सिलोनाले लियोनलाई ३-०को अन्तरले हराउँदा मेस्सीले एक गोल गरे।[३९] उनले २२ सेप्टेबरमा सेभिला (फुटबल क्लब)को बिरुद्ध दुई गोल गरे[४०] र फेरि २६ सेप्टेबरमा मेस्सीले रियल जारागोजा बिरुद्ध ४-१को जीतमा दुई गोल गरे।[४१] २७ फेब्रुअरीमा मेस्सीले भ्यालेन्शिया बिरुद्ध बार्सिलोनाको लागि आफ्नो १००औं आधिकारिक खेल खेले।[४२]
मेस्सी अग्रपंक्तिको श्रेणीमा फिफाप्रो विश्वका दश खेलाडी अवार्डको लागि मनोनित गरियो।[४३] एक स्पेनिश पत्रिका मार्काको अन-लाइन संस्करणमा गरिएको सर्वेक्षणमा उनलाई ७७ प्रतिशत मत सहित विश्वको सर्वोत्कृष्ट खेलाडीको रूपमा चुनियो।[४४] बार्सिलोना-आधारित अखबार एल मुन्डो डिपोर्टिवो र स्पोर्टको स्तम्भकारहरूले उल्लेख गरे कि मेस्सीलाई ब्यालन डी'ओर दिनु पर्छ र फ्रान्ज बेकेनबएरले पनि यसको समर्थन गरे।[४५] फ्रान्सेस्को टोट्टी जस्ता फुटबलका महान हस्तिहरूले घोषणा गरे कि उनीहरू मेस्सीलाई अहिलेका विश्वका सर्वोत्कृष्ट फुटबल खेलाडीहरू मध्य एक मान्छन्।[४६]
४ मार्चमा केल्टिक बिरुद्धको खेलमा मेस्सीको बायाँ तिघ्राको मांसपेशी फाटेपछि उनी एक हफ्ता भरीको लागि खेलबाट बाहिरिए। मेस्सीको यस प्रकारको चोट लागेको यो तीन सीजनहरूमा चौथो पल्ट थियो।[४७] मेसी यो चोटबाट फिर्ता भएपछि ४ मे २००८मा भ्यालेन्सिया बिरुद्धक ६-०को जीतमा उनको २००७-०८ सिजनको अन्तिम गोल गरे। यस सिजनका सबै खेलहरूमा मेस्सीले १६ गोल र १३मा सहायता प्दान गर्न सफल भए।
[सम्पादन गर्ने] २००८-०९ सीजन
क्लबबाट रोनाल्डिन्होको प्रस्थान सँगै उनको १० नम्बर जर्सी मेस्सीले प्राप्त गरे।[४८] 1 अक्टोबर २००८ मा, शख्टार डोनेट्स्क बिरुद्धको च्याम्पियन्स लीग म्याचको क्रममा मेस्सीले थियर्री हेनरीको बदलामा खेलमा प्रवेश गरेर अन्तिम सात मिनेटमा दुई गोल गरेर बार्सिलोनाको लागि १-०को हारको अवस्थालाई १-२को जीतमा परिणत गरी दिए।[४९] यस पछिको एट्लेटिको म्याड्रिड बिरुद्धको लीग खेललाई मेस्सी र उनको राम्रा साथी सर्जियो अग्वेरोको बीच एक मैत्रिपूर्ण संघर्षको रूपमा प्रचार गरियो।[५०] मेस्सीले फ्रि किकमा एक गोल गरे र बाँकिमा सहायता गरेर बार्सालाई ६-१को जीत हासील गराए।[५१] मेस्सीले सेभिलाको बिरुद्ध २३ मिटर (२५ यार्ड) देखि बललाई उठाएर गोलरक्षकलाई छक्काउँदै टाइट एङ्गलबाट एक अर्को उत्कृष्ट गोल गरे।[५२] १३ डिसेम्बर २००८ मा, क्लासिकोको पहिलो सीजनको क्रममा मेस्सीले रियल म्याड्रिड बिरुद्धको बार्सिलोनाको २-० जीतमा दोस्रो गोल गरे।[५३] यसै वर्ष उनलाई २००८ फिफा वर्षको विश्वको खेलाडी अवार्डमा ६७८ अङ्क सहुत दोस्रो स्थानमा मनोनित भए।[५]
मेस्सीले एटलेटिको म्याड्रिड विरुद्धको कोपा डेल रे टाईमा पहिलो पल्ट ह्याट-ट्रिक गर्दै बार्सिलोनालाई ३-१को जीत हासिल गराए।[५४] मेस्सीले 1 फेब्रुअरी २००९मा रेसिङ्ग स्यान्टेन्डर बिरुद्धको खेलमा पहिलो हाफमा १-०ले तल इरेको अवस्थामा दोस्रो हाफमा बदलामा प्रवेश गरी महत्वपूर्ण दुई गोल गर्दै बार्सिलोनालाइ १-२को जीत दिलाउन मद्दत गरे। यि मध्ये दोस्रो गोल बार्सिलोनाको लागि ५०००औं लीग गोल थियो।[५५] ला लिगाको २८औं चरणमा, मेस्सीले सबै प्रतियोगिताहरूमा सीजनको आफ्नो ३०औं गोल गर्दै आफ्नो टीमलाई मलागा सीएफ बिरुद्ध ६-०को जीत हासिल गर्नमा सहयोग गरे।[५६] ८ अप्रिल २००९मा उनले बायर्न म्यूनिख बिरुद्धको च्याम्पियन्स लीगमा दुई पल्ट गोल गर्दै प्रतियोगितामा नौ गोलहरूको व्यक्तिगत रेकर्ड बनाए।[५७] १८ अप्रिलमा मेस्सीले गेटाफमा प्राप्त १-०को जीतमा सीजनको आफ्नो २०औं लीग गोल गरे, जसको कारणले बार्सिलोना रियल म्याड्रिडलाई छ-अंकले तल पार्दै लीग तालिकाको शीर्ष स्थानमा रहन सफल भयो।[५८]
बार्सिलोना सीजनको समापन तिर उन्मुख रहँदा मेस्सीले सान्टियागो बर्नब्यूमा रियल म्याड्रिड माथी ६-२को विजयमा दुई गोल (सबै प्रतियोगिताहरूमा उनको ३५औं र ३६औं गोल) गरे।[५९] यो हार रियल म्याड्रिडको लागि १९३० पछिको सबैभन्दा ठूलो हार थियो।[६०] मेस्सीले च्याम्पियन्स लीग सेमी-फाइनलमा चेल्सी बिरुद्ध आन्ड्रेस इनिएस्टालाई अतिरिक्त समयमा गोल बनाउन सहयोग गरेका थिए, जसबाट बार्सिलोनाले फाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्न पायो। उनले एथलीटिक बिलबाओ बिरुद्ध ४-१को जीतमा एक गोल तथा अन्य दुईमा सहयोग गर्दै १३ मेमा आफ्नो पहिलो कोपा डेल रे जीते।[६१] उनले ला लिगा जीतेर आफ्नो टीमलाई दोहरो जीत दिलाउँनमा सहयोग गरे। २७ मेमा उनले ७० मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनालाई २००९ UEFA च्याम्पियन्स लीग फाइनल दुई गोलको अग्रताले जीत्नमा मद्दत गरे, साथै नौ गोलको साथ उनी टुर्नामेन्टको इतिहासमा सबैभन्दा युवा तथा चैम्पियन्स लीगको सर्वाधिक गोलकर्ता बने।[६२] यूरोपमा शानदार वर्ष संपन्न गर्दै मेस्सीले UEFA वर्षको क्लब अग्रपंक्तको खेलाडी र UEFA वर्षको क्लब फुटबल खेलाडीको उपाधी पनि जीते।[६३] उनको यस जीतको मतलब बार्सिलोनाले पहिलो पल्ट कुनै स्पेनिश क्लबले नसकेको एकै सीजनमा कोपा डेल रे, ला लिगा र UEFA च्याम्पियन्स लीगमा विजय थियो।[६४][६५]
[सम्पादन गर्ने] २००९-१० सीजन
२००९ UEFA सुपर कप जीते पछि, बार्सिलोनाका प्रबन्धक जोसेप गार्डियोलाले जोड दिदै भने कि मेस्सी उनले अहिले सम्म देखेका खेलाडी मध्य सबैभन्दा राम्रो खेलाडी हुन।[६६]
१८ सेप्टेम्बरमा, मेस्सीले बार्सिलोना सँग जसमा €२.५ अरबको खरीद-नियन्त्रणको प्रावधान सहित २०१६ सम्मको लागि नयाँ अनुबन्धनमा हस्ताक्षर गरे, जसबाट मेस्सी लगभग € ९५ लाख वार्षिक आय सहित, ज्लाटन इब्रहिमोविक बराबर ला लिगाको उच्चतम पारिश्रमीक लिने खेलाडी बने।[६७][६८] चार दिन पछि २२ सेप्टेम्बरमा, मेस्सीले ला लिगामा रेसिङ्ग स्यान्टेन्डर बिरुद्ध दुई गोल र अर्को एक गोलमा सहयोग गर्दै बार्सालाई ४-१ जीत दिलाए।[६९] मेस्सीले २९ सेप्टेम्बरमा डाइनमो कीव माथीको २-० जीतमा सीजनको पहिलो यूरोपीय गोल गरे।[७०] मेस्सीले क्याम्प नउमा रियल जारागोजाको ६-१को ठूलो पराजयको क्रममा एक गोल गर्दै ला लिगामा सात खेलमा छ गोलको अनुपात बनाए [७१][७२] र ७ नोभेम्बरमा क्याम्प नउमा मालर्का माथी बार्साको ४-२को जीतमा पनि पेनाल्टीमा गोल गरे।[७३]
१ डिसेम्बर २००९ मा, मेस्सी उपविजेता क्रिस्टियानो रोनाल्डोलाई २३३को बिरुद्ध ४७३को ठूलो मतान्तरले पछाडी पार्दै २००९ ब्यालन डी'ओरको विजेताको रूपमा घोषित भए।[७४][७५][७६] यसपछि फ्रान्स फुटबल पत्रिकाले मेस्सीको भनाईलाई उद्धृत गर्दै लेख्यो: "म यसलाई आफ्नो परिवारलाई समर्पित गर्दछु। मलाई उनीहरूको आवश्यकता पर्दा उनीहरू संधै म सँगै हुन्थे र कहिलेकाँही उनीहरूले म भन्दा पनि ज्यादा गहराईबाट मेरा भावनाहरूलाई महसूस गरेका छन।[७७]
१९ डिसेम्बरमा, अबूधाबीमा एस्टुडियान्टेस बिरुद्ध २००९ फिफा क्लब विश्वकपको फाइनलमा मेस्सीले गोल गर्दै क्लबलाई विजयि बनाए।[७८] दुई दिन पछि, उनी क्रिस्टियानो रोनाल्डो, जावी हर्नान्डेज, काका र आन्ड्रेस इनिएस्टालाई पछि पार्दै फिफा वर्षको खेलाडीको रूपमा घोषित भए। उनले यो पुरस्कार पहिलो पटक जितेका थिए र उनी यो सम्मान पाउने पहिलो अर्जेन्टिनी खेलाडी बने।[७९] १० जनवरी २०१० मा, मेस्सीले सीडी टेनेरिफ बिरुद्धको ०-५को जितमा २०१०को आफ्नो पहिलो ह्याट-ट्रिक र सीजनको पहिलो ह्याट-ट्रिक गरे।[८०] १७ जनवरीमा, मेस्सीले सेविला माथी ४-०को जीतमा क्लबको लागि आफ्नो १००औं गोल गरे।[८१]
[सम्पादन गर्ने] अन्तराष्ट्रिय खेल जीवन
जून २००४ मा, पाराग्वे बिरुद्ध अन्डर-२० मैत्रीपूर्ण खेलमा उनले अर्जेन्टिनाको लागि पहिलो खेल खेले। [८२] २००५मा उनी नेदरल्याण्डमा २००५ फिफा वर्ल्ड यूथ च्याम्पियनशिप जीतेको टीमको खेलाडी थिए। यहाँ उनले अर्जेन्टिनाको लागि अन्तिम चार केल खेलेर प्रतियोगिता भरीमा सर्वाधिक ६ गोल गर्दै गोल्डन बल र गोल्डन शू जीते।[८३]
उनले १७ अगस्ट २००५मा १८ वर्षको उमेरमा हंगेरी बिरुद्ध पहिलो पूर्ण अन्तर्राष्ट्रिय खेल खेले। ६३औं मिनेटमा उनले अर्को खेलाडीलाई प्रतिस्थापित गरे, तर ६५औं मिनेटमा निश्कासित भए किन भनें रेफ्री, मार्कस मर्कले उनले आफ्नो शर्ट तान्दै गरेका रक्षापंक्ति विलमस भ्यानज्याकलाई टाउकाले हानेका देखेका थिए। यो निर्णय विवादास्पद थियो र म्याराडोनाले पनि निर्णय पूर्व-निर्धारित भएको दावा गरेका थिए।[८४][८५] ३ सेप्टेम्बरमा विश्वकप छनौटमा पाराग्वेलाई १-०ले हराएको खेलबाट मेस्सी टीममा फिर्ता भए। म्याचको अघि उनले भने कि "यो मेरो पून:शुरूआत हो। पहिलो धेरै कम समयको लागि नै थियो।"[८६] यसपछि उनले अर्जेन्टिनाको लागि पेरू बिरुद्ध आफ्नो पहिलो खेल शुरू गरे; म्याच पछि पेकरम्यानले मेस्सीलाई एक "रत्न"को रूपमा वर्णन गरे।[८७]
२८ मार्च, २००९मा भेनेजुएलाको बिरुद्द विश्वकप छनौटमा मेस्सीले पहिलो पल्ट अर्जेन्टिनाको लागि १० नम्बरको जर्सी लगाए। यो म्याच डिएगो म्यारडोनाको लागि अर्जेन्टिनाको प्रशिक्षकको रूपमा पहिलो आधिकारिक म्याच थियो। लियोनेल मेस्सीको शुरुवाति गोल संगै अर्जेन्टिनाले खेल ४-०ले जित्यो।[८८]
[सम्पादन गर्ने] २००६ फिफा(FIFA) विश्व कप
यस चोटले मेस्सीलाई २००५-०६ सीजनको अन्तमा दुई महिनाको लागि खेलबाट बाहिर राख्यो, यसको कारणले विश्वकपमा मेस्सीको उपस्थिति पनि आशंकाको घेरामा पर्यो। तापनि, मेस्सीलाई १५ मे २००६मा हुने टूर्नामेन्टको लागि अर्जेन्टिनी टीममा चुनियो। उनले विश्वकप भन्दा पहिले, अर्जेन्टिना अन्डर-२० टीमको बिरुद्ध फाइनल म्याचमा १५ मिनेट र अंगोलाको बिरुद्ध मैत्रिपूरण खेलमा ६४ मिनेट खेले।[८९][९०] उनले आइभरी कोस्टको बिरुद्ध अर्जेन्टिनाको शुरूवाती म्याच विजय प्रतिस्थापकहरूको बेन्चबाट हेर्न मात्र पाए।[९१] सर्बियाको बिरुद्ध अर्को म्याचमा मेस्सी ७४औं मिनेटमा म्याक्सी रोड्रीग्वेजको बदलामा मैदानमा छिरेर विश्वकपमा अर्जेन्टिनाबाट खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने। उनले खेलमा प्रवेश गरेको केही मिनेटमा नै हरनान क्रेस्पोलाई गोल गर्नमा सहयोग गरे र ६-०को जीतमा अन्तिम गोल पनि गर्रन सफल भए, यसबाट उनी टूर्नामेन्टमा सबैभन्दा कम उमेरको स्कोरर र विश्व कपको इतिहासमा सबैभन्दा कम उमेरको छैठौं गोल स्कोरर बने।[९२] मेस्सीले नेदरल्याण्डको बिरुद्ध अर्जेन्टिना ०-०को बराबरीमा शुरूवात गरे।[९३] मेक्सिको बिरुद्धको अर्को खेलमा १-१ गोलको बराबरी संगै, मेस्सी ८४औं मिनेटमा स्थानापन्नको रूपमा मैदान प्रवेश गरे। अर्जेन्टिनालाई अगाडी बढनको लागि अतिरिक्त समयमा एक गोलको आवश्यकता रहेको अवस्थामा उनले गोल स्कोर गर्नै लागेका थिए, तर उनलाई अफसाइड घोषित गरियो।[९४][९५] प्रशिक्षक जोस पेकरम्यानले जर्मनी बिरुद्धको क्वार्टर-फाइनल खेलमा मेस्सीलाई मैदान प्रवेश गराएनन्, जुन खेल अर्जेन्टिनाले पेनाल्टी शूटआउटमा ४-२ले हार्यो।[९६]
[सम्पादन गर्ने] २००७ कोपा अमेरिका कप
मेस्सिले २९ जून २००७ मा, कोपा अमेरिका कप२००७मा आफ्नो पहिलो खेल खेले, यस खेलमा अर्जेन्टिनाले संयुक्त राज्य अमेरिकालाई ४-१को गोल अन्तरले हरायो। यस खेलमा, उनले एक प्लेमेकरको रूपमा आफ्नो क्षमता प्रदर्शन गरे। उनले आफ्नो सहकर्मी स्ट्राइकर हरनान क्रेस्पोको लागि गोल गर्नमा सहयोग गरे। ७९औं मिनेटमा टेभेज मेस्सीको बदलामा मैदानमा आए र केही मिनेट पछि गोल स्कोर गरे।[९७]
उनको दोस्रो म्याच कोलम्बियाको बिरुद्ध खेले, जसमा उनले एक पेनाल्टी पाए र यसलाई क्रेस्पोले सहि सदुपयोग गर्दै खेललाई १-१को बराबरीमा परिवर्तित गर्नमा सफल भए। उनी अर्जेन्टिनाको दोस्रो गोलको पनि भगिदार भए किन भनें उनीलाई बक्सको बाहिर फल भएको थियो, जसलाई जुआन रिकेल्मीले फ्रिकिकबाट गोलमा परिणत गरिदिए र अर्जेन्टीनाले ३-१को अग्रता हासिल गर्यो। खेलको अन्तिम स्कोर ४-२ का साथ अर्जेन्टिना टूर्नामेन्टको क्वार्टर-फाइनलमा प्रवेस गर्यो।[९८]
पाराग्वेको बिरुद्ध तेस्रो खेलमा, मेस्सी क्वार्टर-फाइनलको लागि योग्य साबित भईसकेकाले प्रशिक्षकले उनलाई विश्राम दिए। उनलाई ६४औं मिनेटमा ०-० स्कोरको अवस्थामा इस्टेबन क्याम्बियासोको बदलामा मैदानमा उत्रिने मौका मिल्यो। ७९औं मिनेटमा उनले ज्यावियर म्यास्चरानोलाई गोल गर्न सहयोग गरे।[९९] क्वार्टर-फाइनलमा अर्जेन्टिनाले पेरूलाई ४-०को गोल अन्तरले हराउँदा मेस्सीले रिकेल्मीको पासमा भन्दा खेलको दोस्रो गोल गरे।[१००] मेक्सिकोको बिरुद्ध सेमी-फाइनल म्याचमा मेस्सीले गोलरक्षक ओसवाल्डो स्यान्शेज भन्दा माथीबाट उफारेर गोल गरे, जसबाट अर्जेन्टिना ३-० जीतका साथ फाइनलमा पुग्न सफल भयो।[१०१] तर फाइनलमा अर्जेन्टिनाले ब्राजिल सँग ३-०को हार ब्यहोर्नु पर्यो।[१०२]
[सम्पादन गर्ने] २००८ ग्रीष्मकालीन ओलम्पिक
२००८ ओलम्पिकमा मेस्सीलाई अर्जेन्टिनाको लागि खेल्नबाट निषेध गरिए पछि,[१०३] उनले बार्सिलोनाका नयाँ प्रशिक्षक जोसेप गार्डियोला सँग बातचीत गरे पछि मात्र उनलाई खेल्न दिने सहमति जनाए।[१०४] उनी अर्जेन्टिनाको टीममा समावेस भएर आइवरी कोस्ट माथीको २-१को जीतमा पहिलो गोल स्कोर गर्यो।[१०४] यसपछि खेलमा उनले शुरूवाती गोल गरे र दोस्रो गोलको लागि एन्जल डी मारिया लाई सहयोग गर्दे अर्जेन्टिनालाई नेदरल्याण्डको बिरुद्ध अतिरिक्त समयमा २-१को जीत हासिल गराए।[१०५] उनले प्रतिद्वन्द्वी ब्राजिल बिरुद्धको म्याचमा पनि भाग लिए, जसमा अर्जेन्टिनाले ३-०को जीत हासिल गरी फाइनलमा प्रवेश गर्यो।[१०६] फाइनल खेलमा मेस्सीले फेरी एकमात्र गोलको लागि डी मारियालाई सहयोग गरी नाइजेरियालाई १-०ले पराजीत गरी अर्जेन्टिनालाई विजयि बनाए। [१०७]
[सम्पादन गर्ने] व्यक्तिगत जीवन
मेस्सी एक चरणमा, आफ्नो गृहनगर रोसारियोको माकारीना लीमोससँग रूमानी तरिकामा आवद्ध थिए। उनी भन्छन् कि जब उनी २००६ विश्वकप शुरू हुनु भन्दा केही दिन पहिले चोटबाट मुक्ति पाउनको लागि रोसारियो फर्किए थिए तब केटीको बुवाले नै उनीसँग परिचय गराएका थिए। [१०८][१०९] अतीतमा पनि उनको नाम अर्जेन्टिनी मोडल लूसियाना सालाजारसँग जोडिएको थियो।[११०][१११] जनवरी २००९मा उनले च्यानल ३३को एक कार्यक्रम "ह्याट-ट्रिक बार्सा"मा भने: "मेरो एउटा प्रेमिका छ र उनी अर्जेन्टिनामा बस्छिन, म निश्चिन्त र खुशी छु।"[१११] उनी बार्सिलोना-एस्पेनयल डर्बी पछि, सिटजेसको एक कार्निवलमा एन्टोनेला रोकुजो नामक युवती सँग देखिए।[११२] रोकुजो पनि रोसारियो कै वासिन्दा हुन।[११३]
फुटबल क्षेत्रमा उनको दुई काकाका छोराहरू म्याक्सी र इमान्युअल बियानकुची पनि छन। म्याक्सी पाराग्वेको क्लब ओलम्पियाका विङ्गर छन र इमान्युअल बियानकुची स्पेनको गिरोना एफसीमा मध्यपंक्ति छन।[११४][११५]
भिडियो गेम प्रो इभोल्यूशन सकर २००९ र प्रो इभोल्यूशन सकर २०११को मुखपृष्ठमा उनको तस्बीर अङ्कित छ र उनी यस खेलको प्रचार अभियानमा पनि समावेश छन।[११६][११७] मेस्सी, प्रो इभोल्यूशन सकर २०१०मा फर्नान्डो टोरेस सँग[११८] देखिएका छन र यसको मोशन कयाप्चरिङग र ट्रेलरमा पनि शामिल थिए।[११९][१२०][१२१] मेस्सीको प्रायोजन जर्मन स्पोर्ट्सवेयर कम्पनी एडिडासले गरेको छ र उनी यसकोको टेलिभिजन विज्ञापनहरूमा पनि उनी देखिन्छन्।[१२२]
[सम्पादन गर्ने] करियरको तथ्याङ्क
[सम्पादन गर्ने] क्लबको तथ्याङ्क
२९ मे, २०११को तथ्याङ्क अनुसार[१२३][१२४]
| क्लब | सीजन | लीग | कप[nb १] | यूरोप [nb २] | क्लब विश्वकप | कुल | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| प्रदर्शन | गोल | असिस्ट | प्रदर्शन | गोल | असिस्ट | प्रदर्शन | गोल | असिस्ट | प्रदर्शन | गोल | असिस्ट | प्रदर्शन | गोल | असिस्ट | ||
| बार्सिलोना | २००४-०५ | ७ | १ | ० | १ | ० | ० | १ | ० | ० | - | - | - | ९ | १ | ० |
| २००५-०६ | १७ | ६ | ३ | २ | १ | ० | ६ | १ | १ | - | - | - | २५ | ८ | ४ | |
| २००६-०७ | २६ | १४ | २ | ४ | २ | १ | ६ | १ | ० | ० | ० | ० | ३६ | १७ | ३ | |
| २००७-०८ | २८ | १० | १२ | ३ | ० | ० | ९ | ६ | १ | - | - | - | ४० | १६ | १३ | |
| २००८-०९ | ३१ | २३ | ११ | ८ | ६ | २ | १२ | ९ | ५ | - | - | - | ५१ | ३८ | १८ | |
| २००९-१० | १७ | १५ | ६ | ४ | ३ | ० | ६ | २ | १ | २ | २ | ० | २९ | २२ | ८ | |
| २०१०-११ | ३३ | ३१ | १८ | ९ | १० | ३ | १३ | १२ | ३ | - | - | - | ५५ | ५३ | २४ | |
| करियरको कुल | १७७ | ११९ | ५६ | ३१ | २२ | ६ | ५९ | ३७ | ११ | २ | २ | ० | २६९ | १८० | ७३ | |
[सम्पादन गर्ने] अन्तर्राष्ट्रीय तथ्याङ्क
| राष्ट्रिय टीम | वर्ष | खेल | गोलहरू | सहायता |
|---|---|---|---|---|
| २००५ | ५ | ० | ० | |
| २००६ | ७ | २ | १ | |
| २००७ | १३ | ६ | ३ | |
| २००८ | ८ | २ | १ | |
| २००९ | १० | ३ | २ | |
| २०१० | १० | २ | २ | |
| २०११ | २ | १ | २ | |
| कुल | ५५ | १६ | ११ | |
[सम्पादन गर्ने] अन्तर्राष्ट्रीय गोलहरू
[सम्पादन गर्ने] अन्डर–२०
| # | मिति | स्थान | विपक्ष | स्कोर | परिणाम | प्रतियोगिता |
|---|---|---|---|---|---|---|
| १ | १४ जुन २००५ | अर्के रंगशाला, इन्सचेड, नेदरल्याण्ड | १–० | २–० | २००५ विश्व यूवा च्याम्पियनशिप | |
| २ | २२ जुन २००५ | यूनिभ रंगशाला, इमेन, नेदरल्याण्ड | १–१ | २–१ | २००५ विश्व यूवा च्याम्पियनशिप | |
| ३ | २४ जुन २००५ | अर्के रंगशाला, इन्सचेड, नेदरल्याण्ड | ३–१ | ३–१ | २००५ विश्व यूवा च्याम्पियनशिप | |
| ४ | २८ जुन २००५ | ग्याल्जेनवार्ड रंगशाला, युट्रेच, नेदरल्याण्ड | १–० | २–१ | २००५ विश्व यूवा च्याम्पियनशिप | |
| ५ | २ जुलाई २००५ | ग्याल्जेनवार्ड रंगशाला, युट्रेच, नेदरल्याण्ड | १–० | २–१ | २००५ विश्व यूवा च्याम्पियनशिप | |
| ६ | २ जुलाई २००५ | ग्याल्जेनवार्ड रंगशाला, युट्रेच, नेदरल्याण्ड | २–१ | २–१ | २००५ विश्व यूवा च्याम्पियनशिप |
[सम्पादन गर्ने] अन्डर–२३
| # | मिति | स्थान | विपक्ष | स्कोर | परिणाम | प्रतियोगिता |
|---|---|---|---|---|---|---|
| १ | ७ अगस्ट २००८ | साङ्घाई रंगशाला, साङ्घाई चीन | १-० | २-१ | २००८ गृष्मकालीन ओलम्पिक | |
| २ | १६ अगस्ट २००८ | साङ्घाई रंगशाला, साङ्घाई चीन | १-० | २-१ | २००८ गृष्मकालीन ओलम्पिक |
[सम्पादन गर्ने] अग्रज टीम
| # | मिति | स्थान | विपक्ष | स्कोर | परिणाम | प्रतियोगिता |
|---|---|---|---|---|---|---|
| १ | १ मार्च २००६ | बेसल, स्विट्जरल्याण्ड | २-३ | हार | मैत्रीपूर्ण खेल | |
| २ | १६ जून २००६ | गेलसेनकरचेन, जर्मनी | ६-० | जीत | विश्वकप २००६ | |
| ३ | ५ जून २००७ | बार्सिलोना, स्पेन | ४-३ | जीत | मैत्रीपूर्ण खेल | |
| ४ | ५ जून २००७ | बार्सिलोना, स्पेन | ४-३ | जीत | मैत्रीपूर्ण खेल | |
| ५ | ८ जुलाई २००७ | बार्किसिमेटो, भेनेजुएला | ४-० | जीत | कोपा अमेरिका कप २००७ | |
| ६ | ११ जुलाई २००७ | प्यूर्टो ओर्डाज, भेनेजुएला | ०-३ | जीत | कोपा अमेरिका २००७ | |
| ७ | १६ अक्टोबर २००७ | माराकाइबो, भेनेजुएला | ०-२ | जीत | २०१० विश्वकप छनौट | |
| ८ | २० नोभेम्बर २००७ | बोगोटा, कोलम्बिया | २-१ | हार | २०१० विश्वकप छनौट | |
| ९ | ४ जून २००८ | सान डियागो, संयुक्त राज्य अमेरिका | १-४ | जीत | मैत्रीपूर्ण खेल | |
| १० | ११ अक्टोबर २००८ | ब्यूनस आयर्स, अर्जेन्टिना | २-१ | जीत | २०१० विश्वकप छनौट | |
| ११ | ११ फेब्रुअरी २००९ | मार्सेल, फ्रान्स | ०-२ | जीत | मैत्रीपूर्ण खेल | |
| १२ | २८ मार्च २००९ | ब्यूनस आयर्स, अर्जेन्टिना | ४-० | जीत | २०१० विश्वकप छनौट | |
| १३ | १४ नोभेम्बर २००९ | म्याड्रिड, स्पेन | १-२ | हार | मैत्रीपूर्ण खेल | |
| १३ | ७ सेप्टेम्बर २०१० | ब्यूनस आयर्स, अर्जेन्टिना | १-० | जीत | मैत्रीपूर्ण खेल | |
| १३ | १७ नोभेम्बर २०१० | दोहा, कतार | १-० | जीत | मैत्रीपूर्ण खेल | |
| १३ | १७ नोभेम्बर २०१० | जेनेभा, स्विजरल्याण्ड | २-१ | जीत | मैत्रीपूर्ण खेल |
[सम्पादन गर्ने] सम्मान
[सम्पादन गर्ने] बार्सिलोना
- स्पेनिश लीग (५): २००४-०५, २००५-०६, २००८-०९ २००९-१० २०१०-११
- स्पेनिश कप (१): २००८-०९
- स्पेनिश सुपरकप (३): २००५, २००६, २००९
- युरोपियन च्याम्पियन्स लीग (३): २००५-०६, २००८-०९ २०१०-११
- युरोपियन सुपरकप (१): २००९
- फिफा क्लब विश्वकप (१): २००९
[सम्पादन गर्ने] अन्तर्राष्ट्रिय
[सम्पादन गर्ने] व्यक्तिगत
- फिफा यु-२० विश्वकप शीर्ष स्कोरर: २००५
- फिफा यु-२० विश्वकप टूर्नामेन्टहरूको खेलाडी: २००५
- कोपा अमेरिका टूर्नामेन्टहरूको युवा खेलाडी: २००७
- यु-२१ वर्षको यूरोपीय फुटबल खेलाडी: २००७
- अर्जेन्टीनाको वर्ष खेलाडी: २००५, २००७, २००९
- फिफाप्रो वर्षको विशेष युवा खेलाडी: २००६-०७, २००७-०८
- फिफाप्रो वर्षको विश्व युवा खेलाडी: २००५-०६, २००६-०७, २००७-०८,
- वर्षको विश्व फुटबल युवा खेलाडी: २००५-०६, २००६-०७, २००७-०८
- प्रिमियो डन बेलन (ला लिगा सर्वश्रेष्ठ विदेशी खेलाडी): २००६-०७, २००८-०९
- EFE ट्रफी (ला लिगामा उत्तम इबेरो अमेरिकी खेलाडी): २००६-०७, २००८-०९
- फिफाप्रो विश्वका दस उत्कृष्ट: २००६-०७,, २००७-०८, २००८-०९
- युरोपियन वर्षको टिम: २००७-०८, २००८-०९
- फिफा वर्षको टिम: २००८, २००९
- युरोपियन च्याम्पियन्स लीग शीर्ष स्कोरर: २००८-०९
- ट्रोफियो अल्फ्रेडो डी स्टेफानो: २००८-०९
- युरोपियन क्लब वर्षको फरवर्ड: २००८-०९
- युरोपियन क्लब वर्षको फुटबलर: २००८-०९
- LFP सर्वश्रेष्ठ खेलाडी: २००८-०९
- LFP सर्वश्रेष्ठ स्ट्राइकर: २००८-०९
- ओन्ज डी' ओर: २००९
- फिफा ब्यालन डी' ओर: २००९
- फिफा वर्ष खेलाडी: २००९
- फिफा क्लब विश्वकप गोल्डन बल: २००९
- टोयोटा पुरस्कार: २००९
- फिफा वर्षको विश्व युवा खेलाडी: १९९६, १९९७, २००२
- फिफाप्रो वर्षको विश्व खेलाडी: २००८-०९
[सम्पादन गर्ने] नोट
- ↑ कोपा डेल रे र सुपरकोपा डी एस्पाना पनि समावेश
- ↑ युरोपीयन सुपरकप र युरोपीयन च्याम्पियन्स लीग पनि समावेश
[सम्पादन गर्ने] सन्दर्भ
- ↑ Broadbent, Rick. "Messi could be focal point for new generation", 'Times Online', 2006-02-24. Retrieved on 2009-03-31.
- ↑ Gordon, Phil. "Lionel Messi proves a class apart", 'Times Online', 2008-07-28. Retrieved on 2009-03-31.
- ↑ Williams, Richard. "Messi's dazzling footwork leaves an indelible mark", 'The Guardian', 2008-04-24. Retrieved on 2009-03-31.
- ↑ "European Footballer of the Year ("Ballon d'Or")", RSSSF. Retrieved on 2009-07-07.
- ↑ ५.० ५.१ "FIFA World Player Gala 2008", FIFA. Retrieved on 2009-07-07.
- ↑ "FIFA World Player Gala 2007", FIFA. Retrieved on 2009-07-07.
- ↑ Gardner, Neil. "Is Messi the new Maradona?", 'Times Online', 2007-04-19. Retrieved on 2009-03-31.
- ↑ Reuters. "Maradona proclaims Messi as his successor", 'China Daily', 2006-02-25. Retrieved on 2006-10-08.
- ↑ Veiga, Gustavo, "Los intereses de Messi" (in Spanish)
- ↑ १०.० १०.१ १०.२ Hawkey, Ian (2008-04-20), "Lionel Messi on a mission"
- ↑ Aguilar, Alexander (2006-02-24), "El origen de los Messi está en Italia" (in Spanish)
- ↑ Cubero, Cristina (2005-10-07), "Las raíces italianas de Leo Messi" (in Spanish)
- ↑ "Lionel Messi bio"
- ↑ १४.० १४.१ १४.२ १४.३ Williams, Richard (2006-02-26), "Messi has all the qualities to take world by storm"
- ↑ White, Duncan. "Franck Ribery the man to challenge Lionel Messi and Barcelona", 'Daily Telegraph', 2009-04-04. Retrieved on 2009-07-07.
- ↑ १६.० १६.१ "The new messiah", FIFA, 2006-03-05. Retrieved on 2006-07-25.
- ↑ १७.० १७.१ १७.२ "Lionel Andres Messi - FCBarcelona and Argentina", Football Database. Retrieved on 2006-08-23.
- ↑ Tutton, Mark and Duke, Greg. "Profile: Lionel Messi", CNN, 2009-05-22. Retrieved on 2009-05-30.
- ↑ "Meteoric rise in three years"
- ↑ Nogueras, Sergi (2007-10-21), "Krkic enters the record books"
- ↑ "Messi: "Rijkaard gave us more freedom"", 2007-12-10
- ↑ "Good news for Barcelona as Messi gets his Spanish passport", 'The Star Online', 2005-05-28. Retrieved on 2009-05-29.
- ↑ Reuters. "Ronaldinho scores the goals, Messi takes the plaudits", Rediff, 2005-09-28. Retrieved on 2006-08-23.
- ↑ "Frustrated Messi suffers another injury setback", ESPN Soccernet, 2006-04-26. Retrieved on 2006-07-22.
- ↑ Wallace, Sam. "Arsenal 1 Barcelona 2: Barcelona crush heroic Arsenal in space of four brutal minutes", 'The Independent', 2006-05-18. Retrieved on 2009-06-03.
- ↑ "Barca retain Spanish league title", BBC Sport, 2006-05-03. Retrieved on 2009-06-03.
- ↑ "Lionel Messi at National Football Teams", National Football Teams. Retrieved on 2009-07-17.
- ↑ FCBarcelona.com (2006-11-14), Doctors happy with Messi op, प्रेस रिलीज़, <http://www.fcbarcelona.com/eng/noticias/noticias/n06111404.shtml>. Retrieved on १६ नोभेम्बर २००६
- ↑ "Messi to miss FIFA Club World Cup", FIFA.com/Reuters, 2006-11-13. Retrieved on 2006-01-18.
- ↑ "Barcelona - Racing Santander", The Offside, 2008-01-19. Retrieved on 2009-05-30.
- ↑ Hayward, Ben. "Magical Messi is Barcelona's hero", 'The Independent', 2007-03-11. Retrieved on 2009-05-30.
- ↑ "Inter beat AC, Messi headlines derby", FIFA, 2007-03-11. Retrieved on 2009-05-30.
- ↑ "Lionel Messi 2006/07 season statistics", ESPN Soccernet. Retrieved on 2009-06-03.
- ↑ ३४.० ३४.१ Lowe, Sid. "The greatest goal ever?", 'Daily Telegraph', 2007-04-20. Retrieved on 2009-07-07.
- ↑ "Messi dazzles as Barça reach Copa Final", 2007-04-18
- ↑ "Can ‘Messidona’ beat Maradona?", 2007-07-14
- ↑ Lowe, Sid. "The greatest goal ever?", 'Daily Telegraph', 2007-04-20. Retrieved on 2007-05-07.
- ↑ ३८.० ३८.१ Mitten, Andy. "Hand of Messi saves Barcelona", 'Times Online', 2007-06-10. Retrieved on 2008-01-12.
- ↑ "Barcelona 3-0 Lyon: Messi orchestrates win", ESPN Soccernet, 2007-09-19. Retrieved on 2009-05-27.
- ↑ "Barcelona vs. Sevilla", Soccerway, 2007-09-22. Retrieved on 2009-05-29.
- ↑ Isaiah. "Barcelona 4-1 Zaragoza", The Offside, 2007-09-26. Retrieved on 2009-05-27.
- ↑ FIFA. "Xavi late show saves Barca", FIFA, 2008-02-27. Retrieved on 2009-05-27.
- ↑ "FIFPro World XI", FIFPro. Retrieved on 2009-05-30.
- ↑ Villalobos, Fran. "El fútbol a sus pies", 'MARCA', 2007-04-10. Retrieved on 2009-07-07. (in Spanish)
- ↑ Fest, Leandro. "Si Messi sigue trabajando así, será como Maradona y Pelé", Sport.es. Retrieved on 2009-07-07. (in Spanish)
- ↑ "Totti le daría el Balón de Oro a Messi antes que a Kaká", 'MARCA', 2007-11-29. Retrieved on 2009-07-07. (in Spanish)
- ↑ "Barcelona's Lionel Messi sidelined with thigh injury", CBC.ca, 2008-03-05. Retrieved on 2009-06-14.
- ↑ Sica, Gregory. "Messi Inherits Ronaldinho's No. 10 Shirt", Goal.com, 2008-08-04. Retrieved on 2009-06-02.
- ↑ "Late Messi brace nicks it", ESPN Soccernet, 2008-10-01. Retrieved on 2009-05-29.
- ↑ Osaghae, Efosa. "Barcelona 6-1 Atletico Madrid", Bleacher Report, 2008-10-04. Retrieved on 2009-05-31.
- ↑ "Goal rush for Barcelona", ESPN Soccernet, 2008-10-04. Retrieved on 2009-05-31.
- ↑ "Messi magical, Real miserable", FIFA, 2008-11-29. Retrieved on 2009-06-02.
- ↑ "Barcelona 2-0 Real Madrid", BBC Sport, 2008-12-13. Retrieved on 2009-05-29.
- ↑ "Messi scores hat trick in Barca's 3–1 win over Atletico", 'Shanghai Daily', 2009-01-07. Retrieved on 2009-05-29.
- ↑ Supersub Messi fires 5,000-goal Barcelona to comeback victory. AFP (01-02-2009). 01-02-2009को पुनःप्राप्त
- ↑ "Barcelona hit Malaga for six", Al Jazeera English, 2009-03-23. Retrieved on 2009-06-02.
- ↑ Logothetis, Paul. "Barcelona returns to earth with league match", 'USA Today', 2009-04-09. Retrieved on 2009-07-07.
- ↑ "Messi leads Barcelona to 1-0 win over Getafe", 'Shanghai Daily', 2009-04-19. Retrieved on 2009-06-02.
- ↑ Lowe, Sid. "Barcelona run riot at Real Madrid and put Chelsea on notice", 'The Guardian', 2009-05-02. Retrieved on 2009-05-31.
- ↑ Macdonald, Paul. "Real Madrid Fan Poll Says Barcelona Loss Is Most Painful In Club History", Goal.com, 2009-05-03. Retrieved on 2009-05-31.
- ↑ "Barcelona defeat Athletic Bilbao to win Copa del Rey", 'Daily Telegraph', 2009-05-14. Retrieved on 2009-05-28.
- ↑ "Messi sweeps up goalscoring honours", uefa.com, 2009-05-27. Retrieved on 2009-06-04.
- ↑ "Messi recognised as Europe's finest", uefa.com, 2009-08-27. Retrieved on 2009-08-30.
- ↑ "Barcelona win treble in style", 'Gulf Daily News', 2009-05-28. Retrieved on 2009-05-28.
- ↑ "Barcelona eclipse dream team with historic treble", UK Eurosport, 2009-06-01. Retrieved on 2009-06-03.
- ↑ "'Messi es el mejor jugador que veré jamás'", 'El Mundo Deportivo', 2009-08-29. Retrieved on 2009-08-29. (in Spanish)
- ↑ "Leo Messi extends his stay at Barça", fcbarcelona.com, 2009-09-18. Retrieved on 2009-09-18.
- ↑ "Messi signs new deal at Barcelona", BBC Sport, 2009-09-18. Retrieved on 2009-09-18.
- ↑ "Messi and Ibrahimovic put Racing to the sword", ESPN Soccernet, 2009-09-22. Retrieved on 2009-09-23.
- ↑ Leong, KS. "Barcelona 2-0 Dynamo Kiev: Messi & Pedro Unlock Stubborn Ukrainians", Goal.com, 2009-09-29. Retrieved on 2009-10-03.
- ↑ "Xavi: All is well at Barca", ESPN Soccernet, 2009-10-26. Retrieved on 2009-11-28.
- ↑ "Barcelona thrashes Zaragoza to go clear at top", CNN, 2009-10-25. Retrieved on 2009-11-28.
- ↑ "Guardiola expects more after win over Mallorca", ESPN Soccernet, 2009-11-09. Retrieved on 2009-11-28.
- ↑ "Barcelona forward Lionel Messi wins Ballon d'Or award", BBC Sport, 2009-12-01. Retrieved on 2009-12-01.
- ↑ "Messi wins prestigious Ballon d'Or award", ABC Sport, 2009-12-01. Retrieved on 2009-12-10.
- ↑ Barnett, Phil. "Lionel Messi: A rare talent", 'The Independent', 2009-12-01. Retrieved on 2009-12-10.
- ↑ "Messi takes Ballon d'Or", ESPN Soccernet, 2009-12-01. Retrieved on 2009-12-10.
- ↑ "Messi seals number six", 2009-12-19
- ↑ "FC Barcelona's Messi wins World Player of the Year", ESPN Soccernet, 2009-12-21. Retrieved on 2009-12-22.
- ↑ "Tenerife 0-5 Barcelona: Messi Masterclass Sees Barca Back On Top", 2010-01-10
- ↑ Bogunyà, Roger (2010-01-17), "Messi 101: el golejador centenari més jove" (in Catalan)
- ↑ "Lionel Messi Biography", Lionelmessi.com. Retrieved on 2009-07-07.
- ↑ "FIFA World Youth Championship Netherlands 2005"
- ↑ Vickery, Tim (2005-08-22), "Messi handles 'new Maradona' tag"
- ↑ "Argentine striker Messi recalled for World Cup qualifier", 2005-08-20
- ↑ "Messi tries again as Argentina face Paraguay", 2005-09-02
- ↑ Homewood, Brian (2005-10-10), "Messi is a jewel says Argentina coach"
- ↑ "Argentina 4-0 Venezuela: Messi the star turn", 2009-03-28
- ↑ Vickery, Tim. "Messi comes of age", BBC Sport, 2006-06-05. Retrieved on 2009-07-07.
- ↑ "Argentina allay fears over Messi", BBC Sport, 2006-05-30. Retrieved on 2009-07-07.
- ↑ "Messi weiter auf der Bank", Kicker.de, 2006-06-13. Retrieved on 2009-07-07. (in German)
- ↑ "Argentina 6-0 Serbia & Montenegro", BBC Sport, 2006-06-16. Retrieved on 2009-07-07.
- ↑ "Holland 0-0 Argentina", BBC Sport, 2006-06-21. Retrieved on 2009-07-07.
- ↑ Walker, Michael. "Rodríguez finds an answer but many questions still remain", 'The Guardian', 2006-06-26. Retrieved on 2009-07-07.
- ↑ "Argentina 2-1 Mexico (aet)", BBC Sport, 2006-06-24. Retrieved on 2009-07-07.
- ↑ "Germany 1-1 Argentina", BBC Sport, 2006-06-30. Retrieved on 2009-07-07.
- ↑ "Tevez Nets In Argentina Victory", BBC Sport, 2007-06-29. Retrieved on 2008-10-11.
- ↑ "Argentina into last eight of Copa", BBC Sport, 2007-07-03. Retrieved on 2008-10-11.
- ↑ "Argentina-Paraguay", Conmebol, 2007-07-05. Retrieved on 2009-05-28.
- ↑ "Argentina and Mexico reach semis", BBC Sport, 2007-07-09. Retrieved on 2008-10-11.
- ↑ "Messi's Magic Goal", BBC Sport, 2007-07-12. Retrieved on 2008-10-11.
- ↑ "Brazil victorious in Copa America", BBC Sport, 2007-07-16. Retrieved on 2009-05-28.
- ↑ "Lionel Messi out of Olympics after Barcelona win court appeal against Fifa", 'Daily Telegraph', 2008-08-06. Retrieved on 2009-05-27.
- ↑ १०४.० १०४.१ "Barcelona give Messi Olympics thumbs-up", AFP, 2008-08-07. Retrieved on 2009-05-27.
- ↑ "Messi sets up Brazil semi", FIFA, 2008-08-16. Retrieved on 2009-05-27.
- ↑ Baumgartner, Jesse. "Argentina Takes Down Brazil 3-0", Examiner, 2008-08-19. Retrieved on 2009-05-27.
- ↑ Millward, Robert. "Argentina beats Nigeria 1-0 for Olympic gold", 'USA Today', 2008-08-23. Retrieved on 2009-05-27.
- ↑ "Lionel me prometió venir a mi cumple de quince después del Mundial", Gente Online. Retrieved on 2009-06-18. (in Spanish)
- ↑ "Aún le mueve el tapete a Messi", 'El Universal', 2008-06-19. Retrieved on 2009-06-18. (in Spanish)
- ↑ "Luciana Salazar y Messi serían pareja", Crónica Viva, 2008-06-19. Retrieved on 2009-06-18. (in Spanish)
- ↑ १११.० १११.१ "Messi y Antonella pasean por el Carnaval de Sitges su noviazgo", 'El Periódico de Catalunya', 2009-02-25. Retrieved on 2009-06-18. (in Spanish)
- ↑ "Messi, a dicembre... sogni d'oro", Calcio Mercato News, 21 April 2009. Retrieved on 13 July 2009. (in Italian)
- ↑ "La verdad sobre la nueva novia de Messi", Taringa, 2009-02-24. Retrieved on 2009-06-18. (in Spanish)
- ↑ "Maxi afirma que Messi deve vir ao Brasil para vê-lo jogar", Último Segundo, 2007-08-20. Retrieved on 2009-11-03. (in Portuguese)
- ↑ Mayer, Claudius. "Hört mir auf mit Messi!", TZ Online, 2009-10-20. Retrieved on 2009-11-03. (in German)
- ↑ "Konami names Messi as face of PES 2009", Gamezine.co.uk, 2008-08-01. Retrieved on 2009-06-09.
- ↑ "PES Unites - Messi", PESunites.com. Retrieved on 2009-06-09.
- ↑ Orry, James. "Torres signs for PES 2010", Videogamer.com, 2009-06-23. Retrieved on 2009-07-07.
- ↑ "Motions and Emotions in Barcelona", Konami, 2009-06-08. Retrieved on 2009-06-09.
- ↑ "E3 2009: PES 2010: Messi fronts exclusive E3 trailer", Konami, 2009-06-02. Retrieved on 2009-06-09.
- ↑ "MOTD magazine crew meet Messi in Barcelona", PESFan (Match of the Day Magazine). Retrieved on 2009-06-18.
- ↑ "Watch Zinedine Zidane and Lionel Messi in Adidas ad", 'The Guardian', 2009-05-27. Retrieved on 2009-08-16.
- ↑ "101 'Pichichi' y centenario", elmundodeportivo. Retrieved on 17 January 2010. (in Spanish)
- ↑ "Player – Lionel Messi"
- ↑ "Lionel Andrés Messi – Goals in International Matches"
- ↑ "Lionel Messi"
[सम्पादन गर्ने] बाह्य लिंक
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: लियोनेल मेस्सी |
- Lionel Messi biography FC बार्सिलोना वेबसाइट मा
- Lionel Messi statistics FIFA.com मा
- Tactical Profile - Football-Lineups.com