सामग्रीमा जानुहोस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजानिक
मालिकनेपाल सरकार
सञ्चालकनेपाल सरकार
सेवा गर्ने स्थानसिद्धार्थनगर,रुपन्देही, लुम्बिनी,नेपाल
उचाइ समुद्री सतह३५८ ft / १०९ m
निर्देशाङ्क२७°३०′२०″उ॰ ०८३°२४′५८″पू॰ / २७.५०५५६°N ८३.४१६११°E / 27.50556; 83.41611
नक्सा
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल is located in लुम्बिनी प्रदेश
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल is located in नेपाल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
नेपालको नक्सामा विमानस्थल
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
१०/२८ १,५१० ४,९५४ अलकत्रा

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौँबाट २९० किलोमिटर टाढा सिद्धार्थनगरमा रहेको विमानस्थल हो।[३] यो नेपालको एक प्रमुख र बेला बेलामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो।[४][५] यो विमानस्थल नेपालको राष्ट्रिय विभूति बुद्धको जन्मस्थल लुम्बिनीबाट सबैभन्दा नजिकको विमानस्थल हो। यो विमानस्थल सन १९५८ देखि शुरूभएको हो यो विमानस्थलमा जेट बस्न सक्ने बनाइएपछि यात्रुको चाप अझ बढेर गएको छ।[६] वि.सं. २०७८ कार्तिक ६ गते नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको करिब साढे दुई अर्ब रुपैयाँ बराबरको १८०० केजीको भगवान बुद्धको मुर्तिलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ। यो स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले नि:शुल्क उपलब्ध गराएको हो।[७]

यो विमानस्थलको नाम नेपालमा जन्मिएका भगवान गौतम बुद्धको नामबाट राखिएको हो।[८]

यो विमानस्थल सिद्धार्थनगर नगरपालिकाको पश्चिमी क्षेत्रको लुम्बिनी सडक नजिकै पूर्व पश्चिम लम्बिएर रहेको छ। नेपालको गौतम बुद्ध विमानस्थलको विमानस्थल कोड 'बिडब्लुए' हो।


विमान सेवाहरू

[सम्पादन गर्नुहोस्]

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा निम्नलिखित सहरसम्म विस्तारित छ:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Airport information for VNBW वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति from DAFIF (effective October 2006)
  2. Airport information for Bhairawa, Nepal - Gautam Buddha International Airport (VNBW / BWA) at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).
  3. "गौतम बुद्ध विमानस्थल : चौथो पटक थपियो म्याद", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०३ 
  4. "गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०३ 
  5. लम्साल, रमेश, "गौतम बुद्ध विमानस्थलको लक्ष्य : दैनिक साठी अन्तर्राष्ट्रिय उडान", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०३ 
  6. "गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनामा बनिसक्ने, उडान संचालनको के छ तयारी ?", बिजमाण्डु (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०३ 
  7. "गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीद्वारा बुद्धको मूर्ति अनावरण", रेडियो नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०३ 
  8. "गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा", केन्द्रविन्दु (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-०३ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]