विकिपिडिया:प्रमुख लेख/चैत, २०७८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००४ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७८ चैत पहिलो[सम्पादन गर्नुहोस्]

{{{2}}}

दिनेश अधिकारी विक्रम सम्बत: (२०१६ साल मङ्सिर २२ गते) एक नेपाली कवि तथा गीतकार हुन्। नेपाली कविता एवम् गीति क्षेत्रका श्रष्टा दिनेश अधिकारी उनका कृति "अतिरिक्त अभिलेख" ले कविता विधामा मदन पुरस्कार प्राप्त गर्ने (वि.सं. २०५६) व्यक्तित्व हुन्। कवि अधिकारीका कवितामा एकातिर समकालीन सन्दर्भप्रतिको यिनको संवेदनशीलता प्रखर ढङ्गले उजागरित भएको पाइन्छ भने अर्कोतिर मानवजीवनका शाश्वत र नैसर्गिक भावहरूू पनि उत्तिकै टड्कारोसित अनुगुञ्जित भएको सुन्न सकिन्छ। उनका फुटकर कविताहरूको सङ्गालो "अतिरिक्त अभिलेख" एक मनमोहक काव्य-पुञ्जको रूपमा आएको छ। विम्व, प्रतीक, व्यञ्जना, वक्रोक्ति, व्यंग, सूक्ष्महास विद्रोह, पीडा, बुद्धि र भावनाबीचको समन्वय, लयसंवेदना आदि सबैको सम्यक् सन्तुलनको कारण दिनेश अधिकारी एक आकर्षक कवि मानिन्छन्।(पूरा  पढ्नुहोस्...)

२०७८ चैत दोस्रो[सम्पादन गर्नुहोस्]

{{{2}}}

मेइसी इस्ट्रेला केड्लिक (जन्म:२४ मार्च १९९०) एक अमेरिकी व्यावसायीक महिला कुस्ती खेलाडी हुन् जो हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी लेइसी एभेन्सको नामले कुस्ती खेल्ने गर्छिन्।

उनी अमेरिकी नौसेना सैन्य प्रहरी कार्यकारीको रूपमा सेवा गर्ने क्रममा उनले कुस्तीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्। उनले संयुक्त राज्यको स्थित स्वतन्त्र सर्किटमा प्रशिक्षण र कुस्ती कार्यकालको सुरुवात गरेकी थिइन्। सन् २०१६ मा उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा कुस्ती खेल्न सुरु गरेकी थिइन्। उनले डब्ल्युडब्ल्युईद्वारा आयोजित पहिलो मे यो क्लासिकमा पनि एक प्रतिस्पर्धाीको रूपमा भाग लिएकी थिइन्। जापानी महिला कुस्ती खेलाडी काइरी सेनसँगको द्वन्द्व चलिरहेका बेला उनले सन् २०१८ डिसेम्बरमा डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन् भने पछि उनको र महिला विजेता बेकी लिन्च बीच लिन्चको महिला उपाधिका लागिद्वन्द्व चलेको थियो। (पूरा  पढ्नुहोस्...)