माम्लालुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माम्लालुङ नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक तथा पर्यटकीय स्थल हो। समुद्री सतहबाट २००० मिटरको उचाईमा अवस्थित माम्लालुङ धार्मिक महत्त्व बोकेको स्थल हो। यो किराँत धर्मालम्बीहरूको एक पवित्रस्थल हो। यस ठाउँलाई औतारि डाँडो भनेर पनि चिनिन्छ। यहाँ सिंह, सर्प, चिल आदि जिव जन्तुहरूको ढुङ्गाले बनेका मुर्तिहरू तथा विभिन्न चित्रहरू प्रशस्त छन्। मात्रिका किराँतेश्वको गुफा यहाँको महत्त्वपूर्ण धार्मिक सम्पदा हो। माम्लालुङ पुग्न झापा जिल्लाको दमक हुँदै पाँचथर जिल्लाको रबी गाडीमा गई त्यहाँबाट करिब २ घण्टा पैदल यात्रा गर्नु पर्दछ। इलामबाट राँके हुँदै रबी गएर पनि माम्लालुङ पुग्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]