जगरनाथपुर गाउँपालिका
जगरनाथपुर | |
---|---|
देश | ![]() |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | पर्सा जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | जालिम मियाँ मंसुरी (माओवादी केन्द्र) |
• उपाध्यक्ष | बिस्िमल्लाह खातुन |
क्षेत्रफल | |
• जम्मा | ४५ किमी२ (१७ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | ३१,५९१ |
• घनत्व | ७००/किमी२ (१८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५७ |
केन्द्र | साविकको जगरनाथपुर गाविसको कार्यालय |
जगरनाथपुर गाउँपालिका नेपालको मधेश प्रदेशमा रहेको पर्सा जिल्लामा अवस्थित छ । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्सा जिल्लामा साविकका जगरनाथपुर, पिडारीगुठी, जानकिटोला, घोडादौडा पिपरा (८ र ९ वडा), बिजवनिया, मसियानी र औराहा गाउँ विकास समितिहरूलाई समेटेर जगरनाथपुर गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३१,५९१ रहेको छ । यसको क्षेत्रफल ४५.२९ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको जगरनाथपुर गाविसको कार्यालयमा राखिएको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।