सामग्रीमा जानुहोस्

बाइसे राज्यहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बाइसी राज्यहरूबाट अनुप्रेषित)
गङ्गा नदीका सहायक नदीहरूमध्ये कर्णाली नदी
डोटी राज्यका राजाको शिलालेख, शक संवत् १६१२ (वा १७४७ विक्रम संवत्)मा देवनागरी लिपि प्रयोग गरेर पुरानो खस भाषा मा 'रैका' मान्धाता शाहीको ताम्र शिलालेख।

बाइसे राज्य भारतीय उपमहाद्वीपमा सार्वभौम रूपमा अवस्थित साना राज्यहरू हन्। यी राज्यहरू मध्ययुगीन नेपालका खसहरूद्वारा शासित थिए भने आधुनिक नेपालको कर्णाली-भेरी नदीको वरिपरि अवस्थित थिए।

वि.सं १८०० देखि १८६६ सम्म नेपालको एकीकरणको क्रममा बाइसेहरू राज्यहरू नेपालमा गाभिएका थिए। गोरखा राज्यका अन्तिम राजा पृथ्वीनारायण शाहको शासन कालमा नेपालको एकीकरणको प्रयासहरू भएका थिए भने उनको मृत्यु पश्चात् एकीकरणलाई उनका छोरा र नातिले अगाडि बढाएका थिए।[] नेपालमा हाल सम्म प्रकाशन भएका विभिन्न पुस्तकहरूमा बाइसे र चौबिसे राज्यहरूका नाम कतिपएमा फरक फरक पाइएका छन्। यि सबै पुस्तकमा भएका नामहरूका राज्यहरू कुनै न कुनै बेला एक पटक स्थापना भएकै थिए। त्यो बेलामा राज्यहरू फुट्ने र जुट्ने काम चलिरहन्थ्यो। बाइसे राज्य भनिएता पनि कर्णाली क्षेत्रका राज्यहरूको सङ्ख्या घटेर कुनै बेला अठार वटा सम्म पुगेको छ भने कुनै बेला बढेर तीसवटा सम्म पनि पुगेको पनि देखिन्छ।[]

जुम्ला राज्यमा ११ वटा पर्वत र ११ वटा नदी भएकाले पहिले पनि जुम्लालाई बाइस पाखा भनिन्थ्यो भने जुम्ली जनतालाई बाइस पख्याली भनिन्थ्यो। यस कुरालाई वि.सं. १८०२-१८०८ मा जुम्लाका राजा सुदर्शन शाहको ताम्रपत्र, वि.सं. १८५५ मा सुब्बा भयहरण थापाको आज्ञापत्र र वि.सं. १८७८ मा लेखिएको कल्याल वंशावलीमा उल्लेख गरिएको छ। [] त्यस कारण जुम्ला राज्यको प्रभावमा रहेको र जुम्ला राज्यलाई वार्षिक कर (सिर्तो) बुझाउने सम्पूर्ण कर्णाली क्षेत्रका राज्यहरूलाई बाइसे राज्य भनिएको थियो। यसरी रहेका बाइसी राज्यहरूमा विद्वान भेन्सिटार्टले २२ वटा, कर्कप्याट्रिकले १८ वटा, बुचानन ह्यामिल्टनले २१ वटा, ओल्डफिल्डले १८ वटा र प्रा. डा. राजाराम सुवेदीले ३० वटा नामहरू प्रकाशन गरेका छन्।[]

नेपालमा हाल सम्म प्रकाशन भएका विभिन्न पुस्तकहरूमा बाइसे राज्यहरूका नाम कतिपयमा फरक फरक पाइएका छन्।[] विभिन्न पुस्तकहरूमा लेखकहरूले प्रकाशित बाइसे राज्यहरूका नामहरू यस प्रकार रहेका छन्।[]

बाइसी राज्यहरू
क्रम राज्यहरू[] स्थापना (वि.सं)संस्थापकविघटन सन्दर्भ
जुम्ला १४५०वि.सं. १४५० मा उत्तमराजका

छोरा बलिराजाले जुम्ला राज्यको स्थापना गरेका थिए।

वि.सं. १८४७ मा राजा सूर्यमान शाहको

पालामा जुम्ला विशाल नेपालमा विलय भएको थियो।

जाजरकोट १४६१वि.सं. १४६१ मा राजा मेदिनी

वर्माले जाजरकोटको स्थापना गरेका थिए।

वि.सं. १८४३ मा गजेन्द्र शाहको

समयमा नेपालमा गाभिएको थियो।

डोटी १४०९वि.सं. १४०९ मा निरयपालले डोटी

राज्यको स्थापना गरेका थिए।

१८४६ मा राज दीप शाहीको

शासनकालमा डोटी नेपालमा मिसिएको थियो।

सल्यान १४७५वि.सं. १४४५मा राजा सुमेरुवर्माले

सल्यान राज्यको स्थापना गरेका थिए।

वि.सं. १८२५ मा सल्यानका राजा कृष्ण

शाहले नेपालको संरक्षकत्व स्वीकार गरेका थिए ।

अछाम १४५३वि.सं. १४८५ इन्द्रवर्मा र चन्द्रवर्माले

अछाम राज्यको स्थापना गरेका थिए ।

वि.सं. १८४७ मा अछामका राजा  

देवचन्द्र शाहको समयमा अछाम नेपालमा गाभियो ।

रुकुम १४७५वि.सं. १४७५ मा राजा नरिबमले

रुकुम राज्यको स्थापना गरेका थिए।

वि.सं. १८४६ मा रुकुम नेपालमा

मिलाइएको थियो।

बाँफी १४७५वि.सं. १४७५ मा जगदीश वमले

बाँफी राज्यको स्थापना गरेका थिए।

वि.सं. १८४६ मा बाँफीलाई नेपालमा

गाभिएको थियो।

दुल्लु १४५३वि.सं. १४५३ मा राजा मलैवमले

दुल्लु राज्यको स्थापना गरेका थिएर

वि.सं. १८४६ मा राजा उतिम शाहको

राज्यकालमा दुल्लु नेपालको आश्रित राज्य बनेको थियो।

फलावाङ दाङबाट आएका काला सुल्तानबाट स्थापित भएको थियो। फलावाङ सल्यान राज्यमा गाभिएको थियो।
१० दैलेख १४५३वि.सं. १४५३ मा राजा मलैवम्मले  

दैलेख राज्यको स्थापना गरेका थिए।

वि.सं. १८४६ मा राजा कर्णशाहीको

शासनकालमा दैलेख नेपालमा मिलाइएको थियो।

११ छिल्लीकोट १७०३वि.सं. १७०३ मा दान बहादुर शाह

छिल्लीकोटका राजा थिए।

वि.सं. १८४७ मा राजा वीरभद्र शाहको

राज्यकालमा यो नेपालमा गाभिएको थियो।

१२ मुसिकोट १४७५वि.सं. १४७५ मा राजा जयतुम्बले

मुसिकोट राज्यको स्थापना गरेका थिए ।

वि.सं.  १८४६ मा राजा मुकुन्द शाहीको

राज्यकालमा यो राज्य नेपालमा गाभिएको थियो।

१३ दर्ना १४९४वि.सं. १४९४ मा राजा  उदयवर्माले

दर्ना राज्यको स्थापना गरेका थिए

वि.सं. १८४७ मा रुद्र शाहीका

शासनकालमा नेपालमा गाभिएको थियो।

१४ धुलिकोट १६२५वि.सं. १६२५ मा राजा प्रभात  

रायले धुलिकोट (सुर्खे त) राज्यको स्थापना गरेका थिए।

वि.सं. १८४६ भूपनारायण शाहीको  

राज्यकालमा नेपालमा गाभिएको थियो।

१५ गजुल १५५०वि.सं. १५५० मा राजा जयासिंहले

गजुल (रोल्पा) राज्यको स्थापना गरेका थिए।

नेपाल एकीकरणको समयमा नेपाल

अधिराज्यमा मिलाइएको थियो।

१६ खुम्री १६२३वि.सं. १६२३ मा इन्द्रपालसेनले खुम्री

राज्यको स्थापना गरेका थिए।

नेपाल एकीकरणको समयमा नेपाल

अधिराज्यमा मिलाइएको थियो।

१७ बाजुरा १६५०वि.सं. १६५० मा राजा डुगरसिंहले

बाजुरा राज्यको स्थापना गरेका थिए ।

वि.सं. १८४७ मा अनन्तपालको समयमा

बाजुरा राज्य नेपालमा मिसिएको थियो।।

१८ मालनेटा १७९०वि.सं. १७९० मा मदनराज शाहले

मालनेटा राज्यको स्थापना गरेका थिए।

वि.सं. १८६३ मा रूपनारायण शाहको  

राज्यकालमा मालनेटा नेपालमा गाभिएको थियो।

१९ बझाङ १५०३वि.सं. १५०३ मा राजा शक्तिसिंहले

बझाङ राज्यको स्थापना गरेका थिए ।

वि.सं. १८४७ मा राजा समुन्द्र सिंहले

नेपालको अगाडि आत्मसमर्पण गरेका थिए।

२० दाङ १८४३वि.सं. १५५० मा राजा दलीसिंहले

दाङ राज्यको स्थापना गरेका थिए।

वि.सं. १८४३ मा राजा नवलसिंहको  

राज्यकालमा दाङ नेपालमा गाभिएको थियो।

२१ जहारी १४७५वि.सं. १४७५ मा राजा माधववमले

जहारी (हालको रुकुम र सल्यान)को स्थापना गरेका थिए।

यसको राजधानी कोटजहारी र चौर

जहारीमा थियो । वि.सं. १८४७ मा यो राज्य नेपालमा गाभिएको थियो।

२२ थलारा १५०३१५०३ मा राजा शक्तिसिंहले थलहारा

राज्यको स्थापना गरेका थिए ।

वि.सं. १८४६ मा गजेन्द्रसिंहको  

राज्यकालमा थलहारा (हालको बझाङ जिल्ला)मा गाभिएको थियो।

मध्यकालमा राज्य विस्तार हुँदै गएपछि विभिन्न क्षेत्रमा केन्द्रबाट सोझै प्रशासन चलाउन कठिन पर्ने हुनाले ती क्षेत्रमा प्रशासन सञ्चालन गर्न आफ्ना भाइ, छोरा र भातिजालाई प्रशासक नियुक्त गर्ने परम्परा भएको पाइन्छ।  

उत्तरमध्यकाल (बाइसी, चौबीसी पूर्वका सेनराज्य प्रशासन) []

  1. राजपरिवार = राजा, रानी, राजकुमार (गोसाईं, रौतेल्या, रताला, पुत्लो)
  2. सरदार = सेना र अर्थसमबन्धी विषय हेर्ने अधिकारी
  3. पण्डितवर्ग = राजगुरु, धर्माधिकारी, ज्योतिषी, जोशी, दैवज्ञ, पुरोहित
  4. काजी = मन्त्री (प्रायः राजाका टाढाका अंशियार काजी कहिन्थे।)
  5. रजवार = स्थानीय प्रशासक, राजाभन्दा तल्ला पाँच भन्दा उपरको पद
  6. खजाञ्ची = राजाको खजाना भणडारको तालाचाबी लिई बस्ने
  7. देवान = राजालाई धर्मशास्त्र हेरी पतिया, चान्द्रायण, शुद्धि गर्ने व्यक्ति
  8. पुत्ला वा पुल्ता = तिब्बत भोटतिरको भन्सार अधिकृत
  9. बूढाथापा = स्थानीय भलादमीको नायक र राजाले छानेको मन्त्रीसरह
  10. उमराव = विबिन्न नाकामा निर्मित गढीकिल्लाको नायक
  11. द्वारे, नेव, मुखिया, ताकुलद्वार, मण्डली= ग्राममुख्य, लेखनदास, मुख्य, तैनाथवाला, राज्यभित्रमा राजाको विरुद्ध जाँच्ने र गोप्य प्रतिवेदन सङ्कलक
  12. भण्डारी= कोषागारप्रमुख, नगद, जिन्सी, गहना, खाद्यान्न, जपडाको भण्डारे।
  13. विचारी, सुबेदार, थरघर, दौडाहा = मुद्दा हेर्ने, प्रहरी हेर्ने, सल्लाहकार, ठाडो कार्बाही गर्ने।
  14. कटुवाल, आसेपासे, टीके, जीते, अर्जबेगी, लुमड्या, = राजाज्ञा कार्यान्वयन गर्नेहरू

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. आधारभूत सामान्यज्ञान २०६०, मकालु बुक्स एण्ड स्टेशनर्स
  2. 1 2 3 4 कीर्तिखम्ब पहिलो संस्करण पृष्ठ सङ्ख्या २४- २९ लेखक विश्व के.सी. (पोखरेल)
  3. सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ (पाठ्यक्रम विकास केन्द्र)
  4. इतिहास कक्षा १०, पाठ्यक्रम विकास केन्द्र (पृष्ठ १०- १३) उद्दरण त्रुटी: Invalid parameter "name"राज्यहरू"" in <ref> tag. The supported parameters are: dir, follow, group, name.
  5. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: ३२२-३२३, आइएसबिएन 99933-2-406-X