विकिपिडिया:प्रमुख लेख/कार्तिक, २०७७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००७ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७७ कार्तिक पहिलो[सम्पादन गर्नुहोस्]

बङ्गलादेशको स्वतन्त्रता युद्ध

बङ्गलादेशको स्वतन्त्रता युद्ध (बङ्गाली: বাংলাদেশের স্বাধীনতা যুদ্ধ; उच्चारण: बाङ्लादेशेर स्वाधीनता जुद्धो) बङ्गलादेशी राष्ट्रवादी तथा स्व-दृढताको एक क्रान्ति र सशस्त्र सङ्घर्ष आन्दोलन थियो जसको सुरुवात २६ मार्च १९७१ भएको थियो भने अन्त्य १६ डिसेम्बर १९७१ मा भएको थियो। यो युद्धका कारण बङ्गलादेश स्वतन्त्र भएको थियो। यो युद्ध २५ मार्च १९७१ को रात पश्चिम पाकिस्तानले पूर्व पाकिस्तानमा रहेका मानिसहरूलाई आक्रमण गरेपछि सुरु भएको थियो। यस युद्धमा बङ्गलादेशका नागरिकहरू, विद्यार्थीहरू, धार्मिक अल्पसङ्ख्यक र सशस्त्र कर्मचारीहरू संलग्न रहेका थिए। यो युद्ध १६ डिसेम्बर १९७१ का दिन पश्चिम पाकिस्तानले आत्मसमर्पण गरेपछि अन्त्य भएको थियो। (पूरा  पढ्नुहोस्...)

२०७७ कार्तिक दोस्रो[सम्पादन गर्नुहोस्]

सरा लारसन

सरा मेरी लारसन (जन्म १६ डिसेम्बर १९९७) एक स्विडेनी गायिक तथा गीतकार हुन्। दश वर्षको उमेरमा लारसनले स्विडेनबाट एक राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेकी थिइन् भने उनले गट ट्यालेन्टको एक स्विडेनी संस्करण तलाङ जित्दै उक्त उपाधि हात पारेकी थिइन्। त्यसको चार वर्ष पछि सन् २०१२ मा लारसनले टेन म्युजिक रेकर्ड लेबलसँग आवद्ध पत्रमा हस्ताक्षर गर्दै सन् २०१३ मा उनले आफ्नो पहिलो गीति सङ्ग्रहको रूपमा "अनकभर" सार्वजनिक गरेकी थिइन्। उक्त गीति सङ्ग्रह स्विडेन र डेनमार्कनर्वेका आधिकारिक तालिकाहरूमा शीर्ष स्थानमा आउन सफल भएको थियो। सन् २०१३ फेब्रुअरीमा उक्त गीति सङ्ग्रहले युनिभर्सल स्भारिया मार्फत प्लेटिनम प्रमाणपत्र समेत प्राप्त गरेको थियो। जुलाई २०१३ मा उक्त गीति सङ्ग्रहलाई स्विडेनको आधिकारिक साङ्गीतिक तालिका कम्पनीले ३× प्लेटिनम प्रमाणपत्र प्रदान गरेको थियो। सन् २०१३ अप्रिल महिनामा लारसनले अमेरिकाको एपिक रेकर्डसँग तीन वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्। सन् २०१६ मा फ्रान्समा आयोजना गरिएको युइएफए युरोमा लारसनले सुरुवाती र समाप्तिका दिन केही गीतहरूको प्रस्तुति दिएकी थिइन्। (पूरा  पढ्नुहोस्...)