सामग्रीमा जानुहोस्

पाख्रीबास नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पाख्रीबासबाट अनुप्रेषित)
पाख्रीबास नगरपालिका
पाख्रीबास नगरपालिका धनकुटा जिल्ला-को अवस्थिति
पाख्रीबास नगरपालिका
पाख्रीबास नगरपालिका कोशी प्रदेश-को अवस्थिति
पाख्रीबास नगरपालिका
पाख्रीबास नगरपालिका नेपाल-को अवस्थिति
पाख्रीबास नगरपालिका
निर्देशाङ्क: २७°०७′ उत्तर ८७°१९′ पूर्व / २७.११° उत्तर ८७.३१° पूर्व / 27.11; 87.31
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा
स्थापित२०७१ मङ्सिर १७
सरकार
 • नगरप्रमुखज्ञानबहादुर गुरुङ (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखनम्रता गौतम (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१४४.२९ किमी२ (५५.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,१०४
 • घनत्व१३०/किमी२ (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
वेबसाइटआधिकारिक वेबसाइट

पाख्रीबास नगरपालिका धनकुटा जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १७ मा, नगरपालिका घोषणा गर्दा पाख्रीबास, सान्ने, फलाँटे, घोर्लिखर्क र मुगा गाविसहरू यसमा गाभिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा चुङमाङ गाविसलाई पनि यसमा गाभिएको थियो।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाख्रीबास नगरपालिकाको कुल जनसङ्ख्या १९,१०४ रहेको छ भने यहाँ ४,८४४ घरधुरी रहेका छन्।[२]

पाख्रिवास नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१सान्ने (१-३)१,०८६५.१२१२.९४
२सान्ने (४-९)२,१७८१२.३११७६.९३
३पाख्रीबास (१,४-९)२,०९८१३.५६१५४.७२
४पाख्रीबास (२-३)३,०७७४.६५६६१.७२
५घोर्लिखर्क२,०८६२०.४८१०१.८५
६फलाँटे१,९०८३७.०१५१.५५
७मुगा (१,७-८)१,२१२६.३८१८९.९७
८मुगा (२,६-९)१,९८८१८.३११०८.५७
९चुङवाङ (१, २, ६)१,८८३९.६१९६.१५
१०चुङवाङ (३–५, ७–९)१,५८८१६.८९९४.०२
जम्मा१९,१०४१४४.२९१३२.४०

चुनौती

[सम्पादन]

५ वटा गाविस मिलाएर बनाइएको धनकुटाको पाख्रीबास नगरपालिकाको आन्तरिक आय वाषिर्क करिब ६ लाख छ। हालैको नगर परिषद्ले आगामी वर्षका लागि ५ करोड बराबरको बजेट अनुमान गरेको छ। अधिकांश ग्रामीण बस्ती भएको पाख्रीबासका सडक, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको विकास मुख्य चुनौती हो। नगरको आर्थिक, सामाजिक र भौतिक विकासका लागि यिनै चार विषयलाई प्राथमिकतामा राखिएको छ। नवघोषित नगरका सबै स्थानमा १४८ किमि सडक विस्तार भएको छ। तर पाख्रीबास लेगुवाबाहेकका यी कुनै सडकमा नियमित गाडी चल्दैनन्।[४]

हिलेबाट पाख्रीबास बजार हुँदै डिकुरेसम्मको करिब ७ किलोमिटर सडकमा केही अघि गरिएको ओटासिल भत्किसकेको छ। यसैले नगरका सडक व्यवस्थित गर्नु मुख्य चुनौती हो। पुरानो पाख्रीबासबाहेक खासै बजार क्षेत्र विस्तार हुन सकेको छैन।[४]

घोर्लिखर्कको डिकुरे, फलाँटेको बस्तीचोक, मुगाको राम्चे र सान्ने गाविसको पञ्चमी जस्ता स्थान भर्खरै स-साना बजारका रूपमा विकास हुँदैछन्। तथ्यांकअनुसार ८५ प्रतिशत जनतामा विद्युत् सेवाको पहुँच छ। नगरमा मिसाइएका पाँच वटै गाविसका नाममा जम्मा २० रोपनी जमिन छ। खेल मैदानका लागि ५४ रोपनी जग्गा बन्दोबस्त भए पनि पूर्वाधार निर्माण भएका छैनन्।[४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. 1 2 3 "पूर्वाधार बनाउँदै नयाँ नगरपालिका", कान्तिपुर दैनिक, २०७१ फाल्गुन १, अन्तिम पहुँच फाल्गुन १।[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन]