थाक्रे गाउँपालिका
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
थाक्रे गाउँपालिका धादिङ जिल्ला कै सबैभन्दा ठूलो गाउँपालिका हो । जनसङ्ख्या र भूगोल दुबै आधारमा जिल्लाकै ठूलो यो गाउँपालिका काठमाडौंबाट ३० किलोमिटर दूरीमा छ । प्रदेश नम्बर ३ अन्तर्गत बाग्मती अञ्चलमा पर्ने थाक्रे गाउँपालिकामा ११ वटा वडा छन् । देशकै पहिलो राजमार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग दुबै यो गाउँपालिका हुँदै अघि बढेको छ । यो गाउँपालिकामा बाहुन, क्षेत्री, तामाङ, चेपाङ, नेवार, दलित, मगर लगायत जातजातीको बसोबास छ । अधिकांश थाक्रेबासी कृषिमा निर्भर छन् । विशेषत तरकारी खेति नै थाक्रेका जनताको मुख्य आयश्रोत हो । अन्न बाली र फलफूल यहाँका जनताको बैकल्पिक आय श्रोत गर्ने माध्यम बनेको छ । पर्यटकीय हिसावले निकै सम्भावना बोकेको थाक्रेमा पर्यटन विकासका गतिविधि भने न्यून छ । २०७४ बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट यो गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य अध्यक्ष र अम्बिका रुपाखेती उपाध्यक्षमा निर्वाचित भएका हुन । थाक्रे गाँउपालिकामा साविकका भूमेस्थान, तसर्पु, केवलपुर र गोगनपानी गाविसका वडाहरु गाभिएका हुन । ९६.४१ वर्ग किमी क्षेत्रफल रहेको यो गाउँपालिकाको पूर्वी सिमानामा धुनीबेंशी नगरपालिका, पश्चिममा गल्छी गाउँपालिका र दक्षिणमा मकवानपुर जिल्ला रहेका छन । स्थानीय निर्वाचनका बेला सङ्कलन गरिएको तथ्यांक अनुसार थाक्रे गाँउपालिकाको जनसङ्ख्या ३२,९१४ छ । सरकारले आर्थिक वर्ष २०७४⁄७५ को स्थानीय तहका लागि बिनिमयोजन गरेको बजेटमा थाक्रेलाई ३१ करोड २२ लाख ३५ हजार रुपैंया छुट्याईएको छ । यो बजेट धुनिबेशी नगरपालिकाका लागि छुट्याईएको रकम (२६ करोड ९७ लाख ७६ हजार) भन्दा बढी हो ।
स्थानीय निर्वाचनका लागि थाक्रेमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संयुक्त गठबन्धनमा उम्मेदवारी दिएका थिए । गाँउपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले निर्वाचन जितेको थियो भने वडामा पनि नेकपा एमालेकै बर्चश्व रह्यो । ११ मध्ये ८ वटा वडामा एमाले २ वडामा माओवादी केन्द्र र १ वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भए । वडा नम्बर ५बाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा सदस्यमा विजयी भएकी थिईन । जिल्लामा एक मात्रै वादी समुदायबाट निर्वाचित लक्ष्मी वादी पनि यही गाउँपालिकाको प्रतिनिधित्व गर्छिन ।थाक्रे गाँउपालिका
This article needs additional categories. Please help out by adding categories to it so that it can be listed with similar articles. (जुन २०१७) |