परशुराम नगरपालिका
स्वरूप
परशुराम नगरपालिका | |
---|---|
निर्देशाङ्क: निर्देशाङ्कहरू: २९°०५′N ८०°१९′E / २९.०९°N ८०.३२°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | डडेल्धुरा जिल्ला |
वडा सङ्ख्या | १२ |
स्थापना | वि.सं. २०७१ मङ्सिर १६ |
समावेश (गाविस) | जोगबुडा र शीर्ष |
सम्मिलित (मिति) | वि.सं. २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | भरत बडायर जोशी (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | विमलाकुमारी बोहरा (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ४१४.०७ किमी२ (१५९.८७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३५,५९० |
• घनत्व | ८६/किमी२ (२२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | १०२०० |
क्षेत्रीय सङ्केत | +९७७-९६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
परशुराम नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको भित्री मधेसमा अवस्थित एक नगरपालिका हो। यो नगरपालिका वि.सं. २०७१ साल मङ्सिर १६ मा मन्त्री परिषदको निर्णय अनुसार सिफारिस गरि गठन भएको थियो।[३][४] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा डडेल्धुरा जिल्लामा शीर्ष र जोगबुडा गरी २ गाउँ विकास समितिहरूलाई समेटेर परशुराम नगरपालिका घोषणा गरिएको हो।[४][५] परशुराम नगरपालिकाको केन्द्र जोगबुडाको लालढुङ्गा बजारमा रहको छ।[३][५]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार परशुराम नगरपालिकाको कुल जनसङ्ख्या ३५,५९० रहेको छ भने यहाँ ७,४३४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ ३.० ३.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ ४.० ४.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मङ्सिर २०७१, अन्तिम पहुँच १६ मङ्सिर।
- ↑ ५.० ५.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।