सामग्रीमा जानुहोस्

पोखरीया नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पोखरिया नगरपालिकाबाट अनुप्रेषित)
पोखरीया नगरपालिका
पोखरीया नगरपालिका मा पर्दछ मधेश प्रदेश
पोखरीया नगरपालिका
मधेश प्रदेशको नक्सामा पोखरीया नगरपालिकाको अवस्थिति
पोखरीया नगरपालिका मा पर्दछ नेपाल
पोखरीया नगरपालिका
पोखरीया नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०३′N ८४°४९′E / 27.05°N 84.81°E / 27.05; 84.81
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखप्रदुमनप्रसाद चौहान (नेकपा (एमाले))
  उपप्रमुखरुवीकुमारी ठाकुर (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा३२.४७ किमी (१२.५४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३७,६७५
  घनत्व१२००/किमी (३०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
केन्द्रसाविक पोखरिया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पोखरीया नगरपालिका पर्सा जिल्लाका ३ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका पोखरिया, वसन्तपुर, श्रीसिया (नौ.त.ज.), शिवर्वागोविन्दपुर गाविसहरू समावेश गरिएका थिए भने २०७३ फागुन २७ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बैरिया बिरता (नौ.त.ज.) गाविस यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पोखरीया नगरपालिकाको कुल जनसङ्ख्या ३७,६७५ रहेको छ भने यहाँ ६,०७६ घरधुरी रहेका छन्।[]

वडागत विवरण

[सम्पादन गर्नुहोस्]

पोखरिया नगरपालिकाको वडा विभाजन, समावेश साविकका गाविसहरू, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

पोखरिया नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
पोखरीया (१-३)२,६८८२.१९१२२७.४०
वसन्तपुर (५-९)४,३०४३.८५१११७.९२
वसन्तपुर (१-४)५,१११५.०११०२०.१६
पोखरीया (४-६)३,३३११.६६२००६.६३
पोखरीया (७-९)२,५००१.५४१६२३.३८
श्रीसिया (नौ.त.ज.)४,०१३२.६५१५१४.३४
गोविन्दपुर३,१७९२.४६१२९२.२८
बैरिया बिरता (नौ.त.ज.) (१–५)३,७३३३.३६११११.०१
बैरिया बिरता (नौ.त.ज.) (६–९) र शिवर्वा (४-९)६,४१२७.४८८५७.२२
१०शिवर्वा (१-३)२४०४२.२४१०७३.२१
जम्मा३७,६७५३२.४४११६१.३७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]