मदन भण्डारी राजमार्ग
मदन भण्डारी राजमार्ग (चुलाचुली चुरे राजमार्ग) निर्माणाधीन राष्ट्रिय राजमार्ग परियोजना हो। यो राजमार्ग नेपालको पूर्वी सीमा (मेची नदी) देखि चुरेभावर तथा भित्री मधेश छिचोल्दै पश्चिमी सिमा (महाकाली नदी) सम्म करिव १२ सय किलोमीटर लामो हुनेछ।[१] [२]
राजमार्ग झापा बाहुण्डाँगीबाट सुरू भै शान्तिनगर, चुलाचुली, धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौँडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा हुँदै रुपालसम्म पुग्ने छ।[१] [२] [३]
यो राजमार्ग २०७५ जेठ ६ गते नेपाल सरकारले स्वीकृत गरेको थियो। जस अनुसार आ.ब. २०७५/७६ को बजेटमा समेत यस परियोजनाका लागि ४ अर्ब ५० करोड रूपैयाँ रकम विनियोजन गरिएको छ। [२] [४]
हाल राजमार्गको धरान देखि हेटौँडा सम्मको करिव ३०० कि.मी. खण्ड निर्माण भैरहेको छ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "१२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग बनाउने सरकारको निर्णय", कान्तिपुर दैनिक, कान्तिपुर प्रकाशन, ६ जेठ २०७५, अन्तिम पहुँच ८ जुन २०१८।
- ↑ २.० २.१ २.२ २.३ [arthiknews.com/2018/05/29/मदन-भण्डारी-राजमार्ग-सरक/ "सरकारको प्राथमिकतामा मदन भण्डारी राजमार्ग"]
|url=
योजना जाँच गर्ने (सहायता), आर्थिक न्यूज, arthiknews, १५ जेठ २०७५, अन्तिम पहुँच ८ जुन २०१८। - ↑ "मदन भण्डारी राजमार्ग स्वीकृत, प्रदेश नम्बर २ का मुख्य मन्त्री राउतको अमेरिका भ्रमण अस्वीकार", डिसी नेपाल, ७ जेठ २०७५, अन्तिम पहुँच ८ जुन २०१८।
- ↑ "मदन भण्डारी राजमार्गको लागि चार अर्ब ५० करोडको बजेट", थाहा खबर, १५ जेठ २०७५, अन्तिम पहुँच ८ जुन २०१८।