कान्तिपुर टेलिभिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कान्तिपुर टेलिभिजन
कान्तिपुर टेलिभिजन
स्थापना २०६० असार २९
नारा उच्च दृष्टिकोण
मुख्यालय काठमाडौँ, नेपाल
स्वामित्व कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
देश नेपाल
भाषा नेपाली, अङ्ग्रेजी
प्रसारण क्षेत्र विश्वभर
वेबसाईट www.kantipurtv.com
उपलब्ध डिस होम (च्यानल १३१)

कान्तिपुर टेलिभिजन नेपालको निजी क्षेत्रको एक टेलिभिजन स्टेसन हो। यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया हुन्। केटीभीसँग स्थलीय र उपग्रह प्रसारणको लागि इजाजतपत्र छ। कान्तिपुर टेलिभिजनको मुख्य कार्यालय काठमाडौँको तीनकुने, सुविधानगरमा अवस्थित छ। विसं २०६० असार २९ गते विधिवत् प्रसारण आरम्भ गरेको कान्तिपुर टेलिभिजन २०६८ देखि अटोमेसन प्रविधिमा स्तरोन्नति भएको थियो ।[१] कान्तिपुर टीभीले हाल हाइ डेफिनेसन प्रविधि (एचडी)लाई अवलम्बन गरेको छ । २०७४ मंसिर २७ गतेदेखि एचडी प्रविधिबाट विश्वका एक सयभन्दा बढी मुलुकमा प्रसारण भइरहेको कान्तिपुर टिभी युट्युब च्यानल र अनलाइनमा समेत हेर्न सकिन्छ।[२]

कम्पनीले अर्को भगिनी च्यानल फेब्रुअरी २०१५ देखि कान्तिपुर गोल्ड चलाएको थियो । तथापि, कान्तिपुर गोल्ड च्यानल २०१६ डिसेम्बरदेखि बन्द छ । कान्तिपुर टीभीले डिसेम्बर २०१७ देखि एचडी गुणस्तरमा प्रसारण गर्न सुरू गरेको हो ।

आबद्ध पत्रकारहरू[सम्पादन गर्नुहोस्]

प्रस्तोताहरू[सम्पादन गर्नुहोस्]

  • भूषण दाहाल
  • सुरजसिंह ठकुरी
  • सुमन खरेल

दैनिक तालिकाबद्ध कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

कार्यक्रम विधा
ताल मनोरञ्जन
कल कान्तिपुर मनोरञ्जन
गीत भिडियोहरू संगीत
बलियो घर पुनर्निर्माण आधारित
दोहोरो समस्या मनोरञ्जन
हार्के हलदार मनोरञ्जन
डिट्ठा साहेब मनोरञ्जन
बीबीसी साझा सवाल समसामयिक मामिला
फायरसाइड समसामयिक मामिला
सरोकार समसामयिक मामिला, जनचासो र राजनीति
स्कोरबोर्ड खेलकुद
रजतपत मनोरञ्जन
जीवन सुन्दर छ मनोरञ्जन
संगीत मेला मनोरञ्जन
काउन्टडाउन कान्तिपुर मनोरञ्जन
दिशाहरु समसामयिक मामिला
गुड मर्निङ नेपाल बिहानको कार्यक्रम
अङ्ग्रेजीमा समाचार समाचार
नेपालीमा समाचार समाचार
समकोण समसामयिक मामिला
परिवर्तन समसामयिक मामिला
ह्वाट्स् द फ्लप हास्य
फ्रेम बाइ फ्रेम मनोरञ्जन
काउन्ट डाउन कान्तिपुर स‌ंगीत
टिफिन बक्स स‌ंगीत
गुड मर्निङ नेपाल बिहानको कार्यक्रम

‍‍लोगो‍[सम्पादन गर्नुहोस्]

कान्तिपुर टीभी एचडीको लोगो (२०१७ – वर्तमान)
कान्तिपुर टीभीको पहिलो लोगो (२००३–२०१७)

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]