बागमती प्रदेश सभा
बागमती प्रदेश सभा | |
---|---|
दोस्रो बागमती प्रदेश सभा | |
प्रकार | |
प्रकार | बागमती प्रदेशको एकसदनात्मक व्यवस्थापिका |
इतिहास | |
नयाँ कार्यकालको सुरुवात | वि.सं. २०७९ पुस १८ |
नेतृत्वकर्ता | |
संरचना | |
राजनीतिक दल | सरकार (७०)
प्रतिपक्ष (४०) |
कार्यकाल अवधि | ५ वर्ष |
निर्वाचन | |
समानान्तर प्रणाली
| |
पछिल्लो निर्वाचन | २०७९ |
आउने निर्वाचन | २०८४ |
बैठक स्थल | |
क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौँडा, मकवानपुर | |
वेबसाइट | |
pradeshsabha.p3.gov.np | |
संविधान | |
नेपालको संविधान |
बागमती प्रदेश सभा बागमती प्रदेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक बागमती प्रदेशको राजधानी मकवानपुर जिल्लाको हेटौँडामा रहेको छ।[१] बागमती प्रदेश सभामा ११० जना सदस्य छन् जसमध्ये ६६ जना पहिलो पटक मतदान मार्फत निर्वाचित हुन्छन् भने ४४ जना समानुपातिक तर्फबाट निर्वाचित हुने गर्छन्। यो सभाको अवधि पाँच वर्षको हुन्छ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]बागमती प्रदेश सभा नेपालको संविधान २०७२ को धारा १७५ बमोजिम गठन भएको थियो। उक्त व्यवस्थाले मुलुकका प्रत्येक प्रदेशका लागि प्रादेशिक संसदको प्रत्याभूति गरेको छ। वि.सं. २०७४ सालमा बागमती प्रदेशको प्रदेश सभा निर्वाचन तर्फको ११० सिटका लागि सम्पन्न भएको थियो।[३] यस चुनावको परिणामस्वरूप नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनको विजय भएको थियो जुन पछि नेकपा (एमाले)बाट डोरमणि पौडेलको नेतृत्वमा गठबन्धन सरकारको गठन भएको थियो। संविधानसभाको पहिलो बैठक प्रदेश सभा प्रमुख अनुराधा कोइराला[४]ले वि.सं. २०७४ माघ १८ का लागि बोलाएकी थिइन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सानुकुमार श्रेष्ठलाई प्रदेश सभाको पहिलो सभामुख रूपमा निर्वाचित गरिएको थियो र माओवादी केन्द्रबाट राधिका तामाङ प्रथम उपसभामुखमा निर्वाचित भएकी थिइन्।[५] वि.सं. २०७५ जेठ ३ मा, यी दुई राजनीतिक दलहरू एकआपसमा गाभिएर नेपाल कम्युनिस्ट पार्टीको गठन भएको थियो जसको कारण यसले अत्याधिक बहुमत प्राप्त गरेको थियो।[६]
सभाहरूको सूची
[सम्पादन गर्नुहोस्]निर्वाचन वर्ष | सभा | कार्यकाल सुरुवात | कार्यकाल अन्त्य | सभामुख | मुख्यमन्त्री | राजनीतिक दल | |
---|---|---|---|---|---|---|---|
२०७४ | पहिलो सभा | वि.सं. २०७४ माघ १८ | वि.सं. २०७९ असोज १[७] | सानुकुमार श्रेष्ठ | डोरमणि पौडेल(मन्त्रिपरिषद्) | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) | |
अष्टलक्ष्मी शाक्य(मन्त्रिपरिषद्) | |||||||
राजेन्द्रप्रसाद पाण्डे(मन्त्रिपरिषद्) | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) | ||||||
२०७९ | दोस्रो सभा | वि.सं. २०७९ पुस १८ | पदासिन | भुवन कुमार पाठक | शालिकराम जमकट्टेल(मन्त्रिपरिषद्) | नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) |
समितिहरू
[सम्पादन गर्नुहोस्]नेपालको संविधानको धारा १९५ मा प्रदेश सभाहरूलाई कार्यसञ्चालन कार्यविधिको व्यवस्था गर्न विशेष समितिहरू गठन गर्ने अधिकार प्रदान गरिएको छ।
क्र.सं | समिति | सदस्यता |
---|---|---|
१ | प्रदेश मामिला | २२ |
२ | वित्त र विकास | २० |
३ | सार्वजनिक खाता | २० |
४ | शिक्षा, स्वास्थ्य र कृषि | २० |
५ | उद्योग, पर्यटन र,वातावरणमा | १९ |
हालको संरचना
[सम्पादन गर्नुहोस्]दल | संसदीय दलको नेता | सिट | |
---|---|---|---|
नेपाली कांग्रेस | बहादुर सिंह लामा | ३७ | |
नेकपा (एमाले) | जगन्नाथ थपलिया | २७ . | |
नेकपा (माओवादी केन्द्र) | शालिकराम जमकट्टेल | २१ | |
राष्ट्रिय प्रजातन्त्र पार्टी | उद्धव थापा | १३ | |
नेकपा एस | ७ | ||
नेपाल मजदुर किसान पार्टी | सुरेन्द्रराज गोसाई | ३ | |
हाम्रो नेपाली पार्टी | शैलेन्द्रमान बज्राचार्य | २ | |
जम्मा | ११० |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "अन्तत प्रदेश ३ को नाम बागमती र राजधानी हेटौडा, पक्षमा १०५ मत" (नेपाली) भाषा)। देश सञ्चार। सङ्ग्रह मिति २५ मार्च २०२१।
- ↑ "भाग–१४ प्रदेश व्यवस्थापिका"। कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१।
- ↑ "कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् दाबेदार"। अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१।
- ↑ "प्रदेश ३ को प्रमुखमा अनुराधा कोइराला नियुक्त" (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१।
- ↑ "सभामुख र उपसभामुख" (नेपाली) भाषा)। बागमती प्रदेश सरकार। सङ्ग्रह मिति २५ मार्च २०२१।
- ↑ "नेकपाको संसदीय शक्तिः केन्द्रमा सहज बहुमत, पाँचवटा प्रदेशमा दुई तिहाइ"। पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१।
- ↑ सुवेदी, ईश्वरी, "असोज १ देखि प्रदेश र प्रतिनिधिसभाको कार्यकाल सकिने", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१५।