पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (अङ्ग्रेजी: Pokhara International Airport) पोखरामा अवस्थित एक निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल हो। यस विमानस्थलले प्रति वर्ष एक लाख यात्रुहरूलाई सेवा दिने अपेक्षा गरिएको छ।[१]
करिब ३७ सय रोपनी क्षेत्रफलमा रहेको विमानस्थल सन् २०२१ जुलाई ११ भित्र निर्माण हुने गरी नेपाल सरकारको विभिन्न प्रक्रियाहरु पूरा गरी चाइनिज सीएएमसी कम्पनीलाई सरकारले जिम्मेवारी दिएको छ।[२][३] प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपाल र चिनियाँ सरकारबीच करीब २२ अरब रुपैयाँ लागतमा २५०० मीटरको रन वे, दश हजार वर्गमिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन भएको विमानस्थल निर्माण हुने सम्झौता भएको थियो।[४] बोइङ–७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमानहरूमात्र ल्यान्ड गर्नमिल्ने यस विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हरिएको छ।[५]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भहरू[सम्पादन गर्ने]
- ↑ "Pokhara Regional International Airport (PRIA)", www.airport-technology.com, अन्तिम पहुँच १८ मार्च २०१८।
- ↑ "पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको १२ प्रतिशत काम सकियो", कारोबार दैनिक, अन्तिम पहुँच २०१९-०३-१३।
- ↑ "पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अब अगाडि बढ्ने", सेतोपाटी, अन्तिम पहुँच २०१९-०३-१३।
- ↑ "पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास", बीबीसी नेपाली, अन्तिम पहुँच २०१९-०३-१३।
- ↑ "पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तीब्र, अढाई वर्षपछि विदेश जान काठमाडौँ आउनु नपर्ने!", आर्थिक न्यूज, अन्तिम पहुँच २०१९-०३-१३।