संयुक्त राष्ट्रसङ्घको वडापत्रको पाँचौँ अध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

संयुक्त राष्ट्रसंघको बडापत्रको पाँचौँ अध्यायमा संयुक्त राष्ट्र सुरक्षा परिषद् स्थापना गर्ने प्रावधान छ।

धारा २३ ले [१] पाँच स्थायी सदस्यहरू ( चीन गणतन्त्र, ( हालमा जन गणतन्त्र चीन ), फ्रान्स, सोभियत संघ, संयुक्त अधिराज्य, र संयुक्त राज्य अमेरिका ) र महासभाबाट निर्वाचित १० अस्थायी सदस्यहरुको १५ सदस्यीय सुरक्षा परिषदको निर्माण गर्छ । अस्थायी सदस्यहरूले दुई वर्ष कार्यकालको लागि निर्वाचित हुन्छन् र तुरून्त पुनः निर्वाचित हुन सक्दैन।यी अस्थायी सदस्यहरूको छनौट प्रक्रियामा यस सन्धिले "महासभाले राष्ट्रसंघका सदस्यमध्येबाट १० जनालाई सुरक्षा परिषद्को सदस्य छान्नेछ । यसरी छान्दा प्रथमत: अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्न तथा संघका अरू उद्देश्य पूरा गर्न संयुक्त राष्ट्रका सदस्यहरूले दिएको योगदान बारे विशेष रूपले, र न्यायसङ्गत भौगोलिक वितरण बारे पनि समुचित ध्यान दिन। "आह्वान गर्दछ।

धारा २४ अनुसार "संयुक्त राष्ट्रसंघबाट छिटो र प्रभावकारी कारवाई गराउन यसका सदस्यहरूले अन्तर्राष्ट्रिय शान्ति सुरक्षाकायम राख्न सुरक्षा-परिषद्लाई प्राथमिक उत्तदायित्त्व दिएका छन् तथा यस उत्तरदायित्त्व अन्तर्गत आफ्नो कर्तव्य पालन गर्दा सुरक्षा-परिषद्ले तिनीहरूको निमित्त काम गर्छ भन्ने कुरामा सहमत छन्।"

धारा २५ अनुसार "संयुक्त राष्ट्रका सदस्यहरू वर्तमान बडापत्र अनुसार सुरक्षा परिषद्को निर्णय स्वीकार गर्न र पालन गर्न सहमत छन्।", यो जुन कुनै देशले आफ्नो क्षेत्राधिकार स्वीकार गरेपछि विश्व अदालतको निर्णयहरू बाहेक अन्य कुनै पनि संयुक्त राष्ट्रसंघीय निकायको निर्णयको सम्बन्धमा लागू हुँदैन भन्ने जनादेश हो ।

धारा २६ ले निसस्त्रीकरण सम्बन्धी  विचारको समर्थन गर्छ:

संसारका मानवीय तथा आर्थिक साधनहरूको युद्ध सामग्रीहरूको निर्माणमा सकेसम्म कम प्रयोग गरेर अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्न तथा तिनको संस्थापना वृद्धि ल्याउन युद्ध सामग्रीहरूको नियमन प्रणाली बसाल्न संयुक्त राष्ट्रसंघका सदस्यहरूलाई पेश गरिने योजनाहरू धारा ४७ मा निर्दिष्ट गरिएको सैनिक-स्टाफ समितिको सहायताले तयार गर्न सुरक्षा परिषद् उत्तरदायी हुनेछ।

धारा २७[सम्पादन गर्ने]

धारा २७ ले सुरक्षा परिषदको मतदान प्रक्रिया तोकेको छ। कार्यपद्धति सम्बन्धी विषयमा सुरक्षा परिषद्का निर्णय सबै पाँच स्थायी सदस्यहरू सहित ९ सदस्यको एक सकारात्मक मतले गरिनेछ।

१९६५ को संशोधन[सम्पादन गर्ने]

मूलतः, संयुक्त राष्ट्र सुरक्षा परिषद्का ११ सदस्यहरू थिए, जसमा निर्णयको लागि पाँच स्थायी सदस्य सहित ७ सात जनाको सहमति आवश्यक हुन्थ्यो। १९६५मा यस संस्थाको सदस्यता बढ्दै जाँदा , बडापत्रलाई संशोधन गरि सुरक्षा परिषदको सदस्य १५ सदस्यमा विस्तार गरियो, जसमा निर्णय गर्न पाँच स्थायी सदस्य सहित ९ जनाको सहमति आवश्यक हुन्थ्यो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]