रवीन्द्र समीर
डा. रवीन्द्र समीर | |
---|---|
समीर | |
जन्म | रवीन्द्र पाण्डे वि.सं. २०३० जेठ २५ धुर्कोट, गुल्मी नेपाल |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
शिक्षा | स्नातकोत्तर (चिकित्साशास्त्र) |
पेशा | लेखन, चिकित्सक, समाजसेवा |
चिनारीको कारण | लघुकथा, उपन्यास, चिकित्सा |
उल्लेखनीय कार्य | अर्जुनदृष्टि, भूकम्पमा मल्हमपट्टी, अणु र पहाड, ईश्वरका कथा, एकलव्य दृष्टि, मृत्युको आयु, कोरोनातन्त्र, पैसाको उडान लगायत १४ वटा पुस्तक |
तरिका | लघुकथा |
गृहनगर | गुल्मी |
जीवनसाथी | दीपा भण्डारी |
सन्तान | सुप्रिया पाण्डे र सुप्रिम पाण्डे |
मातापिता | तेजनारायण पाण्डे र विमला पाण्डे |
साहित्य सिर्जना, चिकित्साकर्म तथा सामाजिक कार्यलाई सँगसँगै अघि बढाइरहेका सशक्त लघुकथाकारको नाम हो रवीन्द्र समीर। नेपाली साहित्यमा लघुकथा विधालाई मुख्य विधाको रूपमा स्थापित गर्न र यही विधाबाट पनि अब्बल साहित्यकारको पहिचान बनाउन सकिन्छ भन्ने मान्यताका साथ करिब तीनदशकदेखि अटुटरूपमा लागिपरेका समीरको पहिलो लघुकथा सङ्ग्रह हो, तेस्रो आँखा[१]। विक्रमसम्वत् २०५३ सालमा तेस्रो आँखा प्रकाशित भएको उनका ८ वटा लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन्। लघुकथाका अतिरिक्त उनको कलम मुक्तक, नियात्रा, संस्मरण लेखनतर्फ पनि उत्तिकै चलेको पाइन्छ। हालसालै मृत्युको आयु (२०७५) प्रकाशित गरेर उनी आफूलाई उपन्यास विधामा पनि अब्बल प्रमाणित गर्न लागिपरेका छन्। डा.रवीन्द्र समीर नेपाली साहित्यमा नेपाली लघुकथा क्षेत्रका अगुवा लघुकथाकार हुन्। विन्दुमा सिन्धू र गागरमा सागरजस्तै लाग्ने उनका लघुकथाहरू बृहत् जीवनको चित्रण गर्न सफल लघुकथा हुन्।
जनस्वास्थविज्ञ[२] का रूपमा परिचित रवीन्द्र पाण्डेय उनको वास्तविक नाम हो। वि.सं. २०३० साल जेठ १४ गते पिता तेजनारायण पाण्डे तथा माता विमला पाण्डेको कोखबाट गुल्मी जिल्लाको धुर्कोटमा जन्मिएका समीरले वि. सं. २०५४ सालमा आयोजित प्रथम राष्ट्रव्यापी खुल्ला लघुकथा प्रतियोगितामा प्रथम स्थान हासिल गरेर सबैको ध्यान खिच्न सफल भएका थिए। उनको लेखन, चिकित्सककर्म तथा सामाजिक कार्यका लागि महेन्द्र विद्याभूषण पदक, नेपाल विद्याभूषण पदक, पद्म श्री पुरस्कार[३], युवा वर्ष मोती पुरस्कार[४], उत्तमशान्ति पुरस्कार[५], नइ पुरस्कार[६], अनेसास उत्कृष्ठ पुरस्कारलगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार, विभूषण तथा सम्मान प्राप्त गरिसकेका छन्।
लालुप्रसाद एक वर्षको तलब बोकेर घर फर्किन लाग्यो। बाटोमा जङ्गल भएकोले उसलाई निकै डर लाग्यो। उसलाई डर त लाग्यो तर के को डर? कसको डर? ऊ आफैभित्र अनुत्तरित भयो। बाघ सम्झ्यो, भालु सम्झ्यो, सर्प सम्झ्यो, हात्ती सम्झ्यो.......उसलाई पटक्कै डर लागेन। राक्षस, मसान, भूत ...........सम्झ्यो–डर लाग्नुको सट्टा झन् हाँसो लाग्यो। डर मान्नुपर्ने जन्तु केलाउँदै जाँदा जब उसले मान्छे सम्झ्यो–उसको आङ सिरिङ्ग भयो, नौनारी गले। |
-रवीन्द्र समीर |
बाल्यकाल
[सम्पादन गर्नुहोस्]रवीन्द्र समीरको जन्म गुल्मी जिल्लाको धुर्कोटमा निम्नमध्यम वर्गीय परिवारमा भएको हो। उनको बुबा गाउँकै स्कुलमा शिक्षक थिए भने आमा खेतीपातीको काम गर्दथे। जेठो सन्तानको रूपमा जन्मिएको उनको भाइ देवेन्द्र पाण्डे अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत् छन् भने उनका दुई बहिनीहरू छन्।
शिक्षादीक्षा
[सम्पादन गर्नुहोस्]रवीन्द्रको प्राथमिक शिक्षा गाउँकै हिमालय प्रा. वि. हटिया, धुर्कोट गुल्मीमा भयो। पाँच कक्षासम्म सोही विद्यालयमा अध्ययन गरेपछि उनी बस्तु, धुर्कोट, गुल्मीको हिमालय मा. वि. मा भर्ना भए। पढ्नमा अब्बल उनले वि.सं. २०४६ मा प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे। त्यसपछि उनी उच्च शिक्षा अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानमा भर्ना भए। उनले चिकित्साशास्त्रमा प्रमाणपत्र र स्नातकतह विशिष्ट श्रेणीमा प्रथम भएर उत्तीर्ण गरे। उनी बङ्गलादेशको नर्दन युनिभर्सिटीबाट जनस्वास्थ्यमा स्नातकोत्तर पनि प्रथम स्थान हासिल गरेरै उत्तीर्ण भए। यसका अतिरिक्त उनले भारतबाट डक्टर अफ मेडिसिन, चीन, भारत र अमेरिकाबाट पोष्ट ग्याजुएट डिप्लोमा पुरा गरेका छन्।
पारिवारिक जीवन
[सम्पादन गर्नुहोस्]साहित्यिक, चिकित्साक्षेत्र तथा सामाजिकक्षेत्रमा जस्तै उनको पारिवारिक जीवन पनि अत्यन्त सफल छ। वि.सं. २०५९ सालमा दीपा भण्डारीसँग वैवाहिक जीवनमा बाँधिएका उनीहरूको वि.सं. २०६१ सालमा छोरी सुप्रिया र वि.सं. २०६३ सालमा छोरा सुप्रिमको जन्म भयो। उनको स्थायी बसोबास काठमाण्डौको छाउनीमा रहेको छ।
साहित्यिक जीवन
[सम्पादन गर्नुहोस्]वि.सं. २०४७ मा मातृभूमि (पत्रिका)मा 'राष्ट्रिय एकता शीर्षक'मा निबन्ध प्रकाशति गरेर साहित्यक्षेत्रमा प्रवेश गरेका उनको लघुकथा, कथा, मुक्तक, गजल, नियात्रा, संस्मरण, जनस्वास्थसम्बन्धी लेखहरू नेपालका सबैजसो पत्रपत्रिकामा प्रकाशित भइसकेका छन्। उनको लेखनको मुख्य विधा लघुकथा भए पनि साहित्यका सबैजसो क्षेत्रमा उनले कलम चलाएको पाइन्छ। उनको लेखनमा व्यङ्ग्यचेत प्रचूरमात्रामा पाइन्छ। समसामायिक विषयवस्तु तथा समाजमा भएको कुरीति, कुसंस्कार, कुप्रथा तथा बेथिति माथि उनका लघुकथा तथा अन्य साहित्यिक लेखहरूमा तीखो तथा चोटिलो प्रहार भएको पाइन्छ। व्यङ्ग्यात्मकता नै उनको लेखनको प्रमुख विशेषता हो। उनको पहिलो कृति तेस्रो आँखा लघुकथा सङ्ग्रहका रूपमा वि.सं. २०५३ सालमा प्रकाशित भएको हो। हालसम्म उनका आठवटा लघुकथा सङ्ग्रहहरू, एउटा मुक्तक सङ्ग्रह, एउटा नियात्रा सङ्ग्रह, एउटा संस्मरण तथा तीनवटा उपन्यास गरी चौधवटा कृति प्रकाशित भइसकेका छन्। उनका मृत्युको आयु[७] (उपन्यास, २०७५), कोरोनातन्त्र ( उपन्यास, २०७९ ) र पैसाको उडान ( २०८० ) गरेर १४ वटा पुस्तक प्रकाशित छन् ।
कार्यजीवन
[सम्पादन गर्नुहोस्]रवीन्द्र समीरले एसएलसी परीक्षा दिएपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आउनुअघिसम्म केही अवधि नयाँगाउँ मा.वि. गुल्मीको विद्यालयमा अध्यापन कार्य गरे। उनले केही वर्ष स्वास्थकर्मी तथा चिकित्सकका रूपमा विभिन्न जिल्लामा कार्य गरे। हाल उनी जनस्वास्थ परामर्शदाता तथा चिकित्सकका रूपमा कार्यरत् छन्।
सामाजिकजीवन
[सम्पादन गर्नुहोस्]साहित्यिक तथा चिकित्साक्षेत्रमा जस्तै उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्। उनको सामाजिक क्षेत्रतिरको समर्पण २०७२ सालको भूकम्प[८] पछि टड्कारोरूपमा देखिन थाल्यो। त्यतिबेला उनले भूकम्प अतिप्रभावित १० जिल्लाका करिब ६० स्थानमा निशुल्क स्वास्थ शिविर चलाई ९,००० भन्दा बढी बिरामीहरूको प्रत्यक्ष उपचार[९] गरे। भूकम्पपीडितहरूको मनोवल उच्च पार्न विभिन्न कार्यक्रममार्फत् समेत उनले योगदान पुर्याए। भूकम्पपीडित बालबालिकालाई पोषण, लत्ताकपडा, सरसफाइका सामाग्री, विद्यार्थीहरूलाई शैक्षिक सामाग्री तथा राहातसामाग्री वितरण गरे। भूकम्पका यिनै अनुभूतिहरूलाई सङ्ग्रहगरी उनले 'भूकम्पमा मल्हमपट्टी'[१०] (संस्मरण, २०७३) प्रकाशित गरेका छन्। जसका लागि उनी उत्तम शान्ति पुरस्कारबाट पनि पुरस्कृत भइसकेका छन्।
वि.सं. २०७४ मा नेपालको तराईक्षेत्र सप्तरी, महोत्तरी, धनुषालगायत अन्य जिल्लामा आएको बाढीमा उनले विभिन्न गाउँका १५०० भन्दा बढी बाढीपीडित[११] हरूलाई निशुल्क स्वास्थसेवा[१२] तथा राहत सामाग्री वितरण गरे। जाजरकोटका फेलिएको हैजाको महामारी होस् या बारा जिल्लामा आएको टोर्नाडो, देशमा परेको विपतको बेला सधैँ सक्रिय हुन्छन् डा. रवीन्द्र समीर। यस्तै सन् २०१८ मा संयुक्त अरब इमिरेट्स, बहराइन र ओमानका दर्जनौँ श्रम शिविरहरूमा नेपाली श्रमिकहरूलाई स्वास्थ्य रक्षा तथा रोगको रोकथामका लागि प्रशिक्षण[१३] दिन पनि उनी पुगेका छन्।
प्रकाशित कृतिहरू
[सम्पादन गर्नुहोस्]- तेस्रो आँखा (लघुकथा, वि.सं., २०५३)
- पोस्टमार्टम (लघुकथा, वि.सं., २०६२)
- विकिरण (लघुकथा, वि.सं., २०६३)
- ईश्वरका कथा[१४] (लघुकथा, वि.सं., २०६५)
- अर्जुनदृष्टि[१५] (लघुकथा, वि.सं., २०६७)
- अणु र पहाड[१६] (लघुकथा, वि.सं.. २०६९)
- व्यङ्ग्यं शरणं गच्छामि (लघुकथा, वि.सं., २०७०)
- एकलव्य दृष्टि[१७][१८](लघुकथा, वि.सं., २०७१)
- चाँदीको घेरा (मुक्तक सङ्ग्रह, वि.सं., २०६२)
- ग्रेटवालको ग्रेट अनुभूति[१९] (नियात्रा सङ्ग्रह, वि.सं., २०६६)
- भूकम्पमा मल्हमपट्टी[२०] (संस्मरण, वि.सं.,२०७३)
- मृत्युको आयु (उपन्यास, वि.सं.,२०७५)[२१]
- कोरोनातन्त्र ( सूत्र उपन्यास, वि.सं. २०७९ )
- पैसाको उडान ( उपन्यास, वि.सं. २०८० )
पुरस्कार तथा सम्मानहरू
[सम्पादन गर्नुहोस्]- प्रथम पुरस्कार, प्रथम राष्ट्रव्यापी खुल्ला लघुकथा प्रतियोगिता वि.सं. २०५४
- स्वर्णपदक, त्रिभुवन विश्वविद्यालय, वि.सं. २०५९ (चिकित्साशात्र अध्ययन संस्थान, त्रिवि )
- ज्ञानचन्द्र बरमन गोल्ड मेडल, वि.सं. २०६०
- महेन्द्र विद्याभूषण पदक, वि.सं. २०६१ (तत्कालिन त्रिविविका कुलपति राजा ज्ञानेन्द्र शाहबाट)
- नेपाल विद्याभूषण पदक, वि.सं. २०६५ (गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादबबाट)
- रमेश विकल साहित्य प्रतिष्ठानद्वारा सम्मान, वि.सं. २०६६
- प्रथम पुरस्कार, अतिउत्कृष्ट कथाकार, अन्तर्राष्ट्रिय लघुकथा महोत्सव, वि. सं. २०६६
- नइ पुरस्कार, वि.सं. २०६७
- प्रथम पुरस्कार, निबन्ध प्रतियोगिता. सन् २००७, बङ्गलादेश
- नेपाल नवप्रतिभा पुरस्कार, वि.सं. २०६७
- उपकुलपति स्वर्णपदक, सन् २००९, बङ्गलादेश
- युवावर्ष मोती पुरस्कार, वि. सं. २०६७
- सम्मान, शिष्ट्राचार अभियान नेपाल, वि.सं. २०७३
- साताको साहित्य पुरस्कार[२२], सन् २०१२ (अस्ट्रेलिया)
- अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, सन् २०११ (अर्जुनदृष्टि लघुकथा सङ्ग्रहको लागि)
- पद्मश्री साहित्य पुरस्कार, वि. सं. २०६७ (अर्जुनदृष्टि लघुकथा सङ्ग्रहको लागि)
- सम्मान, विश्व नेपाली साहित्य महासङ्घ, रूस, सन् २०१३
- उत्तम शान्ति पुरस्कार, वि.सं. २०७३ (भूकम्पमा मल्हमपट्टी)
- एनआरएन जर्मनी साहित्य सम्मान, सन् २०१८, जर्मनी
- एनआरएन युरोप क्षेत्रीय साहित्य सम्मान, सन् २०१८, लक्जेम्बर्ग
- साहित्य तथा परामर्शदाता सम्मान, संयुक्त अरब इमिरेट्स, बहराइन, मस्कट, सन् २०१८
- लघुकथा सम्मान, लघुकथा समाज नेपाल ,२०२२
- जनमत सम्मान, जनमत प्रतिष्ठान, २०२२
- रमेश विकल समाजसेवा सम्मान, रमेश विकल प्रतिष्ठान, २०२३
संलग्नता
[सम्पादन गर्नुहोस्]- लेखन, चिकित्सा तथा जनस्वास्थ्य परामर्शदाता
- सदस्यसचिव[२३] श्री खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान
- मेडिकल डाइरेक्टर: नेपाल आरोग्य केन्द्र, छाउनी
रवीन्द्र समीरका लेख/रचनाका लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- रवीन्द्र समीरको दुई लघुकथा:नर्सहरु र अपजस-स्वास्थखबर डटकम
- लघुकथा:हरिलठ्ठक- साहित्यघर डटकम
- रवीन्द्र समीरका ३ लघुकथा-नेपालदूत डटकम
- मुस्कान (लघुकथा)- क्राइमचेकविक्ली डटव्लकस्पट डटकम
- लघुकथा:अपथ्य-सफलखबर डठकम
- गर्व-मझेरी डटकम
- विवशता-मझेरी डटकम
- दिग्भ्रम-मझेरी डटकम
- (लघुकथा) कामना-मझेरी डटकम
- विसङ्गतिमाथि प्रहार-मझेरी डटकम
- नेपाल कि सेकुवा ?-मझेरी डटकम
- बुबा र बुबाहरु-मझेरी डटकम
- निषेधको राजनीति-मझेरी डटकम
- ढुङ्गाको देवता-मझेरी डटकम
- चुनौतीपूर्ण बन्दैछ, भाइरल इन्फ्लुएन्जा–डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ-हिमालपोष्ट डटकम
- काठमाडौँ बिरामी छ: डा. रवीन्द्र समीर-नेपालएक्सक्लुसिभ डटकम[स्थायी मृत कडी]
- सर्खार! (सरकार हैन) अर्को विपत्तिको के तयारी छ? रवीन्द्र समीर-नेपालहाम्रो डट व्लकस्पोट डटकम
- अपथ्य–रवीन्द्र समीर-नेपालीसाहित्यघर डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२६ मिति
- नेपाल कि सेकुवा?-नेपालपाटी डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-२५ मिति
- खुवाएरै मार्ने भए चिनियाहरूले-हिमालपोष्ट डटकम
- जिज्ञासा/ रवीन्द्र समीर-अनलाइन साहित्य डटकम
- बिश्वकप फुटवल (लघुकथा)–रवीन्द्र समीर-युरोपनेपाली डटकम[स्थायी मृत कडी]
- भाइरल इन्फ्लुएन्जा र बच्ने उपाय : डाक्टर रवीन्द्र समीर-थाहाखबर डटकम
- डा. रवीन्द्र समीरका लघुकथाहरू-जनमञ्च डटकम
- अपथ्य-पल्लव डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०८ मिति
- जाँचफिस ( लघुकथा ) -डा. रवीन्द्र समीर-विआरटीनेपाल डटनेट[स्थायी मृत कडी]
- डाक्टर रबिन्द्र समिरका मुक्तकहरु "चांदीको घेरा" मुक्तक संग्रहबाट- साहित्यश्री व्लगस्पोट डटकम
- स्वास्थ्य : बालबालिकाका लागि जङ्क फुडको विकल्प छ-हिमालपोष्ट डटकम
- स्वास्थ्य : स्तन क्यान्सर – आफ्नो स्तन आफैँ परीक्षण गरौँ-हिमालपोष्ट डटकम
रवीन्द्र समीरका अन्तरवार्ता
[सम्पादन गर्नुहोस्]- It is immense pleasure to be part of sorrow and joys of the motherland: Dr. Rabindra Pandey-नेपालखबर डटकम
- डा रवीन्द्र पाण्डेको अन्तर्वार्ता-फोनिजकोरिया डटनेट
- साहित्यकार रवीन्द्र समीरसँग ५ प्रश्न, २५ उत्तर- हिमालपोष्ट डटकम
रवीन्द्र समीर युट्युवमा
[सम्पादन गर्नुहोस्]- रविन्द्र समीरका चर्चित केही लघुकथाहरू-युट्युव
- पाठक स्रोताको मन भावकु बनाउने डा. रबिन्द समीरको डा. उपेन्द्र देवकोटालाई यस्तो पत्र-युट्युव
- महको म को विमोचनमा रवीन्द्र समीर-४१ मिनेटपछि
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ काठमाडौँ बिरामी छ:डा. रवीन्द्र समीर-नयापत्रिकाडेली डटकम[स्थायी मृत कडी]
- ↑ उपेन्द्र देवकोटालाई डा. रवीन्द्र पाण्डेको पत्र!-हिमालपोष्ट डटकम
- ↑ पद्मश्री साहित्य सम्मान र पद्मश्री साधना सम्मानको घोषणा-समकालीनसाहित्य डटकम
- ↑ डा.रवीन्द्र समीर र देवी नेपाललाई युवावर्ष मोती पुरस्कार-समकालीनसाहित्य डटकम
- ↑ उत्तम शान्ति पुरस्कार समीरलाई- रेडियोनेपाल डटजिओभि वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-२० मिति
- ↑ नेपाल र भारतका छ जनालाई नइ पुरस्कार-समकालीनसाहित्य डटकम
- ↑ मृत्युको आयु तोक्ने डाक्टर-बाह्रखरी डटकम
- ↑ पुरस्कारको रकम भूकम्प पीडितलाई-नयाँविश्व डटकम
- ↑ भूकम्प डायरी-नेपालीहिमाल डटकम
- ↑ जब महिलाले मर्ने औषधि मागिन् !!!-बाह्रखरी डटकम
- ↑ बाढीपीडितसँग डा. रवीन्द्र-न्युजअफ नेपाल डटकम
- ↑ गल्कोट समाज जापानद्वारा बाढी प्रभावित क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर-डिसिनेपाल डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०७ मिति
- ↑ बाँड्दै कलाकार-कान्तिपुरडेली डटकम[स्थायी मृत कडी]
- ↑ ईश्वरका कथा-'एक्काइस'-समकालीनसाहित्रय डटकम
- ↑ समीक्षा:उदाहरणीय लघुकथासङ्ग्रह-साहित्यसङ्ग्रह डटकम
- ↑ समीरको आठौँ-कान्तिपुरडेली डटकम
- ↑ समीर एकलव्य दृष्टि प्रकाशित-अनलाइनखबर डटकम[स्थायी मृत कडी]
- ↑ लघुकथाको मानक कृति:एकलब्य दृष्टि-सेतोपाटी डटकम[स्थायी मृत कडी]
- ↑ ग्रेट अनुभूति-हिमालपोष्ट डटकम[स्थायी मृत कडी]
- ↑ मल्हमपट्टी' बजारमा-पहलोपोष्ट डटकम[स्थायी मृत कडी]
- ↑ ‘मृत्युको आयु’ लिएर आए चिकित्सक साहित्यकार-नेपालदूत डटकम
- ↑ साताको साहित्य पुरस्कार—२०१२-साताको साहित्य डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२३ मिति
- ↑ पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान पराजुली, शर्मा र घिमिरेलाई-हाम्राकुरा डटकम