फिफा वर्षको सर्वोत्कृष्ट खेलाडी
स्वरूप
(फिफा बर्षको सर्वोत्कृष्ट खेलाडीबाट अनुप्रेषित)
फिफा वर्षको सर्वोत्कृष्ट खेलाडि विश्वभरीका महिला तथा पुरुष खेलाडीहरू मध्यबाट अन्तराष्ट्रिय टीमहरूका कप्तान र प्रशिक्षकहरूको मतदानबाट चुनेर दिईने पुरस्कार हो। मतदान प्रकृया पोजिसनल मतदान प्रकृयाबाट हुने गर्छ। यसमा प्रत्येक कप्तान र प्रशिक्षकहरूले पाँच अंक, तीन अङ्क र एक अङ्क गरी तीन पटक मतदान गर्न पाउँछन र यही अंकको आधारमा विजेता घोषणा गरिन्छ। सन् २०१० देखि फिफा वर्षको सर्वोत्कृष्ट खेलाडि र फ्रान्सको फुटबल बेलोन डी'ओर आपसमा मिलेर वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीलाई फिफा बेलोन डी' ओर प्रत्येक वर्ष दिने निर्णय गर्यो ।