"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३५६: पङ्क्ति ३५६:


:::::{{ping|Krish Dulal}} जी, '''छलफल नगरी किन कारवाही गर्नु भयो त?''' भन्ने प्रश्नको कुरा गर्दा यो एक पटक घटित भएको घटना होइन। पटक पटक विभिन्न सम्पादकहरू माथि भएको व्यक्तिगत प्रहार र संलग्न सम्पादन युद्धको नतिजा स्वरूप यो कारवाही भएको मेरो बुझाई छ। अनि उहाँको योगदानको कदर स्वरूप नै यो भन्दा पहिलेका विषयमा कारवाही नगरिएको हो।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १६:१३, २८ जुन २०१९ (युटिसी(UTC))
:::::{{ping|Krish Dulal}} जी, '''छलफल नगरी किन कारवाही गर्नु भयो त?''' भन्ने प्रश्नको कुरा गर्दा यो एक पटक घटित भएको घटना होइन। पटक पटक विभिन्न सम्पादकहरू माथि भएको व्यक्तिगत प्रहार र संलग्न सम्पादन युद्धको नतिजा स्वरूप यो कारवाही भएको मेरो बुझाई छ। अनि उहाँको योगदानको कदर स्वरूप नै यो भन्दा पहिलेका विषयमा कारवाही नगरिएको हो।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १६:१३, २८ जुन २०१९ (युटिसी(UTC))
* विगत केही दिनमा मेरो विचार र भनाइहरूले प्रबन्धक मित्रहरूको सम्मानमा अाँच आएको छ, म यसका लागि सबैसँग माफ माग्छु र आइन्दा यस्तो हर्कत दोहोराउने छैन, एकपटक र अन्तिम पटक मलाई माफ गरिदिनु होला, अाज देखि म राम्रो सम्पादन मात्र गर्ने छु कसैलाई व्यक्तिगत प्रहार र आक्षेप लगाउने छैन, कुरो प्रतिबन्धको आउँदा खेरी समुदायबाट समर्थन अायो भने म भागिदार हुन तयार छु। र मलाई अाषा छ मैले अन्तिम पटक माफ पाउने छु, धन्यवाद शुभ सम्पादन-[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) १६:४७, २८ जुन २०१९ (युटिसी(UTC))

२२:३२, २८ जुन २०१९ जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , , ,



विकी विमिन एडिटाथन २०१९

विकी विमिन एडिटाथन २०१९

यस विकिपिडियामा विगतका वर्षहरूमा जस्तै हुँदै आएको कार्यक्रम विकी विमिन एडिटाथन यस वर्ष पनि आरम्भ गर्नका लागि म समुदाय समक्ष निम्न प्रस्तावित बुँदाहरूमा छलफल गर्न चाहन्छु ।

  • कार्यक्रम मार्च ८ देखी अप्रिल ८ सम्म संचालन हुने ।
  • मार्च महिनाभर नारीमा समर्पित विभिन्न अनलाइन एडिटाथन तथा आउटरीच कार्यक्रम संचालन गरिने ।
  • यस वर्षको कार्यक्रममा महिला स्वास्थ तथा महिला समन्धित सामाजिक क्रियाकलापको लेख लेखिने ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तररमा ख्याती प्राप्त प्रतिभाशाली नेपाली ब्यक्तित्वहरूको लेख नेपाली, मैथिली, डोटेली, नेवारी र नेपालमा बोलिने अन्य भाषा लगायत अन्तर्राष्ट्रिय भाषामा लेख लेखिने ।

म सम्पूर्ण नेपाली विकिपिडियाका सम्पादनकर्ताहरूलाई माथि उल्लेखित प्रस्तावहरूमाथि चर्चा गर्नका लागि अनुरोध गर्न चाहन्छु ।

प्रस्तावक

-Nabin K. Sapkota (कुरा गर्ने) १२:४४, ७ मार्च २०१९ (युटिसी(UTC))

मत राख्नुहोस्

छलफल

विकी लभ्स अर्थ २०१९ आयोजन समूह गठनको लागि प्रक्रिया थाल्न आह्वान

नमस्ते
प्रत्येक वर्ष मे महिनामा आयोजना हुने अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता विकी लभ्स अर्थमा विभिन्न राष्ट्रहरूको सहभागिता हुँदै आएको प्रायः सबै विकिपिडियनमा सर्वविदितै छ। राष्ट्रिय आयोजकको रुपमा नेपालले सन् २०१४ देखि नै यस फोटोग्राफी प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। यस फोटोग्राफी प्रतियोगितामा नेपालको सहभागितालाई यस वर्षपनि सक्रियताका साथ निरन्तरता दिनको लागि २४ दिन मात्र बाँकी रहेकोले सो समयावधि भन्दा अगावै एउटा ससक्त आयोजन समूहको गठनको लागि प्रक्रिया थाल्न सबैमा अनुरोध गर्दछु। --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:०७, ६ अप्रिल २०१९ (युटिसी(UTC))

आयोजन समूह

प्रतियोगिता आयोजन समूहको सदस्यताको लागि आफ्नो नाम सहित आफ्नो विकी अनुभव र प्रतियोगिता आयोजक समूहमा आफ्नो भूमिका सम्बन्धी विवरण (५० शब्दमा) सन् २०१९ अप्रिल २१ सम्ममा आफ्नो नाम यहाँ प्रस्ताव गर्न सबैमा अनुरोध गर्दछु।

  • विगत ५ वर्ष देखि नेपालको विकिपिडिया अन्दोलनमा एक उलेखनीय भूमिका निभाउदै आएको र बार्षिक रुपमा संचालन हुदै गरेको यस कार्यक्रम विकी लभ्स अर्थको छैठों संस्करण विकी लभ्स अर्थ २०१९ मा विगतका कार्यगत कमीकमजोरीहरूलाई सच्चाई, नेपालको प्राकृतिक सम्पदाको भरपुर उजागर र उचित मुल्यांकन हुने गरि कार्यक्रम संचालन गर्न कार्यक्रम संयोजकको रुपमा म प्रयोगकर्ता:Nabin K. Sapkota आफ्नो नाम प्रस्ताब गर्न चाहन्छु । यसका साथै विकिपिडियामा संचालन हुने अन्य कार्यक्रममा जस्तै यस कार्यक्रममा पनि सम्पूर्ण प्रयोगकर्ता मित्रहरूमा उलेखनीय योगदान गर्नहुन आग्रह गर्न चाहन्छु । धन्यवाद -Nabin K. Sapkota (कुरा गर्ने) ०५:५३, ७ अप्रिल २०१९ (युटिसी(UTC))
  • प्रयोगकर्ता:Nirmal Dulal २०१० देखि विकिपीडियामा सकृय रही योगदान गर्दै आएको छु तथा विभिन्न प्रतियोगिता तथा परियोजनाको संयोजकको रूपमा पनि कार्य गरिसकेको छु, यस कार्यक्रम विकी लभ्स अर्थको छैठों संस्करण विकी लभ्स अर्थ २०१९ मा म फोटोवक संयोजकको रूपमा सहभागी हुन चाहन्छु। - निर्मल दुलाल (कुरा गर्नुहोस) १०:०९, १० अप्रिल २०१९ (युटिसी(UTC))
  • विकिपिडियाका विभिन्न परियोजनाहरूमा सक्रिय रही योगदान गर्दै आइरहेको तथा विकिपिडिया/विकिमिडियाका अनलाइन र अफलाइन कार्यक्रमहरूमा पनि आयोजकको रूपमा सहभागी भइसकेको हुनाले म निराजन पन्त (User:Nirajan pant) यस आयोजन समूहमा सदस्यताको लागि निवेदन गर्दछु। --Nirajan pant (कुरा गर्ने) ०७:०८, २१ अप्रिल २०१९ (युटिसी(UTC))

आयोजन समितिको उद्देश्य, कार्यक्रम तथा अनुदान प्रस्ताव

आयोजन समितिको गठन भइसकेपछि प्रतियोगिताको उद्देश्य, कार्यक्रम तथा अनुदान प्रस्तावको रूपरेखा आयोजन समितिद्वारा सन् २०१९ अप्रिल २५ सम्ममा अद्यावधिक गरिनेछ।

उद्देश्य

  • नेपालको विभिन्न क्षेत्रमा अवस्थित प्राकृतिक सम्पदाहरुको पहिचान र उजागर गर्ने।
  • नेपालमका अवस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरू भ्रमण गरि उजागर गर्ने।
  • प्रतियोगितामा गरिएका तस्वीर नेपालमा सञ्चालित सम्पूर्ण विकिपिडिया पृष्ठ तथा विभिन्न विकिमिडिया परियोजनामा प्रयोग गर्ने।
  • विभिन्न फोटोग्राफी संस्था तथा फोटोग्राफरहरूसँग सहकार्य गर्ने।
  • नेपालमा सञ्चालित सम्पूर्ण विकिपिडियामा आबद्ध विकिपिडियन प्रयोगकर्ताको सभागिता गराई सद्भावका साथ नेपालमा विकिपिडिया संस्कृतिको विकास गर्ने।

अनुदान प्रस्ताव

प्रयोगकर्ता:Biplab Anand जी द्वारा निम्न उल्लेखित सुझाबको आधारमा समयको पवान्दिलाई ख्याल गर्दै समुदायको नाममा अनुदान प्रस्ताव प्रस्तुत गरिएको कुरा अवगत गराउन चाहन्छु । --Nabin K. Sapkota (कुरा गर्ने) १६:१३, १५ अप्रिल २०१९ (युटिसी(UTC))

टिप्पणी

  •  टिप्पणी विकिमिडिया फाउन्डेसनद्वारा शीघ्रातिशीघ्र अनुदान अङ्ग्रेजी महिनाको १ तारिख देखि १५ तारिखसम्म मात्र गर्न सकिने प्रावधान भएको हुनाले उपरोक्त प्रस्तावित समयसीमामा अनुदान आउन समेत समय लाग्ने भएको हुनाले कार्यक्रम प्रभावित हुनसक्ने मेरो बुझाई रहेको छ। तसर्थ मेरो विचारमा हालसम्म आयोजन समितिको लागि इक्षा देखाउनुभएका सदस्यहरूले प्रतियोगिताको उद्देश्य, कार्यक्रम तथा अनुदान प्रस्तावको रुपरेखा बनाउन ध्यान दिनु आवश्यक देखिन्छ। आफ्नो मत राख्नहुन सबैमा अनुरोध गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:११, १३ अप्रिल २०१९ (युटिसी(UTC))
  •  टिप्पणी यस संस्करणमा विगतमा नसमेटिएका क्षेत्रहरू तथा विषयवस्तुहरू समेटिन आवश्यक छ। यसै गरी अहिले सम्मका संस्करणहरूलाई हेर्दा गुणस्तरीय तस्वीरहरूको अभाव नै देखिन्छ साथै अपलोड गरिएका तस्वीरहरू विवरण बिना राखिएका छन् जुन उपयुक्त छैनन्। तसर्थ एउटा व्यवस्थित मापदण्डको आवश्यकता देख्तछु। प्रस्तावित विकी लभ्स अर्थ २०१९को दौरानमा विवरण बिना अपलोड गरिएका, कम गुणस्तरीय र दोहोरिएका तस्वीरहरूलाई मेटाउन सकिने कुराहरू पनि मापदण्डमा राखिनु पर्दछ। यसले पक्कै पनि गुणस्तर कायम राख्न मद्दत गर्नेछ।--Nirajan pant (कुरा गर्ने) १२:२५, २१ अप्रिल २०१९ (युटिसी(UTC))
  •  टिप्पणी यस वर्षको विकी लभ्स अर्थ, नेपाल प्रतियोगिताको मुख्य प्राथमिकतामा हामीले प्रयोगकर्ताहरूद्वारा गुणस्तरीय तस्वीर अपलोड गराउनुमा केन्द्रित राख्नुपर्ने देखिन्छ साथै त्यस्ता प्राकृतिक सम्पदाहरूलाई सूचीको अग्रपङ्क्तिमा राख्नुपर्छ जुन सम्पदाको तस्वीर अहिलेसम्म विकिमिडिया कमन्समा अपलोड भइसकेको छैन। यस कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न हामीले गुणस्तरीय तस्वीर अपलोड गर्ने र विशेष तस्वीर अपलोड गर्ने प्रयोगकर्तालाई छुट्टै पुरस्कारको व्यवस्था गर्नुपर्ने मेरो बुझाई रहेको छ। कमन्समा रहेको प्रतियोगिता पृष्ठमा हामीले त्यस्ता सम्पदाहरूको सूचीलाई सुधार गर्नुपर्छ जसले पक्कै पनि हामीलाई सहयोग गर्नेछ। यस वाहेक अनुदान प्रस्तावमा तय गरिएको लक्षित तस्वीर सङ्ख्यालाई घटाएर ५००, गुणस्तरीय तस्वीरको सङ्ख्या १०० र विशेष तस्वीर सङ्ख्यालाई २५ गर्न सकिन्छ। यसले प्रत्यक्ष रुपमा प्रतियोगिता अवधिमा अपलोड हुने तस्वीरको प्रयोग विकी लेखमा हुनेछ। हामीले सङ्ख्याभन्दा गुणस्तरीयतामा ध्यान दिनु आवश्यक छ।

—प्रतियोगिता अवधि भरिमा अपलोड हुने तस्वीरहरूलाई कमन्सको गुणस्तरीय अनुभागमा राख्ने कार्यमा मेरो सक्दो सहयोग रहनेछ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:३२, २१ अप्रिल २०१९ (युटिसी(UTC))


प्रस्तावित आयोजन समिति

आदरणीय मित्रहरू, बिगत केही साता देखि चलिरहेको यस चौतारीको छलफल र छलफलले पच्चाएको सहभागिता, समर्थन अनि गहकिला सुझावको आधारमा समुदायको एककृत पहलमा कार्यक्रम सञ्चालनको निम्ति निम्न उल्लेखित प्रयोगकर्ता साथीहरूमा जिम्मेवारी वहन गरिदिनहुन हार्दिक आग्रह गर्दै यस आयोजन समिति प्रस्ताव गर्न चाहन्छु।

  • कार्यक्रम संयोजन तथा सामाजिक सञ्जाल व्यवस्थापन
Nabin K. Sapkota
  • फोटोवाक कार्यक्रम संयोजन
Nirmal Dulal
Bijay chaurasia
  • गुणस्तरीय तस्वीर छनोट प्रक्रिया
Biplab Anand
  • आर्थिक व्यवस्थापन तथा आर्थिक पारदर्शिता
Nabin K. Sapkota
Nirjal Shrestha
Nirajan pant
  • फोटो एडिटाथन सञ्चालन
BRPever
Nirajan pant
  • श्रेणी व्यवस्थापन
Tulsi Bhagat
BRPever
  • उत्कृस्ट तस्वीर छनोट तथा नतिजा प्रकाशन
Nabin K. Sapkota
Nirmal Dulal
Bijay chaurasia
  • प्रतिवेदन तथा ब्लग निर्माण
Nabin K. Sapkota
Biplab Anand

माथि प्रस्तावित कार्यसमिति समिति बाहेक पनि सम्पूर्ण प्रयोगकर्ता साथीहरूमा आफुले देहाएको कार्य पङ्क्तिमा आफ्नो नाम उल्लेख गर्नहुन तथा माथि उल्लेखित कार्यसमिति प्रति कुनै सल्लाह, सहमती र असहमति छ भने शीघ्र आफ्नो धारणा प्रस्तुत गर्नुहुन अनुरोध गर्न चाहन्छु। -Nabin K. Sapkota (कुरा गर्ने) १०:४०, २७ अप्रिल २०१९ (युटिसी(UTC))

फोटो एडिटाथन सञ्चालन सम्बन्धमा

फोटो एडिटाथन सञ्चालन सम्बन्धमा भएको छलफलबाट फोटो एडिटाथन को निम्नानुसारको कार्यबिधि प्रस्ताव गरिएको छ।

प्रस्तावित एडिटाथनको उद्देश्य विकी लभ्स अर्थ २०१९ को अवधिमा अपलोड गरिएका तस्वीरहरूलाई व्यवस्थित गर्ने तथा ती तस्वीरहरूलाई विकिपिडियामा रहेका लेखहरूमा आवश्यक स्थानमा उचित रूपले प्रयोग गर्ने रहेको छ।

क्रियाकलाप

  1. अपलोड भएका तस्वीरहरूलाई विकिपिडियाका लेखहरूमा प्रयोग गर्ने। (प्रतियोगिता अवधिभरिमा अपलोड गरिएका तस्वीरहरूलाई नेपाली, मैथिली, डोटेली, नेवारी, संस्कृत, भोजपुरी, सान्थाली विकिपिडियाहरूका लेखमा तथा विभिन्न विकिमिडिया परियोजनामा प्रयोग गर्ने।)
  2. तस्वीर प्रयोग गरी लेख सामग्री सुधार गर्ने।
  3. तस्वीरहरूको श्रेणीकरण गर्ने
  4. अपलोड गरिएका तस्वीरहरूलाई आवश्यक सुधारको लागि नामाङ्कन गर्ने
    1. छुटेको विवरण थप्नको लागि अपलोडकर्तालाई सूचित गर्ने,
    2. दोहोरिएका, कम गुणस्तरीय तथा प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने तस्वीरहरूलाई मेटाउन नामाङ्कन गर्ने, इत्यादि

एडिटाथनको अवधि विकी लभ्स अर्थ २०१९ शुरू भएको १५औं दिन देखि ४५औं दिनसम्म एडिटाथन चल्नेछ।

ध्यान दिनुपर्ने कुराहरू

  • फोटो एडिटाथन कार्यक्रम माथि उल्लेख गरिएका विकि परियोजनाहरूमा मात्र सञ्चालन गर्न सकिनेछ।
  • कार्यक्रममा अपलोड भएका चित्र मात्र मान्य हुनेछन्।
  • जथाभावी चित्र प्रयोग गर्न र आवश्यकता नभएको अवस्थामा चित्रावली बनाउन पाइनेछैन्।

फोटो एडिटाथन सञ्चालन समितिको तर्फ बाट Nirajan pant (कुरा गर्ने) ०३:४४, ६ मे २०१९ (युटिसी(UTC))

माथिको प्रस्ताव माथि आफ्नो विचार तथा टिप्पणीको लागि सबैलाई स्वागत छ।--Nirajan pant (कुरा गर्ने) ०३:४४, ६ मे २०१९ (युटिसी(UTC))

छलफल/विचार/टिप्पणी


विकी लभ्स अर्थ २०१९को समय अबधि थपिएको समन्धमा

विकी लभ्स अर्थ २०१९ परियोजना मे २०१९ सम्म मात्र संचालन गरिने उल्लेख गरिएता पनि केहि कार्यगत बिलम्बता तथा त्रुटिका कारण समय अबधि थपिएको जानकारी गराउन चाहन्छौ । - Nabin K. Sapkota (कुरा गर्ने) ०२:५५, ३१ मे २०१९ (युटिसी(UTC))

प्रमुख पृष्ठ परिवर्तन १५ - १५ दिनमा गर्ने सम्बन्धमा

नेपाली विकिपिडियामा विद्यामन रहेको १ अथवा त्यो भन्दा बढी महिनमा प्रमुख पृष्ठ परिवर्तन हुने हुँदा कुनै अन्य विकिपिडियाका प्रयोगकर्ताहरूले हेर्दा पनि लाजमर्दो स्थिति रहि आएको छ। तसर्थ सुरुवाती चरणमा १५- १५ दिनमा र केही महिना पश्चात् एक हप्तामा प्रमुख लेख परिवर्तन गराई नेपाली विकिपिडियालाई सान्त्वना प्रदान गर्नका लागि यस सन्देश मार्फत प्रस्ताव राखेको छु।-हिमाल सुबेदी (कुरा गर्ने) ११:५३, १ जुन २०१९ (युटिसी(UTC))

समर्थन

  •  समर्थन-हिमाल सुबेदी (कुरा गर्ने) ११:५३, १ जुन २०१९ (युटिसी(UTC))
  •  समर्थन- यस प्रक्रियाद्वारा नयाँ तथा उत्कृष्ट पृष्ठ निर्माणमा प्रोत्साहन मिल्ने भएकोले मेरो तर्फ बाट पूर्ण समर्थन गर्न चाहन्छु । -Nabin K. Sapkota (कुरा गर्ने) १२:०३, १ जुन २०१९ (युटिसी(UTC))
  •  समर्थन मैले लेखेका १०-१५ वटा पृष्ठहरू प्रस्ताव हालेको आज लगभग ६,७ महिना भैसकेको छ। तर एउटा अचम्मको कुरा के छ भने ती पृष्ठहरू एउटा पनि प्रमुख पृष्ठमा आएका छैनन्। यो क्रम यसरी चलिरह्यो भने १००० वटा पृष्ठ प्रस्तावमा आउँदा पनि कुनैपनि पृष्ठ प्रमुख लेखमा आउदैनन्। त्यसैले यस प्रस्ताव माथि मेरो पूर्ण समर्थन छ। पर्वत सुबेदी (कुरा गर्ने) १२:०९, १ जुन २०१९ (युटिसी(UTC))
यहाँको प्रयास सराहनीय छ। तर सत्य कुरा तितो हुन्छ, दु:ख नमान्नुहोला। तपाईँद्वारा प्रस्तावित लेखहरू स्वीकृत नहुनुको पछाडि लेखमा भाषिक तथा लेखन शैलीको सुधार आवश्यक हुनु हो। यदि यी आवश्यक कुराहरू अन्य सम्पादकहरूले पुरा गर्न सके अवश्य पनि ती लेखहरू प्रमुख लेखको रूपमा नेपाली विकिपिडियाको मुख्य पृष्ठमा सोभायमान हुनेछन्।Nirajan pant (कुरा गर्ने) १४:५०, ४ जुन २०१९ (युटिसी(UTC))
  •  समर्थन राम्रो विचार, तर यो कुरा अहिलेको नेपाली विकिको हालमा हेर्दा त लागु हुन नीकै कठिन हुन्छ जस्तो लाग्छ मलाई । यो तिम्रो प्रस्ताव १००% लागू हुन त तिमी प्रबन्धक हुनुपर्छ होला सायद (मलाई लागेको)😀😀😀😀'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १५:३९, ३ जुन २०१९ (युटिसी(UTC))
"...तिमी प्रबन्धक हुनुपर्छ होला..." भन्ने यहाँको भनाई सँग म बिमति राख्तछु। नेपाली विकिपिडियामा उत्कष्ट लेखहरूको खाँचो छ। नेपाली विकिपिडियाका बहुमत सम्पादकहरूले प्रस्तावित लेखलाई उत्कृष्ट ठहराएमा त्यो लेख प्रमुख लेखको रूपमा राखिन्छ। तसर्थ लेख स्वीकृत भएन भनेर चिन्ता गर्नु भन्दा पनि लेखमा केही कमी छ कि भनेर जाँच्नु उचित हुन्छ।Nirajan pant (कुरा गर्ने) १४:५०, ४ जुन २०१९ (युटिसी(UTC))
  • उपरोक्त प्रस्तावमा केही शर्त सहित मेरो पनि  समर्थन छ। मुख्य लेखको रूपमा प्रस्तावित लेखले आवश्यक मापदण्ड पुरा गर्नु आवश्यक छ। ती मापदण्डहरूमा लेखको विषयवस्तु, आकार, सामग्रीको गुणस्तर तथा भाषिक शुद्धता आदि पर्दछन्। यी सबै मापदण्ड पुरा गर्न एक जनाको प्रयासले गाह्रो हुन्छ। तसर्थ यदि यस प्रस्तावलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याउने हो भने नेपाली विकिपिडिया समुदाय तथा प्रमुख लेख चयन समितिले तदारूकताका साथ काम गरी लेखको व्यवस्थापन र मापदण्ड पुरा गर्न आवश्यक सुधार गर्न आवश्यक हुन जान्छ। Nirajan pant (कुरा गर्ने) १४:५०, ४ जुन २०१९ (युटिसी(UTC))
  • यस उत्साहजनक प्रस्तावमा मेरो  समर्थन छ तर १५-१५ दिनको अन्तरालमा यस विकिपिडियाको प्रमुख लेख परिवर्तन गर्नका लागि सबैभन्दा पहिले प्रमुख लेख समन्वय समितिलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता देख्दछु। यो समिति सक्रिय भएमा मात्रै हामी १५-१५ दिनमा प्रमुख लेख परिवर्तन गर्न सक्छौँ। धन्यवाद --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:५७, ५ जुन २०१९ (युटिसी(UTC))
  • राम्रो प्रस्तावका लागि  समर्थन छ तर निराजन पन्त ज्यू र बिप्लब आनन्द ज्यूले उल्लेख गरे अनुसार समुदायले काम गर्न सके हिमाल सुबेदी ज्यूलेले ल्याउनु भएको प्रस्ताव सार्थक हुनेछ। --Janak Bhatta (कुरा गर्ने) ०३:०५, ६ जुन २०१९ (युटिसी(UTC))

असमर्थ

छलफल

विकी लभ्स अर्थ २०१९को फोटोवाक सम्बन्धमा

आदरणीय विकिपिडियन मित्रहरू विकी लभ्स अर्थ २०१९ अन्तर्गत निम्न मिति तथा स्थानमा फोटोवाक कार्यक्रम सञ्‍चालनको लागि प्रस्ताव गर्दछु । साथै उक्त कार्यक्रम सञ्‍चालन तथा सहभागिताको लागि आह्‍वान गर्दछु । --निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:४७, ४ जुन २०१९ (युटिसी(UTC))

कार्यक्रममा सहभागिता हुनको लागि

कार्यक्रम सम्बन्धी जानकारी

मितिः २०७६ जेठ २६ गते, आइतबार
समयः १०:०० देखि २:००
स्थानः गोदावरी बोटानिकल गार्डेन
सहभागीहरू: सम्पूर्ण फोटोवाकमा इच्छुक मित्रहरू

छलफल‍ तथा टिप्पणी

  • धन्यवाद @Nirmal Dulal: जी, यस प्रस्तावमा मेरो समर्थन छ। तर आइतवार दिन कार्यालय जानु पर्ने भएको हुँदा समय मिलाउन गाह्रो पर्ने जानकारी गराउँदछु। तसर्थ शनिवार (२५ गते)को दिन प्रस्तावित कार्यक्रमलाई मिलाउन सके सूनमा सुगन्ध हुने थियो। Nirajan pant (कुरा गर्ने) १४:५६, ४ जुन २०१९ (युटिसी(UTC))
  • शनिवार भएको अवस्थामा सहभागिता बढि हुने अनुरोध साथ समर्थन ।Nirjal stha (कुरा गर्ने) १५:४५, ४ जुन २०१९ (युटिसी(UTC))
  • यो फोटोवाक भनेको के हो? मलाई स्पष्टसँग बुझाइदिनुहुन अनुरोध गर्दछु।-हिमाल सुबेदी (कुरा गर्ने) ०२:२९, ५ जुन २०१९ (युटिसी(UTC))
फोटोवाक भनेको कुनै स्थानको भ्रमण गरेर उक्त स्थानबाट विकिप्रोजेक्टको लागि उपयोगी हुने तस्वीरहरू खिचेर सङ्कलन गरी विकिमिडिया कमन्समा उचित तरिकाले उर्ध्वभरण गर्ने एउटा सानो कार्यक्रम हो। अहिले विकि लभ्स अर्थ कार्यक्रम चलिरहेको अवस्थामा गोदावरी बोटानिकल गार्डेनमा रहेका प्रकृतिका विविध अवयवहरूको तस्वीर खिच्ने र विकिमिडिया कमन्सको माध्यमबाट संसार सामू पुर्‍याउने उद्देश्य प्रस्तावित फोटोवाकको रहेको छ। Nirajan pant (कुरा गर्ने) ०३:३७, ५ जुन २०१९ (युटिसी(UTC))
  • सबै आवश्यकता भन्दा माथिको बखवास

Bhupendra Shrestha (कुरा गर्ने) १३:५५, २० जुन २०१९ (युटिसी(UTC))

मासिक बैठक सम्बन्धमा

नेपाली विकिपिडियाको समसामयिक विषयहरूमा छलफल गर्ने हेतु हरेक महिनाको अन्तिम शनिवार राति ९ देखी १० बजेसम्म १ घण्टाको सामाजिक सञ्जाल मार्फत बैठक गर्नको लागी प्रस्ताव गर्दछु । Nirjal stha (कुरा गर्ने) १२:२१, २४ जुन २०१९ (युटिसी(UTC))

समर्थन

  • यस प्रस्तावमा मेरो  समर्थन छ। मासिक रूपमा हुने यस्ता बैठकहरूले महिना भरि भएका गतिविधिहरूको समीक्षा तथा आगामी कार्यदिशामा छलफलको लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मेरो पूर्ण विश्वास छ।--Nirajan pant (कुरा गर्ने) १४:५८, २४ जुन २०१९ (युटिसी(UTC))
  • मेरो पूर्ण  समर्थन छ । यसले विकिपिडियाको विकासमा मद्दत गर्नेछ ।- Saroj Uprety (कुरा गर्ने) १६:४८, २४ जुन २०१९ (युटिसी(UTC))
  • यस प्रस्तावको मेरो पूर्ण  समर्थन रहेकोछ । यसले विकिपिडियाको विकासमा मात्र मद्दत गर्ने हैन विकिपिडियाका प्रयोगकर्ता बीचको आत्मियता, अन्तरसम्बन्ध तथा विचारको आदानप्रदानमा सहजता ल्याई सही मार्गप्रसस्त गर्न पनि योगदान गर्नेछ। नेपाली विकिपिडियाको विकासमा यसले सकारात्मक उर्जा दिनेछ। - दीपक कथित (कुरा गर्ने)
  • मेरो पनि पूर्ण  समर्थन छ ।--BRP ever ०७:१८, २५ जुन २०१९ (युटिसी(UTC))
  • मेरो पनि पूर्ण  समर्थनNawaraj Ghimire (कुरा गर्ने) ०७:३०, २५ जुन २०१९ (युटिसी(UTC))
  • यस प्रस्तावमा मेरो  समर्थन छ।--Janak Bhatta (कुरा गर्ने) ०१:५५, २७ जुन २०१९ (युटिसी(UTC))
  • पूर्ण  समर्थन छ ।-Nabin K. Sapkota (कुरा गर्ने) ०४:१९, २७ जुन २०१९ (युटिसी(UTC))
  • मेरो पनि पूर्ण  समर्थन छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५६, २७ जुन २०१९ (युटिसी(UTC))
  • मेरो पनि पूर्ण  समर्थन छ ।सरोज(Saroj) (कुरा गर्ने) १०:५९, २७ जुन २०१९ (युटिसी(UTC))
  •  समर्थन — तुल्सी भगत (योगदान | वार्ता) ११:२३, २७ जुन २०१९ (युटिसी(UTC))
  • यस प्रस्तावमा मेरो  समर्थन छ। Sandeep Raut (कुरा गर्ने) १६:१६, २७ जुन २०१९ (युटिसी(UTC))

असमर्थन

छलफल

कुरो त राम्रै हो तर यस नेपाली विकिपिडियामा फेसबुक र गुगल विरोधहरू पनि छन्, त्यसैले अन्य कुनै सञ्जालमा हुन्छ भने म पनि इच्छुक -हिमाल सुबेदी (कुरा गर्ने) १३:०२, २४ जुन २०१९ (युटिसी(UTC))

  • नियमित छलफल गर्ने प्रस्ताव प्रसंसनीय छ। छलफल (प्रस्ताव र निर्णय सबै)को रेकर्ड राख्ने र प्रकाशित पनि गर्ने काम सुरु देखि नै होस्। एजेण्डा पहिल्यै तय हुन सके अझै राम्रो। जुन मञ्च सजिलो हुन्छ त्यसैमा गर्दा हुन्छ, कुनै आपत्ति छैन, सबैलाई सजिलो हुने चैं हुनुपर्छ।-Ganesh Paudel (कुरा गर्ने) ०५:४३, २५ जुन २०१९ (युटिसी(UTC))
बैठकको सम्पूर्ण छलफललाई इथरप्याड मा रेकर्ड राखि समुदायको पेजमा राखिनेछ भने छलफल गरिने विषय तथा एजेन्डा पहिला नै जानकारी हुने व्यवस्था गरिनेछ व्यहोरा अवगत गराउन चाहन्छु। Nirjal stha (कुरा गर्ने) ०७:०८, २५ जुन २०१९ (युटिसी(UTC))
  • यस बैठकको मुख्य उदेश्य के हो? किन गर्न खोजिँदै छ र उपलब्धि के के हुनेछन् ,कहिले र कुुन मञ्चमा यो सञ्चालन हुँदै छ कृपया प्रष्ट पारिदिनु होला।पर्वत सुबेदी (कुरा गर्ने) ०३:०९, २७ जुन २०१९ (युटिसी(UTC))

प्रयोगकर्तालाई निषेध गर्ने

प्रयोगकर्ता हिमाल सुबेदीले वार्ता पृष्ठमा व्यक्तिगत आरोप तथा सम्मानमा आँच आउने प्रकारको शब्द प्रयोग गर्नुको साथै सामाजिक सञ्जालमा समेत अपशब्दको प्रयोग गरी सन्देश लेखेकोले गर्दा उक्त प्रयोगकर्तालाई हाल निषेध गरिएको १ दिनको निषेध अवधीलाई बढाएर १ महिना गर्नको लागी प्रस्ताव गर्दछु ।

  •  असमर्थन व्यक्तिगत स्वार्थ र मनपरि रुपमा कुनै एउटा प्रबन्धकले आफ्नो अधिकारीको दुरुपयोग गरि एउटा सक्रिय र क्रियाशील प्रयोगकर्तालाई प्रतिबन्ध लगाउनु कहाँको न्यायोचि कार्य हो ?? यो सबैको साझा सम्पादन थलो हो । सबैको विचार यस विकि भुमिमा समावेश गर्न सकिन्छ । त्यसैले एउटा असल प्रबन्धकले ती कुरामा ध्यान दिनु पर्ने हो, त्यसैले पनि Nirjal भन्ने प्रबन्धकले हिमाल सुवेदिलाई प्रतिबन्ध लगाउनु एउटा गलत तथा आफैमा लाजमर्दो कुरो हो । गणतन्त्र आइसकेको भनिएको देश अझ त्यसमाथि स्वतन्त्र भनिएको एउटा क्षेत्र विकिपिडियामा व्यक्तिगत सन्तोषका लागि Nirjal stha ले हिमाल सुवेदीलाई एक महिना प्रतिबन्ध लगाउँछु भन्नू तानाशाहीबाढी शासन व्यवस्था जस्तो भएन र । पछिल्लो समय नेपाली विकिपिडियाका प्रबन्धकहरूको मात्र विकि परियोजनामा केन्द्रीत ध्यान रहेको अवस्थामा विकिपिडियाको गुणस्तर वृद्धिमा लागि परेका हिमाल सुवेदीलाई प्रतिबन्ध लगाउनु साच्चैनै एउटा बाँदरको कथा जस्तो भएनर महासय । जस्तो कि बाँदरले आफुले पनि केही काम गर्दैन अनि अरुले कुनै राम्रो काम गर्यो भने पनि गर्न दिदैन । त्यसैले यस कथाको आशय जस्तो नभएर महासय Nirjal stha जी हिमाललाई प्रतिबन्ध नलगाउदानै उचित हुनेछ । हतारमा निर्णय लिनु भएछ , अलि ध्यान पुर्याएर मात्र यस्तो प्रतिबन्ध जस्तो निर्णय लिनुहोला ।

Bhupendra Shrestha (कुरा गर्ने) १५:३२, २७ जुन २०१९ (युटिसी(UTC))

Bhupendra Shrestha जी, तपाईँको योगदान नेपाली विकिपिडियामा सराहनीय छ। तर किपिडियाको मान्यता (व्यक्तिगत प्रहार गर्न पाइनेछैन्) नबिर्सनुस्। आवेशमा नआईकन सभ्य भाषामा आफ्नो विचार राखेर छलफलमा सहभागी हुन आग्रह गर्दछु। Nirjal stha जी को कुरा गर्दा उहाँ तपाईँ भन्दा निकैे नै अनुभवी विकिमिडियन हुन्। यसरी व्यक्तिगत सम्मान आँच आउने गरी कुरा नगर्दा वेश होला।--Nirajan pant (कुरा गर्ने) १५:४७, २७ जुन २०१९ (युटिसी(UTC))
Nirajan pant जी मलाई थाहा छ Nirjal stha जी एक विकिपिडियाको पुराना र अनुभवी सम्पादक हुन् । उनले अनेका किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकि कार्यक्रमहरूको पनि मज्जाले स्वाद चाखि सकेका छन् । यो हो कि मैले उनलाई सम्मान नगरेको हैन मैले चलचित्र हेर्दै वार्तालाप टाइपिङ गरेको छु । हतारमा टाइपिङ गर्दा Nirjal sthaको नाम पछाडि जी थाप्न सकिरहेको छैन ।

Bhupendra Shrestha (कुरा गर्ने) १५:५३, २७ जुन २०१९ (युटिसी(UTC))

जी थप्दैमा भाषा शिष्ट र मर्यादित हुने होइन। पनि Nirjal भन्ने प्रबन्धकले, व्यक्तिगत सन्तोषका लागि Nirjal stha ले, र प्रतिबन्ध लगाउँछु भन्नू तानाशाहीबाढी शासन व्यवस्था जस्ता वाक्यहरू कदापि मर्यादित छैनन् र यी सबै निराधार छन्। आधार भए आधार सहित विचार राख्नुहोस्--Nirajan pant (कुरा गर्ने) ०३:५३, २८ जुन २०१९ (युटिसी(UTC))
वार्तापृष्ठमा भएको सम्वादको शृङ्खला हेर्दा विकिपिडियाको मान्यता विपरित (व्यक्तिगत प्रहार गर्न पाइनेछैन्) हिमाल सुबेदीद्वारा ठाडो भाषा तथा व्यक्तिगत सम्मानमा आँच पुग्ने शब्दावलीहरूको प्रयोग गरेको देखिन्छ। विगतमा पनि यस्ता क्रियाकलापहरू देखिएको हुँदा अब देखि यस्ता क्रियाकलापहरू नदोहोरिउन। सम्मानपूर्वक विकिपिडियामा छलफल गरी समस्याको निर्योल निकाल्दा राम्रो हुन्छ।--Nirajan pant (कुरा गर्ने) १५:३९, २७ जुन २०१९ (युटिसी(UTC))


खै Nirjal को वार्तालाप पृष्ठमा त त्यस्तो कुनै असामान्य तर्कहरू देखिदैन त । अनि कुन अर्थ वा कारणमा Nirjal ले हिमाललाई प्रतिबन्ध लगाउदै छन् । मलाई लाग्दैछ कि यो प्रतिबन्ध लगाउने एक नियोजित योजना हो ।

Bhupendra Shrestha (कुरा गर्ने) १५:४६, २७ जुन २०१९ (युटिसी(UTC))

Bhupendra Shrestha जी सम्पादन युद्ध सम्बन्धी विकिपिडियाको मान्यता हेर्नुहोला।--Nirajan pant (कुरा गर्ने) १५:४९, २७ जुन २०१९ (युटिसी(UTC))
यो प्रकारको वार्ता हुँदा प्रयोगकर्ता निषेधित नहुने हो भने प्रयोगकर्ताले जस्तो शब्दको प्रयोग गरे पनि हुन्छ । समुदायको मूल्य, मान्यता विपरित यहाँ अहिले समुदायको छलफलमा गलत शब्दको प्रयोगको पराकाष्ठा भएको छ । Nirjal stha (कुरा गर्ने) १५:५३, २७ जुन २०१९ (युटिसी(UTC))
@Bhupendra Shrestha: जी, तपाईको लेखाई व्यक्तिगत हुँदै गई रहेको जानकारी दिन चाहन्छु । यस सिमा भन्दा अगाडी बढ्नु भएको खण्डमा तपाई माथि पनि निषेध हुन सक्ने जानकारी गराउदछु । Nirjal stha (कुरा गर्ने) १५:५७, २७ जुन २०१९ (युटिसी(UTC))
भै हाल्छ समयको बर्बाद गरेर यस्तो तरिकामा (योगदानको कुनै कदर नहुने) नेपाली विकिपिडियामा सम्पादन गरिरहनु भन्दा अवस्य पनि मलाई निषेध गरेपनि मलाई कुनैपनि दुविधा हुने छैन । किनकि म नेपाली विकिपिडियाबाट टाढा हुन चाहान्छु । त्यसैले मेरो यस बिचारमा तपाईंको कार्यले थप मद्दत पुग्ने थियो । यसमा मेरो कुनै असन्तुष्टि पैदा हुने छैन ।

Bhupendra Shrestha (कुरा गर्ने) १६:०५, २७ जुन २०१९ (युटिसी(UTC))

सबैजना विकिपिडियामा स्वयसेवक नै हो । सबैले आफ्नो अमूल्य समय निकालेर विकिपिडियाको सेवा गर्ने हो । त्यसैले कसैले पनि समुदायको मूल्य तथा मान्यतालाई आँच आउने तरिकाले कुरा गरेको समुदायमा अपाच्य हुने छ । यो कुरा मनन होस् । Nirjal stha (कुरा गर्ने) १६:१०, २७ जुन २०१९ (युटिसी(UTC))
@Bhupendra Shrestha: ज्यू, हामी स्वतन्त्र रूपमा यहाँ विकिपिडिया सम्पादन तथा कुनै पनि छलफलमा सभ्य रहेर त्यसमा सहभागी हुने गरेका छौँ। जहाँसम्म तपाईको स्वतन्त्रताको कुरा छ त्यो तपाईले जुनसुकै समय यस विकिपिडियामा प्रयोग गर्नसक्नुहुन्छ र तपाईले त्यसको प्रयोग पनि गर्नुभएको छ जस्तै यस प्रस्तावमा असमर्थन जनाएर तर असमर्थन पछि तपाईले एक प्रयोगकर्तालाई व्यक्तिगत रुपमा लक्षित गरेर प्रहार गर्नुभएको र सम्पादन युद्धमा संलग्न भएको देख्दछु। विषयवस्तु तथा छलफलको माग अनुसार आफ्नो पक्ष राख्नु स्वाभाविक हो तर त्यस छलफलमा कुनै प्रयोगकर्तालाई मुछ्नु उपयुक्त हैन। तपाईलाई चित्त नबुझेको कुनै पनि विषयको लागि हामी चौतारीमा छलफल सुरु गर्न सक्छौँ तसर्थ अब उपरान्त तपाईले आफूलाई व्यक्तिगत आक्रमण तथा सम्पादन युद्धबाट टाढा राख्नुहुनेछ भनि मैले आश लिएको छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२१, २७ जुन २०१९ (युटिसी(UTC))
  • एक महिना निषेध गर्न समर्थन। यो गतिविधिले विकिपिडियाको मर्यादामा नराम्रो प्रभाव परेकोले--BRP ever २२:४२, २७ जुन २०१९ (युटिसी(UTC))
यस्ता छलफलहरूमा भाग नलिऊँ भन्छु तर मन मान्दैन। म आफैँ नेपाली विकिपिडियामा नयाँ छु, भर्खरै केही सिक्न प्रयन्त गर्दैछु र यहाँहरूसँग चौतारीमा कतै मत बझाउँदै त कतै असहमतिका स्वरहरू उछाल्दै गर्दा कताकता मलाई अप्ठ्यारो पनि लाग्छ। तर मान्छेको स्वभाव कहीँ पनि नजाँदोरहेछ। आफूलाई लागेका कुराहरू व्यक्त गर्न मन लागिहाल्छ। अन्यथा त्यसले आफैँलाई पिरोल्छ। म यहाँहरूसँग मेरा केही कुराहरू राख्ने अनुमति माग्दछु। सुरूमै कहीँ गल्ती भएमा क्षमाको लागि याचना पनि गर्दछु।
एउटा समुदायमा फरकफरक ठाउँबाट, समाजबाट र फरकफरक संस्कृति भएका मानिसहरू भेला हुन्छन्। यस्तो समुदायमा केही कुरामा वादविवाद हुनु, सहमति, असहमति हुनु समर्थन र विरोध हुनु स्वभाविक हो। एउटा परिवारमा त यस्तो हुन्छ भने समुदाय त धेरै परिवारको पनि परिवार भएकोले यस्तो हुनु हामीले सामान्यरूपमा नै लिनुपर्छ। जीवित समुदायमा यस्तो हुनु भनेको सिर्जनशीलता र गतिशीलताको प्रमाण पनि हो। तर समाजमा आफ्नो मान्यता राख्दा, आफ्नो कुरा राख्दा, आफ्ना तर्क राख्दा अरूको आत्मसम्मान र प्रतिष्ठामा आँच नआओस् भनेर विचार गर्नु पर्ने हुन्छ। विकिपिडियामा मात्र हैन जुनसुकै समुदायमा पनि यो कुरा ध्रुवसत्य नै हो। हामीले राख्ने विचारहरू, मतहरू, तर्कहरू सभ्य भाषामा हुनुपर्‍यो। शिष्ट हुनुपर्‍यो। लक्षित व्यक्तिलगायत अरू समुदायलाई पनि पच्ने हुनुपर्‍यो। सायद यो कुरामा कसैको पनि दुईमत नहोला।
यहाँ म साथीहरूको तर्क, विचार, मान्यताहरू हेरिरहेको छु र आफूलाई नलेखी बस्न दिइरहेको छैन। यही छलफलमा प्रयोग भइरहेका शब्दहरू पनि मर्यादित छैनन्। एउटा प्रबन्धकलाई '...भन्ने प्रबन्धक' भन्नु, बाँदरसँग तुलना गर्दै प्रत्यक्ष अप्रत्यक्षरूपमा 'आफू पनि केही नगर्ने अरूलाई पनि केही गर्न नदिने' भन्नु शिष्ट भाषा हुँदै होइन। कुनै पनि समुदायमा वा कार्यलयमा बाहिरबाट हेर्दा एउटा कार्यलय सहयोगीले गर्ने काम त्यहाँका प्रबन्धकले गर्ने कामभन्दा बढी देखिन सक्छ। अथवा फिजिकल्ली हेर्दा त्यस्तो देखिन्छ। तर प्रबन्धकले समग्र समुदाय वा कार्यलय व्यवस्थापनका लागि गर्ने सम्पूर्ण कार्य र उदरदायित्व वा जिम्मेवारीलाई हामीले कम आँक्न मिल्दैन। यसैको आधारमा प्रबन्धकले कामै गर्दैन कार्यलय सहयोगीले मात्र गर्छ भन्नु कत्तिको न्यायोचित होला? प्रबन्धकहरूमाथि औँला ठड्याउन सकिएला तर यसरी औँला ठड्याउँदा पनि हामीले प्रयोग गर्ने भाषा शिष्ट हुनुपर्छ र देख्ने सुन्नेहरूले पनि पचाउने हुनुपर्छ। यसैले म यहाँहरू सबैलाई यो निवेदन गर्छु कि हामीले प्रयोग गर्ने भाषा शिष्ट होस् कम्तिमा अरूले देख्दा वा सुन्दा आँखा छोप्ने वा काम थुन्न वाध्य नहोस्।
जहाँसम्म कसलाई प्रतिबन्ध लगाउने, कति लगाउने भन्ने सबाल छ यो चाहिँ प्रबन्धकहरू बसेर छलफल गर्नुस्। न्यायसङ्गतरूपमा कसैलाई मर्का नपर्ने गरी पाइला चाल्नुस्। दीपक कथित (कुरा गर्ने)


 असमर्थन हिमाल जीले गरेको वार्तालाप गलत हो। भाषा अशिष्ट भए पनि एक महिना प्रतिबन्ध ठीक छैन। यसपटक चेतावनी मात्र दिँदा बेस हुन्छ। निर्जल जीले व्यक्तिगत रिसइवी साँध्न गरेको प्रतिवन्ध झनै निन्दानीय छ। पावर देखाको जस्तो भएन र? छलफल नगरी किन कारवाही गर्नु भयो त? -DULAL (मसँग कुरा गर्नुहोस्) १३:५१, २८ जुन २०१९ (युटिसी(UTC))
@Krish Dulal: जी विकिपिडियाको नियम विपरीत रहेको कुरा गर्दा छोटो समयको लागि ब्लक गरेर छलफल सुरू गर्ने त प्रबन्धकको जिम्मेवारी हो। "व्यक्तिगत रिसइवी" को कुरा प्रस्ट पार्न अनुरोध छ। यहाँ भएका उदाहरणहरू हेर्नुहोस्। तपाईलाई किन "पावर देखाको" जस्तो लागो? छलफल नगरी कारवाही गरेको छैन, यो त कारबाहीको प्रस्ताव हो।--BRP ever १४:०७, २८ जुन २०१९ (युटिसी(UTC))
@Krish Dulal: जी, कृपया व्यक्तिगत रिसिवी साधेको भन्ने भनाई प्रष्ट पार्न अनुरोध गर्दछु । साथै जुन विषयमा चौतारीमा छलफल भई रहेको छ, सो मा छलफल विपरित जानाजानी सम्पादन गर्नु तथा यस सम्बन्धमा एउटा सम्पादकलाई अन्तिम चेतावनी अवहेलना गरी सम्पादन गर्नु सहि हो । तथा यस सम्बन्धमा भाषा अशिष्ट होइन, व्यवहारको कुरा हो भएकोले पावर देखाएको भनी व्यक्तिगत आरोप नलगाउनु हुन अनुरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) १४:१२, २८ जुन २०१९ (युटिसी(UTC))
यहाँ लेख्नुभन्दा लेख लेख्न रुचाउँछु म। स्पष्ट कुरालाई किन स्पष्टीकरण दिनु। उमेर र ज्ञान अनुसार मानिसको सोचाइ फरक हुन्छ। म स्पष्ट छु धन्यवाद। -DULAL (मसँग कुरा गर्नुहोस्) १४:२८, २८ जुन २०१९ (युटिसी(UTC))
सबैले विकिपिडियामा सम्पादन गर्न रूचाउने नै हो । यदि प्रबन्धकको यस्तो अवस्था छ भने सम्पादकहरूमा हुनु स्वभाविक हो । व्यक्तिगत मानसिकता अन्यमा नलादन आग्रह । Nirjal stha (कुरा गर्ने) १४:३६, २८ जुन २०१९ (युटिसी(UTC))
@Krish Dulal: जी छलफलमा "निर्जल जीले व्यक्तिगत रिसइवी साँध्न गरेको प्रतिवन्ध झनै निन्दानीय छ। पावर देखाको जस्तो भएन र?" भनेपछि त्यो आरोपको कुनै प्रमाण या स्पष्टीकरण त प्रदान गर्नु पर्छ। विकिपिडियामा मानिसको सोचाइ उसको उमेर र ज्ञानमा नभएर उसले लेखेको कुरामा देखिने गर्छ। धन्यवाद।--BRP ever १५:१७, २८ जुन २०१९ (युटिसी(UTC))
@Krish Dulal: जी, छलफल नगरी किन कारवाही गर्नु भयो त? भन्ने प्रश्नको कुरा गर्दा यो एक पटक घटित भएको घटना होइन। पटक पटक विभिन्न सम्पादकहरू माथि भएको व्यक्तिगत प्रहार र संलग्न सम्पादन युद्धको नतिजा स्वरूप यो कारवाही भएको मेरो बुझाई छ। अनि उहाँको योगदानको कदर स्वरूप नै यो भन्दा पहिलेका विषयमा कारवाही नगरिएको हो।--Nirajan pant (कुरा गर्ने) १६:१३, २८ जुन २०१९ (युटिसी(UTC))
  • विगत केही दिनमा मेरो विचार र भनाइहरूले प्रबन्धक मित्रहरूको सम्मानमा अाँच आएको छ, म यसका लागि सबैसँग माफ माग्छु र आइन्दा यस्तो हर्कत दोहोराउने छैन, एकपटक र अन्तिम पटक मलाई माफ गरिदिनु होला, अाज देखि म राम्रो सम्पादन मात्र गर्ने छु कसैलाई व्यक्तिगत प्रहार र आक्षेप लगाउने छैन, कुरो प्रतिबन्धको आउँदा खेरी समुदायबाट समर्थन अायो भने म भागिदार हुन तयार छु। र मलाई अाषा छ मैले अन्तिम पटक माफ पाउने छु, धन्यवाद शुभ सम्पादन-हिमाल सुबेदी (कुरा गर्ने) १६:४७, २८ जुन २०१९ (युटिसी(UTC))