रूख कटहर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रुख कटहर बाट पठाईएको)
Jump to navigation Jump to search

रूख कटहर
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: रोसालेस
परिवार: मोरासी
वंश: आर्टोकार्पस
लामार्क[१][२]
प्रजाति:
A. heterophyllus
वैज्ञानिक नाम
Artocarpus heterophyllus
लामार्क[१][२]
पर्याय[३][४][५][६]
  • Artocarpus brasiliensis Ortega
  • A. maximus Blanco
  • A. nanca Noronha (nom inval.)
  • A. philippensis Lam.

रुख कटहर विभिन्न ग्रीष्मकालीन फलहरू मध्ये एक महत्त्वपूर्ण फल हो। यो नेपाल बाहेक भारत, म्यानमार, श्रीलङ्का, दक्षिणी चीन, केन्या, युगान्डा, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, ब्राजिल, ग्रीष्म अमेरिका, वेस्ट इन्डिज आदि देशहरूमा खेती गर्ने गरिन्छ।[७][८][९] रुख कटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ जसमा कटहर, रुखकटहर, काँडेफल आदि समावेश छन्। संसारका फलहरू मध्ये सबैभन्दा ठूलो फल कटहरको हो।[१०] यो फल विशेष गरि तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ। यसको गुदी कोया सुगर र भिटामिनहरूको मूख्य स्रोत हो। यसको बीउमा प्रोटिन, कार्बोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ । यसको फलमा भिटामिन ए र सीको साथै अनैकौ खनिज तत्वहरू पाइन्छ।[११] यसको आर्थिक, सांस्कृतिक तथा धार्मिक महत्त्व रहेकोले पनि उपयोगिता बढेको छ। यी सबै विशेषताहरूले हाल देखा पर्ने खाद्यान्न सङ्कटलाई तथा कुपोषण समस्यालाई समाधान गर्न अति उपयोगी सिद्ध भएको छ। यस्को उत्पत्ति भारतको पश्चिमी भेगको वर्षे वनमा भएको मानिन्छ। त्यसपछि भारतको अरु भागमा, दक्षिणी एसिया, फिलिपिन्स, मध्य र पूर्वी अफ्रिकामा फैलिदै ब्राजिलसुरिनाममा प्रसिद्ध भएको छ।[१२]

रूख कटहर सामान्यतया दक्षिण तथा दक्षिणपूर्वी एसियाली परिकारहरूमा प्रयोग गरिन्छ। रूख कटहरलाई पाकाएर र यसको काँचो फललाई तरकारीको रूपमा प्रयोग गरिन्छ। रूख कटहर बङ्गलादेश र श्रीलङ्काको राष्ट्रिय फल हो भने यो भारतको केरलतमिलनाडुको राज्य फल हो। रूख कटहरको उत्पादन ग्रीष्म ऋतुमा हुने गर्दछ भने पाकेपछि कटहरको भित्री गुदीको रङ्ग पहेँलो हुन जान्छ। रूख कटहरलाई आधिकारिक रूपमा बङ्गलादेशको राष्ट्रिय फलको रूपमा निर्धारण गरिएको छ भने यसलाई बङ्गाली समाजमा रूखको भाँडो पनि भनिन्छ। रूख कटहरको काठ मुख्यरूपमा काठका सामग्रीहरू बनाउन प्रयोग गरिन्छ भनेे यस रूखको पात विभिन्न जनावरहरूको मनपर्ने भोजन अन्तर्गत पर्दछ। रूख कटहरको फलको बाहिरी भाग बाक्लो र काँटेदार हुन्छ भने यसको भित्री भागमा कोयाहरू हुने गर्दछन्। रूख कटहरको बीउलाई समेत दक्षिण एसियामा एक परिकारको रूपमा लिएको पाइन्छ।

बानस्पतिक पहिचान[सम्पादन गर्ने]

सन् १६५६ मा लेखक माइकल बोइमले चीनबारे इतिहासको सबैभन्दा पुरानो पुस्तकबाट चित्रण गरिएको रूख कटहरको रूख।

यो ठाडो करीब ३० देखि ७० फिटसम्म अग्लो सदाबहार रुख हो। यसको पात टल्किने, बाक्लो, ९ इन्च सम्म लामो हुने, तथा सम्पूर्ण भागमा लेसिलो सेतो तरल पदार्थ पाइन्छ।[७] दह्रो फूलको मुना रुखको काण्ड र साखाबाट निस्कने, कहिलेकाहीँ पुरानो रुखको माटोभित्र रहेको जराबाट निस्किने गर्दछ। भाले र पोथी फूल छुट्टाछुट्टै निस्किन्छन्। यसको फल सबै फल भन्दा लामो २०–९० सेन्टिमिटरसम्म लामो तथा १५–५० सेन्टिमिटर सम्म चौडाइ भएको हुन्छ। यो सबै रूखहरूको सबैभन्दा ठूलो फल हो र यसको तौल अधिकतम् ५५ केजी (१२० पाउन्ड), लम्बाइ ९० सेन्टिमिटर र व्यास ५० सेन्टिमिटर (२० इन्च) हुन्छ।[१३] यसको बाहिरी भाग नोकिलो काँडेदार बाक्लो तथा कडा रबर जस्तो हल्का पहेँलो तथा सेतो–सेतो बोक्रा हुन्छ। भित्री भाग पहेलो केराको सुगन्ध जस्तो गुदी पातलो रिबन जस्तो भागको बीचमा बोक्राको छेउछाउ तिर खाने फल कोसा कोया पाइन्छ र त्यसको बीचमा चिप्लो अण्डाकार हल्का खैरो रङको, २–४ सेन्टिमिटर लामो र १.२५ –२ सेन्टिमिटर चौडा बीउ हुन्छ। एउटा फलमा १०० देखि ५०० बीउहरू हुन्छ। फलको केन्द्रमा अलि लामो भाग हुन्छ। यो पूर्ण रूपले पाके पछि फल नकाटदै नसहने सडेको प्याज जस्तो गन्ध हुन्छ तर फललाई चिरे पछि कोसाको गन्ध भुइँ कटहर तथा केराको गन्ध जस्तो हुन्छ। यसको बीउ निकालेको ३–४ दिन भन्दा बढी उमार शक्ति हुँदैन। बेर्ना रोपेको १८ महिना देखि २.५ वर्षमा फल लाग्न सुरु हुन्छ।

माटो र हावापानी[सम्पादन गर्ने]

यो आद्र ग्रीष्म रुख भएकोले १५०० मिटर उचाइसम्म राम्रोसँग फस्ट्याउने भएकोले पाइन्छ। यसको लागि आर्द्रता भएको गर्मी तथा गर्मी मौसममा उपयुक्त मानिन्छ। यसको लागि मध्यम किसिमको हिउँद र गर्मी चाहिन्छ। यो तुषारो तथा सुख्खा नसहने रुख हो। ठूलो रुख २७ डिग्री फरेन्हाइटसम्म सहन सक्ने तर नयाँ बोट ३२ डिग्री फरेन्हाइटसम्ममा मरेको पाइएको छ। माटोको पिएच मान ६–८ उपयुक्त हुन्छ। यसको उत्पादनको लागि माटोको गहिराइ भएको दोमट किसिमको पानी नजम्ने तर निकास भएको आवश्यक हुन्छ।[७]

खेती[सम्पादन गर्ने]

यो साधारणतया बीउबाट विस्तार गरिन्छ। ठुलो भइसकेपछि रूखको भित्री भागबाट मरेका हाँगाहरू काट्न कहिलेकाहीँ मात्र आवश्यक हुन्छ।[७] यसबाहेक फल दिने हाँगाहरू अर्को मौसमको लागि बढ्नको लागि हाँगालाई टेढो गरि काट्नुपर्छ। उत्पादकत्व कायम गर्नका लागि प्रत्येक तीन–चार वर्षमा हाँगाहरू काट्नुपर्छ। [७]

कुनै-कुनै रूखहरूले धेरै साधारण फलहरू बोक्छन् र यी फलहरू प्रायः हटाइन्छ जसले गर्दा अरू फल परिपक्व हुन सक्छन्।[७]

उत्पादन र वितरण[सम्पादन गर्ने]

सन् २०१७ मा भारतले १ लाख ४० हजार टन रूख कटहर उत्पादन गरेको थियो। त्यसपछि बङ्गलादेश, थाइल्यान्ड र इन्डोनेसिया लगायतका देशहरूमा उत्पादन बढी भएको थियो। [१४]

रूख कटहरको वितरणमा तीनवटा समूह छन् जसमा थोक व्यापारी र खुद्रा व्यापारी लगायत उत्पादक, व्यापारी र उपभोक्त पर्दछन्।[१५] ठुला कम्पनीहरूले थोक व्यापारीहरूलाई अपरिपक्व फलहरू बेच्छन्, जसले नगद प्रवाहमा मद्दत गर्दछ र जोखिम कम गर्छ, जबकि मध्यम आकारका वितरकले फललाई सीधै स्थानीय बजार वा खुद्रा व्यापारीलाई बेच्छन्।

व्यावसायिक उपलब्धता[सम्पादन गर्ने]

उत्पत्ति भएका देशहरूबाहिर दक्षिणपूर्वी एसियाका खाद्य बजारहरूमा ताजा रूख कटहर पाउन सकिन्छ।[७][१६] यो ब्राजिलको तटीय क्षेत्रमा पनि व्यापक रूपमा खेती गरिन्छ, जहाँ यसलाई स्थानीय बजारमा बेचिन्छ। यो पहिले नै तयार पारिएको चिनीको घोल वा क्यानमा उपलब्ध छन्। श्रीलङ्का र भियतनाममा रूख कटहर उद्योगहरू स्थापना गरिएका छन्। यस फललाई पीठो, चाउचाउ, पापड र आइसक्रिम जस्ता उत्पादनहरूमा प्रशोधन गरिन्छ।[१६] यसलाई निर्यातका लागि तरकारीको रूपमा पनि क्यानमा राखेर बिक्री गरिन्छ।

क्यानमा भरिएका र सुकाइद्वारा प्रशोधन गरिएका दुवै प्रकारका रूख कटहरका परिकारहरू वर्षभरि प्रशस्तै पाइन्छन्। सुकेको रूख कटहरको पापड विभिन्न उत्पादकहरूले उत्पादन गर्छन्।[१७] सन् २०१९ मा उल्लेख गरिएझैँ, रूख कटहर अमेरिकी किराना पसलहरूमा व्यापक रूपमा उपलब्ध भएको थियो। सफा र पकाउन तयार हुनुका साथै पूर्वनिर्मित भाँडाकुँडा वा तयार गरिएका सामग्रीहरूमा पनि उपलब्ध भएको थियो।[१७]

फूल फूल्ने र फल्ने[सम्पादन गर्ने]

बिजु (बीउबाट उम्रेको बेर्ना) विरुवा ८–१० वर्षमा फल्न सुरु गर्दछ भने तर कलमी विरुवा ६ वर्ष देखि फल्न हुरु गर्दछ। भाले र पोथी फूलहरू एउटै बोटमा अलग अलग (छुटा छुटै) हुने गर्दछ। सुरुमा भाले फूल गुच्छामा आउँछ अनि पछि पोथी फूल देखिन्छ। भाले फूल सानो फल लागे पछि झरिहाल्छ। तर पोथी फूल रहिरहन्छ र ठुलो फलमा विकसित भएर आउँछ।[१८] चैत्र देखि जेष्ठसम्म फल टिप्ने गरिन्छ। उत्पादनः एउटा राम्रो विकसित भएका रुख जात अनुसार विभिन्न आकारका १००–१३० वटासम्म फल दिने गर्दछ।

आर्थिक महत्त्व[सम्पादन गर्ने]

रुखकटहर एउटा कृषकको लागि आम्दानीको स्रोत भएको मानिन्छ। यसको फल फाल्गुनदेखि जेष्ठसम्म तरकारीको रूपमा रु. २०–३० प्रति किलोको दरले विक्री हुन्छ जुन बेला विहेबारी हुने तरकारीको प्रशस्त माँग हुने गर्दछ। यसबाट विभिन्न पररिकारहरू बनाउन होटल, रेसटुरेन्टमा प्रयोग गरिने भएकोले ठुला सहरहरूमा महँगो भाउमा विक्री गरिन्छ। श्रावण भाद्र तिर यसको फल पाकेपछि खाना पछि उपभोगमा बढी मूल्यमा रु.३०–४० प्रति किलोको दरले विक्री गाउँघर तथा सहरमा हुने गर्दछ।

उपयोग[सम्पादन गर्ने]

यो फल सर्वसाधारणले कलिलो र सानो अवस्थामा तरकारी, पकौडा, बाडा, पापड तथा विभिन्न समुदायले विभिन्न परिकारहरू विभिन्न अवसरमा बनाइने गरिन्छ। काँचो कटहरलाई तरकारीको रूपमा पनि प्रयोग गरिन्छ।[१९] यो पाके पछि गर्मी तथा वर्षा मौषममा बिहान बेलुका खाना पछि खान प्रयोग गरिन्छ। रुख कटहरको पात हिन्दू धर्मावलम्बीहरूले श्राद्धमा पिण्ड दान गर्न तथा कुनै कुनै समुदायमा नुवारनमा अनिवार्य रूपमा प्रयोग गरिन्छ। तराईमा विहेपछि श्रावणमा श्रावणी तथा कटहरीको रूपमा कोशेली दुल्हा पक्षबाट दुल्हीकहाँ लग्ने परमपरा छ। यो फलको बोटबाट प्रशस्त पात पतिङ्गर, बाख्राको लागि घाँस, दाउरा तथा छिपिएपछि काठको मुढाबाट अनेकौ फर्निचर र घर बनाउन प्रयोग गरिन्छ।[२०] यसको पात तथा मुन्टामा औषधिय गुण भएकोले औषधिको रूपमा प्रयोग गरिन्छ।

आक्रमक प्रजाति[सम्पादन गर्ने]

ब्राजिलको रियो दे जेनेरियो स्थित तिजुका वन राष्ट्रिय निकुञ्ज र यसको छेउमा पर्ने नितेरीको होर्तो जङ्गलमा विभिन्न प्रजातिहरूका कटहरको उत्पत्ति भएको पाइन्छ। तिजुका वनका प्रायःजसो वनस्पतिहरू १९औँ शताब्दीको मध्यदेखि सुरु भएका थिए भने यस वनमा रूख कटहर उत्पादन क्षेत्रको स्थापना भएदेखिनै रूख कटहर निकुञ्जका वनस्पतिहरूको एक भाग बनेको छ। प्राकृतिक रूपमा रूख कटहरको फल पाकेपछि जमिनमा खस्ने भएकाले यसका फलहरू अमेरिकी प्रजातिका साना बाँदरहरू र बाँदर स्तरका साना स्तनधारी प्राणीहरूले एकदमै उत्सुकतापूर्वक खाने भएकोले कटहरका विभिन्न प्रजातिहरूको विस्तार विभिन्न ठाउँ भएको पाइन्छ। बाँदर लगायतका जनावरहरूले कटहर खानाले ठाउँठाउँमा कटहरको विस्तार भएको पाइन्छ। रूख कटरहको आपूर्तिले गर्दा साना बाँदर र बाँदर स्तरका जनावरको समेत विस्तार भएको पाइन्छ। रूख कटरहरको विस्तारले गर्दा बाँदर लगायतका जनवारहरूले चराहरूको गुँडमा आक्रमण गरि अण्डा खाइदिने वा साना चराहरूलाई मार्ने भएकाले यी जनावरहरूको जनसङ्ख्या वृद्धिले गर्दा स्थानीय चराहरूका लागि खतरा उब्जिएको छ।

सांस्कृतिक महत्व[सम्पादन गर्ने]

शताब्दीयौँदेखि यस फलले भारतीय कृषिक्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। भारतमा ३० देखि ६० हजार वर्षअघि कटहर खेती गरिएको कुरा भारतमा पुरातत्त्वविद्हरूले पत्ता लगाएका छन्। दक्षिणपूर्वी एसियामा पनि यसको व्यापक रूपमा खेती भएको छ।[२१]

भियतनाममा, मन्दिरहरूमा बौद्ध मूर्तिहरू बनाउनको लागि रूख कटहरको काठलाई अनमोल मानिन्छ। दक्षिणपूर्व एसियाका बौद्ध वन मठवासीहरूले यसको काठलाई रङको रूपमा प्रयोग गर्छन्।[२२] यसले ती परम्पराहरूमा भिक्षुहरूको लुगालाई तिनीहरूको विशिष्ट प्रकाश-खैरो रङ्ग दिन्छ।[२३]

रूख कटहर बङ्गलादेशको राष्ट्रिय फल हो[२४] भने यो भारतीय राज्य केरल र तमिलनाडुको समेत प्रदेश फल हो।[२५][२६]

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Under its accepted name Artocarpus heterophyllus (then as heterophylla) this species was described in Encyclopédie Méthodique, Botanique 3: 209. (1789) by Jean-Baptiste Lamarck, from a specimen collected by botanist Philibert Commerson. Lamarck said of the fruit that it was coarse and difficult to digest. Larmarck's original description of tejas t.3, Panckoucke;Plomteux, अन्तिम पहुँच २०१२-११-२३, "On mange la chair de son fruit, ainsi que les noyaux qu'il contient; mais c'est un aliment grossier et difficile à digérer." 
  2. "Name - !Artocarpus heterophyllus Lam", Tropicos, Saint Louis, Missouri: Missouri Botanical Garden, अन्तिम पहुँच २०१२-११-२३ 
  3. "TPL, treatment of Artocarpus heterophyllus", The Plant List; Version 1. (published on the internet), Royal Botanic Gardens, Kew and Missouri Botanical Garden, २०१०, अन्तिम पहुँच २०१२-११-२३ 
  4. "Name – Artocarpus heterophyllus Lam. synonyms", Tropicos, Saint Louis, Missouri: Missouri Botanical Garden, अन्तिम पहुँच २०१२-११-२३ 
  5. "{{{name}}}", Germplasm Resources Information Network (GRIN) online database 
  6. "Artocarpus heterophyllus Lam. — The Plant List", Theplantlist.org, २०१२-०३-२३, अन्तिम पहुँच २०१४-०६-१७ 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ ७.६ Morton, Julia, "Jackfruit", Center for New Crops & Plant Products, Purdue University Department of Horticulture and Landscape Architecture, अन्तिम पहुँच १९ अप्रिल २०१६ 
  8. Love, Ken; Paull, Robert E (जुन २०११), "Jackfruit", College of Tropical Agriculture and Human Resources, University of Hawaii at Manoa। 
  9. Boning, Charles R. (२००६), Florida's Best Fruiting Plants:Native and Exotic Trees, Shrubs, and Vines, Sarasota, Florida: Pineapple Press, Inc., पृ: १०७। 
  10. Know and Enjoy Tropical Fruit: Jackfruit, Breadfruit & Relatives
  11. "कटहर : यौन दुर्बलतादेखि क्यान्सरसमेतमा फाइदा गर्ने बहुउपयोगी फल"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ अगस्ट २०२१ 
  12. Elevitch, Craig R.; Manner, Harley I. (२००६), "Artocarpus heterophyllus (Jackfruit)", in Elevitch, Craig R., Traditional Trees of Pacific Islands: Their Culture, Environment, and Use, Permanent Agriculture Resources, पृ: ११२, आइएसबिएन 9780970254450 
  13. "Jackfruit Fruit Facts", California Rare Fruit Growers, Inc., १९९६, अन्तिम पहुँच २०१२-११-२३ 
  14. Benjamin Elisha Sawe (२५ अप्रिल २०१७), "World Leaders In Jackfruit Production", WorldAtlas, अन्तिम पहुँच २३ मे २०१८ 
  15. Haq, Nazmul (२००६), Jackfruit: Artocarpus heterophyllus, Southampton, UK: Southampton Centre for Underutilised Crops, पृ: १२९, आइएसबिएन 978-0-85432-785-0, मूलबाट २०१२-१०-०५-मा सङ्ग्रहित। 
  16. १६.० १६.१ Goldenberg, Suzanne (२३ अप्रिल २०१४), "Jackfruit heralded as 'miracle' food crop", The Guardian, London, UK, अन्तिम पहुँच १७ अक्टोबर २०१६ 
  17. १७.० १७.१ Brian Kateman (२० अगस्ट २०१९), "This Ancient 'Miracle Fruit' Is The Latest Meat Replacement Craze", Forbes, अन्तिम पहुँच २ सेप्टेम्बर २०१९ 
  18. "रुखकटहर खेती गर्ने तरिका"नेपाल पत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ अगस्ट २०२१ 
  19. "काँचो कटहरको तरकारी" (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ अगस्ट २०२१ 
  20. "Nam O fish sauce village", Danang Today, २०१४-०२-२६, अन्तिम पहुँच २०१५-०९-२२ 
  21. Preedy, Victor R.; Watson, Ronald Ross; Patel, Vinood B., सम्पादकहरू (२०११), Nuts and Seeds in Health and Disease Prevention (1st संस्करण), Burlington, MA: Academic Press, पृ: ६७८, आइएसबिएन 978-0-12-375689-3 
  22. "Gỗ mít nài", Nhagoviethung.com, मूलबाट २०१७-०४-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०६-१७ 
  23. Forest Monks and the Nation-state: An Anthropological and Historical Study in Northeast Thailand, J.L. Taylor 1993 p. 218
  24. Matin, Abdul, "A poor man's fruit: Now a miracle food!", The Daily Star, अन्तिम पहुँच २०१५-०६-१२ 
  25. Subrahmanian, N.; Hikosaka, Shu; Samuel, G. John; Thiagarajan, P. (१९९७), Tamil social history, Institute of Asian Studies, पृ: ८८, अन्तिम पहुँच २०१०-०३-२३ 
  26. "Kerala's State fruit!", अन्तिम पहुँच २०१८-०३-१७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]