ढाँचा:प्रमुख लेख/बङ्गाली जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गाल क्षेत्र

बङ्गाली जाति (बङ्गाली: বাঙালি জাতি) दक्षिण एसियाको एक विशेष हिन्द-आर्य जातीय समूहको नाम हो। बङ्गाली जातिको स्थानीय जनसङ्ख्या बङ्गलादेशभारतको पश्चिम बङ्गाल, त्रिपुरा, बाराक उपत्यका, तल्लो आसाममणिपुरका केही भागहरूमा विभाजित छन्। तिनीहरूमध्ये अधिकांशले बङ्गाली भाषा बोल्दछन् जुन हिन्द-इरानी भाषाहरूको एक विशेष भाषा हो।

चिनियाँ र अरबी जाति बाहेक बङ्गालीहरू विश्वको तेस्रो ठूलो जातीय समूह हो र तिनीहरू हिन्द-युरोपेलीहरूमध्ये सबैभन्दा ठूलो जातीय समूह हुन्। अण्डमान र निकोबार द्वीपको जिन्जिरामा आफ्नो पैतृक क्षेत्रबाहेक बङ्गालीहरूको बाहुल्यता भारतको केही क्षेत्रहरूमा रहेको छ। नेपालको कोशी प्रदेश, भारतको अरुणाचल प्रदेश, दिल्ली, उडिसा, छत्तीसगढ, झारखण्ड, मेघालय, मिजोरम, नागाल्यान्ड, उत्तराखण्डमा बङ्गालीहरूको ठूलो जनसङ्ख्या रहेको छ। मध्यपूर्व, पाकिस्तान, बर्मा, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, मलेसिया, इटाली, सिङ्गापुर, माल्दिभ्स, क्यानडा, अस्ट्रेलिया, जापानदक्षिण कोरियामा बङ्गालीको सुस्थापित समाजहरू रहेका छन्। (पूरा  पढ्नुहोस्...)