मकालु टेलिभिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मकालु टेलिभिजन
देश नेपाल
प्रधान कार्यालयविराटनगर
कार्यक्रम
भाषा(हरू)नेपाली र अरु स्थानिय भाषा
स्वामित्व
मालिकमकालु मिडिया प्रा. लि.
कडीहरू
वेबसाइटमकालु टि.भि

मकालु टेलिभिजन[१] पूर्वी नेपालबाट् प्रसारण हुन्छ। पहिलो पटक मिति २०६८ कार्तिक १८ गते देखि यसको प्रसारण विधिवत प्रारम्भ भएको हो । नेपालका ख्याती प्राप्त केही उद्योगपती, केवल व्यवसायी, सञ्चारकर्मी तथा प्राध्यापकहरू समेत गरी १८ जनाको प्रत्यक्ष लगानीमा मकालु टेलिभिजनको स्थापना गरिएको हो ।

च्यानल[सम्पादन गर्नुहोस्]

नेपाल सरकार बाट आधिकारिक सम्वन्धन प्राप्त गरी प्रसारण भईरहेको मकालु टेलिभिजन टेरिष्टोरियल र केवल प्रविधि मार्फत पूर्वाञ्चलबाट प्रसारण हुने गर्दछ । केवल नजोडेका गाँउ गाउमा समेत मकालु टेलिभिजन साधारण एण्टेनाको सहयोगमा सजिलैसँग हेर्न सकिन्छ । मकालु टेलिभिजन पूर्वाञ्चलको सदरमुकाम औद्योगिक, राजनीतिक तथा ऐतिहासिक नगरी विराटनगर बाट प्रसारण भइरहेको छ । टेलिभिजनको मुख्य कार्यालय विराटनगर १५ वसपार्कमा रहेको छ । इटहरी, धरान, दमकविर्तामोडमा पनि शाखा कार्यालय र स्टुडियो स्थापना गरी मकालु टेलिभिजनले स्थानीय विषयवस्तुलाई प्राथमिकताका साथ प्रसारण गरिरहेको छ । स्थानीयता, आफ्नोपन, गाउँघर र सहकर्मीहरू सँधै आफ्ना लागि प्यारा हुन्छन् भन्ने कुरालाई मकालु टेलिभिजनले आत्मासाथ गर्दै आइरहेको छ । “स्थानीयता, विकास र प्रवर्दन” भन्ने मुल नाराका साथ स्थापीत मकालु टेलिभिजन प्रसारणको छोटो अवधि मै लोकप्रिय भइसकेको छ । मकालु टेलिभिजन आम जनतालाई सुसुचित गराउदै सूचना, अभिप्रेरणा, शिक्षा र मनोरञ्जन प्रदान गर्ने पूर्वाञ्चलवासीको साझा संस्था हो । मकालु टेलिभिजनले समाचार, समाचारमुलक कार्यक्रमलाई जोड दिदै मनोरञ्जनात्मक कार्यक्रम पनि प्रसारण गर्दछ ।

विकास[सम्पादन गर्नुहोस्]

मकालु टेलिभिजनले पूर्वाञ्चलको आर्थिक व्यवसायिक, व्यपारिक, शैक्षिक, धार्मीक सामाजिक, साँस्कृतिक एवम् पर्याटकीय क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन गर्नमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाईट[सम्पादन गर्नुहोस्]

मकालु टेलिभिजन वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-०१ मिति