चाँगुनारायण नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चाँगुनारायणबाट अनुप्रेषित)
चाँगुनारायण नगरपालिका
चाँगुनारायण नगरपालिकाको दृश्य
चाँगुनारायण नगरपालिकाको दृश्य
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलबागमती अञ्चल
जिल्लाभक्तपुर जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरसोम प्रसाद मिश्र
 • उप मेयरविणा वास्तोला
क्षेत्रफल
 • जम्मा२७.९ किमी (१०.८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३२,५२२
 • घनत्व१२००/किमी (३०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
वेबसाइटchangunarayanmun.gov.np

चाँगुनारायण नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने भक्तपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भक्तपुर जिल्लामा चाँगुनारायण, झौखेल, दुवाकोटछालिङ यी ४ गाउँ विकास समितिहरूलाई समेटेर चाँगुनारायण नगरपालिका घोषणा गरिएको हो।[३][४] चाँगुनारायण नगरपालिकाको केन्द्रभने चाँगुनारायण गाविसको नारायणटारमा रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

चाँगुनारायण नगरपालिका साविकका चाँगुनारायण, झौखेल, दुवाकोटछालिङ गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ४ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा चाँगुनारायण नगरपालिकाको कूल जनसङ्ख्या ३२,५२२ हुन्छ।[१]

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

समुन्द्री सतहबाट १३७२ देखी २१९१ मिटर उचाईमा रहेको नगरपालिकाको पूर्वमा मण्डन मण्डनदेउपुर नगरपालिका, काभे्र, पश्मिमा कागेश्वरी–मनोहरा नगरपालिका,काठमाडौँमध्यपुर ठिमी नगरपालिका,भक्तपूर,उत्तरमा शंखरापुर नगरपालिका,काठमाडौँदक्षिणमा सूर्यविनायक नगरपालिकाभक्तपुर नगरपालिका रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]