बेलडाँडी गाउँपालिका
बेलडाँडी | |
---|---|
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कञ्चनपुर जिल्ला |
स्थापना | २०७३ फाल्गुन २२ |
सरकार | |
• अध्यक्ष | धन बहादुर थापा क्षेत्री |
• उपाध्यक्ष | कमला देवी कार्की |
क्षेत्रफल | |
• जम्मा | ३६.७० किमी२ (१४.१७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१९४९ |
• घनत्व | ६००/किमी२ (१५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-९९ |
वेबसाइट | beldandimun |
नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्ने बेलडाँडी गाउँपालिका नेपाल सरकारको मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार देशभरी गठन भएका ७५३ स्थानीय तह मध्येको एउटा स्थानीय तह हो । यो गाउँपालिका साविक बेलडाँडी गाविसबाटै नामाकरण गरिएको हो । यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु रहेका छन ।[१]
इतिहास[सम्पादन गर्नुहोस्]
स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कञ्चनपुरमा बेलडाडी र रौतेलिबिचवा यी २ गाउँ विकास समितिहरूलाई समेटेर बेलडाँडी नगरपालिका घोषणा गरिएको थियो । बेलडाँडी नगरपालिकाको केन्द्र साबिक बेलडाडी गाउँ विकास समितिको वडा नं ८ गाविस भवन रहेको स्थानमा रहको थियो । तर बेल्डाँडी नगरपालिकाको जनसङ्ख्या नपुग्दा गाउँपालिका बनाइएको हो । बेलडाँडी नगरपालिका ११ वटा वडामध्ये गाउँपालिकाका पाँच वडामा सीमित भएको छ । साविक बेलडाँडी नगरपालिकाको १ र ४ मिलाएर १ नं वडा, २, ३ र ५ मिलाएर २ नं, ६ र ७ मिलाएर ३ नं, ८ को ४ नं, ९, १० र ११ नं मिलाएर ५ नं वडा बनाइएको छ । बेलडाँडी गाउँ कार्यपालिकाले पाँचवटै वडाको जिम्मेवारी तोकेको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति
- ↑ "बेलडाँडी नगरपालिका गाउँपालिकामा परिणत", रासस, २०७३ चैत ८ गते ११:२२, अन्तिम पहुँच २ वैशाख २०७७।