भाइबर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भाइबर
मूल सम्पादक(हरू)
निर्माणकर्ता (हरू)राकुतेन
मौलिक संस्करणडिसेम्बर २, २०१०; १३ वर्ष पहिले (२०१०-१२-02)
प्रोग्रामिङ भाषा
सञ्चालन प्रणालीबहुप्रणाली
प्रकार
अनुमति पत्रस्वामित्व
अलेक्सा क्रमDecrease १,५४६ (अगस्त २०२०)[१]
वेबसाइटviber.com

राकुतेन भाइबर, सामान्य रूपमा भाइबर, (रोमन: Viber) आइओएस, एन्ड्रोइड, माइक्रोसफ्ट विन्डोज, म्याकओएसलाइनक्समा फ्रिवेयरको रूपमा राकुतेनद्वारा उपलब्ध गराइएको तत्काल सन्देश प्रवाह अनुप्रयोग हो। यसमा प्रयोगकर्ताको दर्ता र पहिचान फोन सञ्जालबाट हुने भएता पनि डेस्कटप प्रयोगकर्ताहरू मोबाइलको प्रयोग नगरी पनि दर्ता हुन सक्छन्।[२] यसका साथै भाइबरमा स्टिकर, तस्वीर तथा भिडियो पठाउन र भाइबर आउटको प्रयोग गरी निश्चित शुल्क सहित अन्तर्राष्ट्रिय सम्पर्क गर्न मिल्छ।[३] सन् २०१८ को तथ्याङ्क अनुसार भाइबरमा १० करोड भन्दा बढी प्रयोगकर्ताहरूको दर्ता भएका थिए।[४][५]

इजरायलमा आधारित भाइबर मिडियाले निर्माण गरेको यस अनुप्रयोगलाई सन् २०१४ मा राकुतेनले अधिग्रहण गरेको थियो। सन् २०१७ देखि राकुतेन भाइबरलाई यसको औपचारिक नाम मानिन थालिएको थियो। यसको प्रमुख कार्यालय लक्जेम्बर्गमा अवस्थित छ।[६] यसका अन्य कार्यालयहरू आम्स्टर्डम, बार्सिलोना, ब्रेस्ट, किभ, लन्डन, मनिला, मिन्स्क, मस्को, पेरिस, सान फ्रान्सिस्को, सिङ्गापुर, सोफिया, तेल अभिभटोकियोमा अवस्थित छन्।[७][८]

इतिहास[सम्पादन गर्नुहोस्]

भाइबरको प्रतीक चिन्ह (सन् २०१७ - सन् २०१८)

स्थापना[सम्पादन गर्नुहोस्]

इजरायल रक्षा बलमा प्रमुख सूचना अधिकारी हुँदा देखिका साथी रहेका तामलन मार्कोइगोर मागजिन्निकले सन् २०१० मा इजरायलको तेल अभिभमा भाइबर मिडियाको स्थापना गरेका थिए।[९][१०] मार्को र म्यगजिन्निक आइमेशका सहसंस्थापक पनि थिए ।[११] इजरायलबाट सञ्चालित यस कम्पनीको श्रम लागत घटाउन बेलारुसमा विकास र साइप्रसमा दर्ता गरिएको थियो।[१०] छिटै सानी मरोली र ओफर स्मोचा पनि कम्पनीको भाग भए ।[१२][१३][१४][१५][१६][१७] मार्कोले भाइबरमा स्काइपमा जस्तो दर्ता गर्दा पासवर्ड नचाहिने हुनाले अन्य प्रयोगकर्ताहरूसँग सजिलै रूपमा सम्पर्क गर्न सकिने र स्वचालित डाटा समीकरण हुने बताएका थिए।[१८]

मुद्रीकरण[सम्पादन गर्नुहोस्]

सार्वजनिक रूपमा उपलब्ध भएको २ वर्ष पछि सन् २०१३ मा भाइबर आउट र भाइबर स्टिकर बजारको उपलब्धि पछि भाइबरले राजस्व कमाउन थालेको थियो। त्यो भन्दा पहिले, मार्कोले भने अनुसार, उनका साथी र परिवारले यसमा करिब $२ करोड लगानी गरेका थिए।[१९] मे २०१३ मा भाइबरमा १२० कर्मचारीहरू कार्यरत थिए।[२०]

जुलाई २४, २०१३ मा भाइबरको समर्थन प्रणाली (अरबी: الجيش السوري الإلكتروني‎‎) (उच्चारण=अलजिश अलसुरी अलइलुक्त्रुनी)(अनुवादित शीर्षक:सिरियाली विद्युतीय सेना)द्वारा विकृत गरिएको थियो तर प्रयोगकर्ताका गोपनीय सूचना र जानकारीहरू भने सुरक्षित नै रहेको खुलासा गरिएको थियो।[२१]

अधिग्रहण[सम्पादन गर्नुहोस्]

फेब्रुअरी १३, २०१४ मा राकुतेनले भाइबर मिडियालाई $९० करोडमा अधिग्रहण गरेको घोषणा गरेको थियो।[२२][२३] भाइबरमा ५५.२% भाग धितो राखेका शाब्ताई परिवारले यस अधिग्रहणबाट $५० करोडको नाफा कमाए ।[२४][२५] यो मूल्यमा भाइबरका संस्थापकहरूले आफ्नो लगानी भन्दा करिब ३० गुना बढी सम्पत्ति फिर्ता पाएका थिए।[१३]

सन् २०१५ मा सहसंस्थापक मार्कोले कम्पनी छोडेपछि फेब्रुअरी २०१७ मा जामेल आगेवाले उनलाई भाइबर मिडियाको प्रमुख कार्यकारी अधिकृतको पदबाट प्रतिस्थापित गरेका थिए।[२६]

जुलाई २०१७ मा भाइबर मिडियाको औपचारिक नाम राकुतेन भाइबरमा परिवर्तन गरी नयाँ शाब्दिक रूपमा प्रतीकको परिचय गराइएको थियो।[२७] लक्जेम्बर्गमा भने भाइबर मिडियालाई नै यसको औपचारिक नाम मानिन्छ।

सन् २०१७ मा राकुटेनले एफसी बार्सिलोनासँग साझेदारी गरे देखि भाइबर उक्त फुटबल क्लबको आधिकारिक सञ्चार मध्यम बनेको थियो।[२८][२९]

बजार साझेदारी[सम्पादन गर्नुहोस्]

डिसेम्बर २०१६ मा भाइबरमा ८० करोड प्रयोगकर्ताहरू दर्ता भएका थिए।[३०] स्टटिस्टा अनुसार जनवरी २०१९ मा २६ करोड मासिक सक्रिय प्रयोगकर्ता छन्।[३१] भाइबर मेसेन्जर मुख्यतः पूर्व युरोप, रुस, मध्य पूर्वएसियामा बढी प्रयोग गरिन्छ।[३२]

डिसेम्बर २०१४ को तथ्याङ्क अनुसार ३ करोड भन्दा बढी प्रयोगकर्ता दर्ता भएको भारत भाइबरको सबै भन्दा महत्त्वपूर्ण र ठूलो बजार थियो। त्यही समयमा संयुक्त राज्य अमेरिकामा ३ करोड प्रयोगकर्ता, रुसमा झन्डै ३ करोड प्रयोगकर्ता र ब्राजिलमा झन्डै २ करोड प्रयोगकर्ताहरूको दर्ता गरिएको थियो।[३३] सन् २०१६ को तथ्याङ्क अनुसार बेलारुस, मोल्दोभायुक्रेनमा सबै भन्दा बढी डाउनलोड गरिएको अनुप्रयोगको रूपमा भाइबर पूर्वी युरोपमा पनि प्रसिद्ध छ। यो अनुप्रयोग इराक, लिबियानेपालमा पनि प्रख्यात छ।[३४] सन् २०१८ मा भाइबर मध्य र पूर्वी युरोपमा खरिद भएका ७०% फोनमा डाउनलोड (अभिभारण) गरिएको थियो भने उत्तर अमेरिकामा खरिद भएका केवल १५% फोनमा डाउनलोड (अभिभारण) गरिएको थियो।[३५]

उपयोगिता[सम्पादन गर्नुहोस्]

सञ्चालन प्रणाली[सम्पादन गर्नुहोस्]

डिसेम्बर २, २०१० मा स्काइपको प्रत्यक्ष प्रतिस्पर्धीको रूपमा भाइबरलाई आइफोनको लागि सार्वजनिक गरिएको थियो। जुलाई १९, २०१२ मा यसलाई एन्ड्रोइडमा उपलब्ध गराइएको थियो। मे ८, २०१२ मा ब्ल्याकबेरीविन्डोज फोनमा पनि भाइबर उपलब्ध भएको थियो।[३६] जुलाई २४, २०१२ मा ९ करोड प्रयोगकर्ताहरू दर्ता भएको बेला भाइबरलाई नोकियाको सिरिज ४०, सिम्बियनसामसङको बडा प्रणालीमा पनि उपलब्ध गराइएको थियो।[३७][३८]

मे २०१३ मा भाइबर ३.० को साथमा विन्डोजम्याकओएसका लागि पनि भाइबर सार्वजनिक भएको थियो।[३९] अगस्ट २०१३ मा लाइनक्सको लागि भाइबरको सार्वजनिक बेटा निकालिएको थियो र अगस्ट २०१४ मा तयारी संस्करण उपलब्ध गराइएको थियो।[४०][४१] जुन २०१६ मा विन्डोज १० को लागि भाइबरको डेस्कटप अनुप्रयोग माइक्रोसफ्ट स्टोरमा सार्वजनिक गरिएको थियो।[४२] डेस्कटप अनुप्रयोग चलाउन फोन नम्बरको प्रयोग गर्नुपर्ने भए पनि पछि भने स्वतन्त्र रूपमा प्रयोग गर्न मिल्ने सुविधा यसमा थप गरिएको थियो।[४३] सन् २०१५ मा आइप्याडएप्पल वाचमा चल्ने भाइबर निकालिएको थियो।[४४][४५]

सुविधा[सम्पादन गर्नुहोस्]

भाइबरलाई सुरुमा इन्टरनेट सौजन्य विधिमा आवाज स्थानान्तरण सेवामा काम गर्ने अनुप्रयोगको रूपमा सार्वजनिक गराइएको थियो। मार्च ३१, २०११ मा तत्काल सन्देश प्रवाह प्रणाली जोडिएको भाइबर २.० उपलब्ध भएको थियो।[४६] जुलाई २०१२ मा दुबै एन्ड्रोइड र आइओएस संस्करणमा सामूहिक सन्देश प्रवाह र वाइडब्यान्ड अडियो थपिएको थियो।[४७]

डिसेम्बर २०१२ मा भाइबरमा स्टिकर राख्ने सुविधा थपिएको थियो। अक्टोबर २०१३ मा भाइबरले शुल्क तिर्नुपर्ने स्टिकर बजारको घोषणा गरेको थियो।[४८] भाइबर ४.० को साथमा शुल्क तिरेर भाइबरमा दर्ता नभएका प्रयोगकर्ताहरूले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्ना प्रियजनलाई सम्पर्क गर्न सकिने भाइबर आउट निकालिएको थियो।[४९] हैयान चक्रवातमा परेका व्यक्तिहरूलाई आफ्ना प्रियजनसँग सम्पर्क गराउन फिलिपिन्समा भाइबर आउट केही समयको लागि नि:शुल्क भएको थियो।[५०]

अप्रिल २, २०१३ मा विन्डोज फोन ८ मा आधिकारिक रूपमा आवाज समर्थन थपिएको थियो।[५१] सेप्टेम्बर २०१५ मा भाइबर ५.० को साथमा भिडियो कलको सुविधा प्रदान गरिएको थियो।[५२]

नोभेम्बर २०१६ मा भाइबर ६.५ को साथमा व्यापार र व्यवसायको प्रचार प्रसार गर्ने उद्देश्यले सार्वजनिक खाताको सुविधा थपिएको थियो। यसका लागि द हफिङटन पोस्ट, यान्दिक्सद वेदर च्यानलसँग साझेदारी गरिएको थियो।[३०][५३] यो अनुप्रयोगले ग्राहक सम्बन्ध प्रबन्धनच्याटबटको प्रयोग गरी व्यापार व्यवसायको प्रचार गर्दछ।[३०] फेब्रुअरी २०१८ मा सामूहिक सन्देश प्रवाह प्रणालीमा थप सुविधा हाली भाइबर समुदायको परिचय दिइएको थियो।[५४]

फेब्रुअरी २०१९ मा भाइबर १० सँगै सामूहिक कलको सुविधा थपिएको थियो।[५५]

सुरक्षा[सम्पादन गर्नुहोस्]

नोभेम्बर ४, २०१४ मा इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेशनले भाइबरले "सुरक्षित सन्देश प्रप्ताङ्क" वर्गमा ७ मा १ दिएको थियो। भाइबरले परागमनमा गुप्तलेखनको लागि अङ्क पाए पनि अन्त देखि अन्त गुप्तलेखन नभएको हुनाले अङ्क गुमाएको थियो, कोड खुला स्रोत नभएको हुनाले प्रयोगकर्ताले सम्पर्क भएका व्यक्तिको पहिचान राम्ररी थाहा नपाउने र पुराना सन्देशहरू सुरक्षित नहुने समस्या देखा परेको थियो। भाइबरको सुरक्षा योजनाको दस्तावेज नराखेको र स्वतन्त्र सूचना सुरक्षा लेखा परीक्षा नभएको खुलासा भएको थियो।[५६][५७]

अप्रिल १९, २०१६ मा भाइबर ६० मा राकुतेनले आफ्नो सेवामा अन्त देखि अन्त गुप्तलेखनको सुविधा त थप्यो तर यो केवल नयाँ संस्करण चलाउने प्रयोगकर्ताका लागि पनि उपलब्ध थियो।[५८][५९][६०] कम्पनीद्वारा गुप्तलेखन परीक्षाको आन्तरिक लेखा परीक्षण भई छिटै बाह्य लेखा परीक्षण गरिने खुलासा गरिएको थियो।[६१] मे २०१६ मा भाइबरले सिग्नल प्रोटोकलमा प्रयोग हुने अवधारणा प्रयोग गरी सन्देश र सूचना सुरक्षित राखेको प्रमाणित गर्ने अभिलेख सार्वजनिक गरेको थियो।[६२]

प्रायोजन[सम्पादन गर्नुहोस्]

सन् २०१७ मा, रकुतेन भाइबरले फ्रान्सेली फुटबल क्लब ओलाँपिक द मार्सेयसँग चार वर्षको सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौताले समर्थकहरूलाई विशेष अन्तर्वार्ता हेर्न, क्लब नतिजा र घटनाहरूको अनुसरण गर्न र श्रव्य वार्तामा भाग लिन अनुमति दिएको थियो। [६३] भाइबरको मालिक राकुतेन समूहले बार्सिलोना र अमेरिकी एनबिएको बास्केटबल टोली गोल्डेन स्टेट वारियर्स लगायतका अन्तर्राष्ट्रिय स्तरका खेलकुद टोलीसँग तेस्रो सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो।[६४]

सन् २०१९ मा, राकुतेन भाइबरले फ्रान्सेली फुटबलको नियामक निकाय लिग द फुतबोल फ्रोफेस्जोनेल (फ्रान्सेली: Ligue de Football Professionnel), (अनुवादित शीर्षक:व्यावसायिक फुटबल लिग) सँग आफ्नो प्रयोगकर्ताको सञ्जाल विस्तार गर्नका लागि सम्झौता गरेको थियो। [६५]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Viber Competitive Analysis, Marketing Mix and Traffic - Alexa" [भाइबरको प्रतिस्पर्धात्मक विश्लेषण, बजारशास्त्र र ट्राफिक - अलेक्सा]। अलेक्सा 
  2. उनुथ, नदीम। "Viber App Review - Free Voice and Video Calls and Messaging" [भाइबर अनुप्रयोग समीक्षा - सित्तो तत्काल सन्देश प्रवाह]। लाइफवायर 
  3. उनुथ, नदीम। "Viber Out Review - How Good Is Viber for Paid Calling?" [भाइबर आउट समीक्षा - शुल्क सहितको सम्पर्कको लागि भाइबर कतिको राम्रो छ ?]। लाइफवायर 
  4. "Viber: number of registered users 2018 - Statistic" [भाइबर: सन् २०१८ मा दर्ता भएका प्रयोगकर्ता - तथ्याङ्क]। स्टटिस्टा 
  5. "About Viber" [भाइबरको बारेमा]। भाइबर 
  6. "Viber DMCA POLICY" [भाइबर डिजिटल सहस्राब्दी प्रतिलिपि अधिकार नीति]। भाइबर। 
  7. "Think Global: Cultivating a Global Team Culture" [विश्वव्यापी सोच: विश्वव्यापी समूह र संस्कृतिको गठन]। भाइबर। मे २९, २०१७। 
  8. "Japanese Viber owners open a research center in Kiev" [जापानी भाइबर कम्पनीद्वारा किभमा नयाँ अनुसन्धान केन्द्रको स्थापना]। इकोनोमिस्ना प्राव्डा। फेब्रुअरी ४, २०२०। 
  9. क्याविल, हेनरी (फेब्रुअरी १४, २०१४०), "Six things to know about Viber" [भाइबरको बारेमा थाहा पाउनुपर्ने ६ कुराहरू], फाइन्यान्शियल टाइम्स 
  10. १०.० १०.१ फोरेस्ट, ब्रेट (अगस्ट २३, २०१२), "The Skype Killers of Belarus" [बेलारुसका स्काइप हत्यारा], ब्लूमबर्ग 
  11. "Talmon Marco's profile on LinkedIn" [लिङ्क्डइनमा ट्यालमन मार्को] 
  12. गेलर, जेस्सिका (अक्टोबर १६, २०१६), "Messaging app Viber names Boston its US headquarters" [तत्काल सन्देश प्रवाह अनुप्रयोग भाइबरको अमेरिकी प्रमुख कार्यालय बोस्टनमा], द बोस्टन ग्लोब  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-०८ मिति
  13. १३.० १३.१ गिलाड, अस्सफ (फेब्रुअरी १४, २०१४), "אקזיט ענק: רקוטן היפנית רוכשת את וייבר תמורת כ-900 מיליון דולר" [ठूलो निकास: जापानी राकोटद्वारा $९० करोडमा भाइबरको खरिद], क्यल्कलिस्ट (यहूदीमा)। 
  14. कोरेन, हिल्लेल (फेब्रुअरी १४, २०१४), "Viber sold for $900m" [भाइबरको $९० करोडमा बिक्री], ग्लोब्स 
  15. "Viber DMCA Policy" [भाइबर डिजिटल सहस्राब्दी प्रतिलिपि अधिकार नीति], राकुतेन भाइबर, भाइबर मिडिया।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-०१ मिति
  16. "Viber Media" [भाइबर मिडिया], फोरस्क्वेर 
  17. ब्लम, ब्रायन (मार्च २४, २०११), "Top 10 iPhone apps from Israel" [इजरायलका १० सर्वोत्कृष्ट आइफोन अनुप्रयोगहरू], इजरायल २१ सी 
  18. "Viber For iPhone Aims To Rival Skype's App, Is Amazingly Amazing" [आइफोनको लागि निकालिएको भाइबर, जसले स्काइपलाई पुनर्स्थापना गर्ने उद्देश्य राखेको छ, अत्यन्तै आश्चर्यजनक छ], टेकक्रन्च [dead link]
  19. गार्साइड, जुलिएट (अगस्ट ३०, २०१३), "Viber founder: 'People should be concerned about privacy'" [भाइबरका संस्थापक: 'मानिसहरू आफ्नो गोपनीयताबारे चिन्तित हुनुपर्छ'], द गार्डियन 
  20. ओल्सन, पार्मी (मे ७, २०१३), "Free-Calling App Viber Jumps To Desktop, Hits 200 Million Users" [खुला स्रोत अनुप्रयोग भाइबर अब डेस्कटपमा उपलब्धिले प्रयोगकर्ताको सङ्ख्या २० करोड], फोर्ब्स 
  21. क्रुक, जोर्डन (जुलाई २३, २०१३), "Viber Attacked By Syrian Electronic Army" [सिरियन इलेक्ट्रोनिक आर्मीद्वारा भाइबर आक्रमित], टेकक्रन्च 
  22. "Japanese Internet Giant Rakuten Acquires Viber For $900M" [जापानी इन्टरनेट कम्पनी राकुटेनद्वारा भाइबरको $९० करोडमा अदिग्रहण], टेकक्रन्च, फेब्रुअरी १३, २०१४। 
  23. "Rakuten Acquires Viber for $900 million" [राकुटेनद्वारा भाइबरको $९० करोडमा अधिग्रहण], फेब्रुअरी १४, २०१४। 
  24. "בני שבתאי את הונו מעבודה בקזינו בסווזילנדהעצום - כל הדרךכוכב שבתאי: כך בנה איש העסקים" [शाब्ताईका तारा: व्यापारी बेनी शाब्ताईले कसरी आफ्नो धनसम्पत्ति सङ्कलन गरे], फोर्ब्स (यहूदीमा), जून ६, २०१४।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२९ मिति
  25. "Most of Viber's owners are based abroad including the Shabtais with a 55.2% stake" [५५.२% हिस्सा राखेका बेनी शाब्ताई लगायत भाइबरका धेरैजसो हिस्सेदार र मालिक विदेशमा आधारित], ग्लोब्स, फेब्रुअरी १६, २०१४। 
  26. सयर्ज, पौल (फेब्रुअरी २, २०१७), "Viber appoints former AdTech chief to lead the company after more than a year without a CEO" [एक वर्ष भन्दा बढी प्रमुख कार्यकारी अधिकृत नभएको भाइबरद्वारा उक्त पदमा भूतपूर्व एडटेक प्रमुखको चुनाव], भेन्चर बीट 
  27. सयर्ज, पौल (जुलाई २०, २०१७), "Viber acquires Chatter Commerce, maker of mobile shopping keyboard ShopChat" [भाइबरद्वारा शपच्याट निर्माता च्याटर कमर्सको अधिग्रहण], भेन्चर बीट 
  28. "Viber is FC Barcelona's Official Communication Channel" [भाइबर एफसी बार्सिलोनाको आधिकारिक सञ्चार मध्यम बनेको छ], भाइबर, जुलाई ११, २०१७। 
  29. "Barcelona launch Viber-backed Camp Nou digital engagement platform - SportsPro Media" [भाइबरको साझेदारीमा बार्सिलोनाद्वारा डिजिटल सहभागिता मंचको थालनी], स्पोर्ट्स प्रो मिडिया 
  30. ३०.० ३०.१ ३०.२ ल्यान्डेन, इन्ग्रिड, "Viber follows Messenger, launches Public Accounts for businesses and brands" [मेसेन्जरको अनुसरण गर्दै भाइबरद्वारा व्यवसायका लागि सार्वजनिक खाताको परिचय], टेकक्रन्च। 
  31. "Most popular messaging apps 2019" [सन् २०१९ का सबै भन्दा प्रख्यात सन्देश प्रवाह अनुप्रयोगहरू], स्टटिस्टा 
  32. "Viber taking on the global giants" [भाइबर बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धामा], ग्लोब्स (यहूदीमा), नोभेम्बर २७, २०१७। 
  33. नायडू, प्रशान्त (डिसेम्बर १, २०१४), "How India Became The Largest Market For This Instant Messaging VoIP App" [भारत कसरी यो तत्काल सन्देश प्रवाह अनुप्रयोगको सबै भन्दा ठूलो बजार बन्न पुग्यो] 
  34. ओर्पाज, इन्बाल; रूबिन, एलिरन (जून २२, २०१६), "The Israeli Answer to WhatsApp Is Big in Eastern Europe - and Iraq" [ह्वाट्सएपको लागि इजरायलको जवाफ पूर्वी युरोप र इराकमा प्रख्यात], हारेट्ज 
  35. "Viber is launching Viber Communities, group chats for up to 1B users" [१ बी प्रयोगकर्ताका लागि भाइबरद्वारा भाइबर समुदायको परिचय] [dead link]
  36. "Viber for BlackBerry and Windows Phone 7 Now Available" [ब्ल्याकबेरी र विन्डोज फोन ७ मा अब भाइबर उपलब्ध], टाइम्स कोलोनिस्ट, बिजनेस वायर, मूलबाट मे १२, २०१२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-१२ मिति
  37. "Nokia Store: Download Viber and many other games, wallpaper, ringtones and mobile apps on your Nokia phone" [नोकिया स्टोर: आफ्नो नोकिया फोनमा भाइबर लगायत अन्य मोबाइल अनुप्रयोग भर्नुहोस्], स्टोर ओवी। 
  38. "Viber for Bada - Free messages on Samsung Bada" [बडाको लागि भाइबर - सामसङ बडामा नि:शुल्क सन्देश प्रवाह], भाइबर, मूलबाट मे ३०, २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-३० मिति
  39. "Viber announces new desktop app, revamps Android and iOS versions" [भाइबरद्वारा नयाँ डेस्कटप अनुप्रयोगको घोषणा, एन्ड्रोइड र आइओएस संस्करणमा दृश्य परिवर्तन] 
  40. "Popular mobile IM/VoIP app 'Viber' available for Linux" [प्रख्यात तत्काल सन्देश प्रवाह अनुप्रयोग 'भाइबर' लाइनक्समा उपलब्ध], वेब युपीडी ८, अगस्ट २६, २०१३। 
  41. "Viber 4.2 Finally Released For Linux" [लाइनक्समा अन्ततः भाइबर ४.२ उपलब्ध], फोरोनिक्स 
  42. "Viber for Windows 10 - Beta No Longer - Viber" [विन्डोज १० मा भाइबर], जुलाई १९, २०१६। 
  43. पियर्स, निक, "Viber for Desktop 10.4.0.54 - Software Downloads" [डेस्कटपको लागि भाइबर - सफ्टवेयर डाउनलोड], टेकवर्ल्ड 
  44. हस्लम, अलिभर (जून ३०, २०१६), "Viber App Launches On iPad, Download It From Here" [आइप्याडको लागि भाइबरको उपलब्धि, यहाँ डाउनलोड गर्नुहोस्], रीडमन्ड पाइ 
  45. रहमान, जायेद (अक्टोबर २८, २०१५), "Viber App For Apple Watch Released" [एप्पल वाचको लागि भाइबरको उपलब्धि], रीडमन्ड पाइ 
  46. "Skype Challenger Releases Viber 2.0: Free Text Messages And More" [स्काइपको प्रतिस्पर्धीद्वारा भाइबर २.० को निर्माण - नि:शुल्क तत्काल सन्देश प्रवाह र थप सुविधा] [dead link]
  47. कूपर, ड्यानियल (सेप्टेम्बर ११, २०१२), "Viber comes to Symbian, S40 and Bada, adds HD voice calling and group messaging to Nokia Lumia handsets" [सिम्बियन, एस ४० र बडामा उपलब्ध भाइबरमा वाइडब्यान्ड अडियो र सामूहिक सन्देश प्रवाह], एनग्याजेट 
  48. रस्सल, जोन (अक्टोबर १, २०१३), "Viber Begins Selling Stickers" [भाइबरद्वारा स्टिकर बिक्रीको सुरुवात] 
  49. जिब्रेग, क्रिस्चियन (नोभेम्बर १२, २०१३), "Viber 4.0 arrives with push-to-talk, Viber Out, Sticker Market, tweaks and more" [भाइबर ४.० साथै भाइबर आउट, स्टिकर बजार र अन्य सामान्य परिवर्तन], आइडाउनलोड ब्लग। 
  50. जुनियर, भिक्टर बरेरो, "Viber expands free call service for PH Haiyan relief" [फिलिपिन्स चक्रवातको बेला भाइबर आउट नि:शुल्क], र्याप्लर 
  51. "WP8 Users Rejoice! Viber With Voice For Windows Phone 8 Has Been Released" [विन्डोज फोन ८ मा भोइस सपोर्टको थप] 
  52. "Viber Version 5.0 for Android and iOS, Version 4.3 for Desktop, and Version 3.2 for Windows 8 Launch" [एन्ड्रोइड र आइओएसमा भाइबर ५.०, डेस्कटपमा भाइबर ४.३ र विन्डोज ८ मा भाइबर ३.२ को उपलब्धि], ट्रूटावर। 
  53. "Viber introduces Public Accounts: A new way to reach brands" [भाइबरद्वारा सार्वजनिक खाताको सुविधा: व्यापार व्यवसायसँग सम्पर्क गर्ने नयाँ तरिका], राकुटेन टूडे, डिसेम्बर ७, २०१६। 
  54. "Introducing Viber Communities" [भाइबर समुदायको परिचय], भाइबर, फेब्रुअरी २७, २०१८। 
  55. डे लूपर, क्रिस्चियन (फेबुअरी ४, २०१९), "Viber is Finally Getting Group Calling and a Slick New Design" [भाइबरमा अन्ततः सामूहिक कल र नयाँ डिजाइन], डिजिटल ट्रेन्ड्स। 
  56. "Secure Messaging Scorecard. Which apps and tools actually keep your messages safe?" [सुरक्षित सन्देश प्रप्ताङ्क । कुन कुन अनुप्रयोगले तपाईँको सन्देश र जानकारी सुरक्षित राख्छ ?], इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेशन, नोभेम्बर ४, २०१४। 
  57. "Only 6 Messaging Apps Are Truly Secure" [केवल ६ तत्काल सन्देश प्रवाह अनुप्रयोगहरू सही ढङ्गले सुरक्षित छन्], पिसी म्यागजिन, नोभेम्बर ५, २०१४। 
  58. "The Best Encrypted Messaging Apps You Should Use Today [Updated]" [तपाईँले आज चलाउनुपर्ने सर्वोत्कृष्ट गुप्तलिखित तत्काल सन्देश प्रवाह अनुप्रयोगहरू], जून २१, २०१८। 
  59. ल्यान्डेन, इन्ग्रिड (अप्रिल १९, २०१६), "Viber adds end-to-end encryption and hidden chats as the messaging app privacy wave grows" [तत्काल सन्देश प्रवाह अनुप्रयोगमा सुरक्षा र गोपनीयताको प्रश्न उठेपछि भाइबरमा अन्त देखि अन्त गुप्तलेखनको प्रयोग], टेकक्रन्च, एओएल इङ्क। 
  60. भाइबर मिडिया, "Viber Security FAQ" [भाइबर सुरक्षाका प्रायः सोधिने प्रश्नहरू], भाइबर सपोर्ट  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-३० मिति
  61. मेयर, डेभिड (अप्रिल १९, २०१६), "Another Big Messaging App Joins the End-to-End Encryption Party" [अन्त देखि अन्त गुप्तलेखनको प्रयोग गर्ने अर्को प्रख्यात कम्पनी], फोर्चुन, टाइम। 
  62. "Viber Encryption Overview" [भाइबर गुप्तलेखन अवलोकन], भाइबर, मे ३, २०१६, मूलबाट जुलाई ११, २०१६-मा सङ्ग्रहित। 
  63. "L'OM signe un accord avec la messagerie Rakuten Viber"laprovence.com। सङ्ग्रह मिति २१ अप्रिल २०१८ 
  64. Romain Rigaud। "OM : un partenariat avec Rakuten Viber"maxifoot.fr। सङ्ग्रह मिति १ जनवरी २०१९ 
  65. "Rakuten Viber, nouveau partenaire de l'e-LIGUE1"lfp। १ जनवरी २०१९। 

बाह्य कडी[सम्पादन गर्नुहोस्]