संयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकार

संयुक्त राष्ट्र सुरक्षा परिषद "भिटो अधिकार" भनेको संयुक्त राष्ट्र सुरक्षा परिषद् को स्थायी सदस्य ( चीन, फ्रान्स, रूस, संयुक्त राज्य र संयुक्त राज्य अमेरिका)को "प्रक्रियात्मक" निर्णय बाहेक अन्य कुनै पनि निर्णयलाई भिटो गर्ने अधिकार हो। यद्यपि स्थायी सदस्यको बहिस्कार वा अनुपस्थितिलाई भिटोको रुपमा गणना गरिदैन।[१] "प्रक्रियात्मक" निर्णय (जस्तै बैठकको एजेन्डा परिवर्तन गर्ने वा गैर-सदस्यलाई सुरक्षा परिषद् बैठकमा बस्न आमन्त्रित गर्ने निर्णय[२][३]) लाई भिटो गर्न सकिँदैन। स्थायी सदस्यले महासचिवको छनोट पनि रोक्न सक्छ।
भिटो एक विवादास्पद अधिकार हो। यसका पक्षधरले यसलाई "अन्तर्राष्ट्रिय स्थायित्वको प्रवर्तक, [४] सैन्य हस्तक्षेप विरुद्धको जाँच, [५] र अमेरिकी प्रभुत्व बिरूद्धको महत्वपूर्ण सुरक्षा"को रूपमा लिन्छन्। [६] आलोचकहरू भिटोलाई संयुक्त राष्ट्रको सबैभन्दा अप्रजातान्त्रिक तत्व मान्छन्, [७] साथै युद्ध अपराध र मानवता विरुद्धको अपराधमा संयुक्त राष्ट्रसंघको निष्क्रियताको मुख्य कारण पनि भिटो अधिकार नै हो किनकि यसले स्थायी सदस्यहरू र उनीहरूका सहयोगीहरूका विरुद्ध संयुक्त राष्ट्रको कार्यवाहीलाई प्रभावकारी रूपमा काम गर्न रोक्दछ। [८]
संयुक्त राष्ट्रसंघीय बडापत्र
[सम्पादन गर्नुहोस्]भिटो अधिकार सम्बन्धी व्यवस्था संयुक्त राष्ट्रसङ्घको वडापत्रको धारा २७ मा उल्लेख छ
प्रयोग
[सम्पादन गर्नुहोस्]इतिहास
[सम्पादन गर्नुहोस्]१९४६ देखि १९६९ सम्म, सुरक्षा परिषद्को बहुमत मत संयुक्त राज्य अमेरिकाको गठबन्धनसँग थियो, त्यसैले अमेरिकाले कुनै भिटो प्रयोग गरेन किनभने यसले प्रत्येक मत जित्ने गरेको थियो। हाल सम्मको भिटोहरू मध्ये ९३% भिटोको प्रयोग सोभियत संघले गरेको छ। पश्चिमा बहुमतको प्रस्तावलाई रोक्न सोभियत्ले भिटो प्रयोग गतेको थियो। फ्रान्स र संयुक्त अधिराज्यले कहिलेकाहीं आफ्नो औपनिवेशिक हितको रक्षा गर्न भिटो प्रयोग गर्थे (जबकि फ्रान्सले मात्र फेब्रुअरी ६, १९७६ मा एक पटक मात्र भिटो प्रयोग गरेको थियो), र गणतन्त्र चीनले एक पटक मात्र भिटो प्रयोग गरेको छ।
१९६० को दशकमा उपनिवेशीकरणको अन्त्यले संयुक्त राष्ट्र संघको सदस्यता विस्तार गर्दै जाँदा पश्चिमी बहुमत क्षय हुँदै गयो। तेस्रो विश्वका नयाँ स्वतन्त्र देशहरूले बारम्बार पश्चिमी शक्तिहरूको विरुद्धमा मतदान गरे, जसले गर्दा संयुक्त राज्य अमेरिकाले भिटोको सहारा लिन बाध्य भयो।[९]
महासचिवको छनोट
[सम्पादन गर्नुहोस्]संयुक्त राष्ट्र संघको महासचिव सुरक्षा परिषद्को सिफारिसमा महासभाद्वारा नियुक्त गरिन्छ। त्यसकारण, महासचिवको चयनलाई रोक्न भिटो शक्ति प्रयोग गर्न सकिन्छ।[१०]
देश अनुसार विश्लेषण
[सम्पादन गर्नुहोस्]चीन (गणतन्त्र चीन/ जनवादी गणतन्त्र चीन)
[सम्पादन गर्नुहोस्]१९४६ र १९७१ को बीचमा, सुरक्षा परिषद्मा चिनियाँ स्थान गणतन्त्र चीनको हातमा थियो, जसको राष्ट्रवादी सरकारले १९४९ मा चिनियाँ गृहयुद्ध हारेपछि ताइवान भागेको थियो। गणतन्त्र चीनको पहिलो र एकमात्र भिटो १३ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्र संघमा मंगोलियाको प्रवेश रोक्न प्रयोग गरिएको थियो किनभने गणतन्त्र चीन सरकारले सम्पूर्ण मंगोलिया (वर्तमान रूसी गणराज्य टुभा सहित) लाई चीनको हिस्सा मानेको थियो। १९६१ मा सोभियत संघले मंगोलियालाई प्रवेश नदिइएसम्म नयाँ सदस्यहरूको थप सबै प्रवेशहरूलाई रोक लगाउने घोषणा गरेपछि मात्र मंगोलियाले सदस्यता पायो । चीनले मंगोलियाको प्रवेशलाई भिटो लगाउने भएपछि १९६० मा सोभियत संघले मौरिटानियाको सदस्यतालाई भिटो लगायो। १२ वटा अफ्रिकी देशले गणतन्त्र चीनलाई उसले आफ्नो भिटो खारेज नगरे गणतन्त्र चीनको सट्टा जनवादी गणतन्त्र चीनको पक्षमा भोट गर्ने खबर गरे। यस दबाबको सामना गर्दै, चीन गणराज्यले विरोधमा हार मान्यो।[११]
१९७१ मा, चीन गणराज्यलाई संयुक्त राष्ट्र संघबाट निष्कासन गरियो, र चिनियाँ स्थान जनवादी गणराज्य चीनमा हस्तान्तरण गरियो। पीआरसीले आफ्नो भिटोको पहिलो प्रयोग २५ अगस्ट १९७२ मा बंगलादेशको संयुक्त राष्ट्र संघमा प्रवेश रोक्नको लागि गरेको थियो, जसले बंगलादेशको संयुक्त राष्ट्र संघमा प्रवेश १९७४ सम्म स्थगित गर्यो। १९७१ देखि २०११ सम्म, चीनले आफ्नो भिटो प्रयोग कम गर्यो, चिनियाँ हितसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका प्रस्तावहरूमा भिटो प्रयोग गर्नुको सट्टा अलग रहन रुचायो।[१२] १९७१ देखि १९७६ सम्म सुरक्षा परिषद्को ३०% प्रस्तावहरूमा चीनले अनुपस्थितिलाई "कलाको रूप"मा परिणत गर्यो। [१३]:140 २०११ मा सिरियाली गृहयुद्ध सुरु भएदेखि, चीनले धेरै संयुक्त भिटोमा रूसलाई साथ दिएको छ। चीनले १९९९ पछि एक्लै भिटो प्रयोग गरेको छैन।.[१४]
फ्रान्स
[सम्पादन गर्नुहोस्]फ्रान्सले आफ्नो भिटो शक्तिलाई कमै प्रयोग गर्छ। सन् १९७६ मा कोमोरोसको स्वतन्त्रताको प्रस्तावलाई रोक्न एकतर्फी रूपमा भिटो प्रयोग गरेको एक मात्र समय थियो, जुन मायोट टापुलाई फ्रान्सेली विदेशी समुदायको रूपमा राख्नको लागि गरिएको थियो।[१५] सन् १९५६ मा स्वेज संकटको समयमा इजिप्ट विरुद्ध इजरायली सेनाले गरेको सैन्य कारबाही तत्काल बन्द गर्न आह्वान गर्ने प्रस्तावलाई पनि फ्रान्स र बेलायतले भिटो गरेको थियो।[१५]
सन् १९८९ मा फ्रान्स, संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले पानामामा संयुक्त राज्य अमेरिकाको आक्रमणको निन्दा गर्ने प्रस्तावलाई भिटो गर्यो। २००३ मा, आसन्न इराकको आक्रमण सम्बन्धी प्रस्तावमा फ्रान्सेले भिटोको धम्की दियो जसकारण फ्रान्स र संयुक्त राज्य अमेरिका बीचको सम्बन्धमा तीक्तता आयो।[१६]
सोभियत संघ/ रसिया
[सम्पादन गर्नुहोस्]संयुक्त अधिराज्य
[सम्पादन गर्नुहोस्]संयुक्त राज्य
[सम्पादन गर्नुहोस्]विवाद
[सम्पादन गर्नुहोस्]आलोचना
[सम्पादन गर्नुहोस्]समर्थन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Engelhardt, Hanns (१९६३), "Das Vetorecht im Sicherheitsrat der Vereinten Nationen", Archiv des Völkerrechts 10 (4): 377–415, आइएसएसएन 0003-892X, जेएसटिओआर 40796759।
- ↑ Kelsen, Hans. “Organization and Procedure of the Security Council of the United Nations.” Harvard Law Review, vol. 59, no. 7, 1946, pp. 1087–121. JSTOR, https://doi.org/10.2307/1335164. Accessed 20 Aug. 2024.
- ↑ Padelford, Norman J. “The Use of the Veto.” International Organization, vol. 2, no. 2, 1948, pp. 227–46. JSTOR, http://www.jstor.org/stable/3030288. Accessed 20 Aug. 2024.
- ↑ Putin, Vladimir V. (११ सेप्टेम्बर २०१३), "What Putin Has to Say to Americans About Syria", The New York Times, "The United Nations’ founders understood that decisions affecting war and peace should happen only by consensus, and with America's consent the veto by Security Council permanent members was enshrined in the United Nations Charter. The profound wisdom of this has underpinned the stability of international relations for decades."
- ↑ "Wang Yi: China Is Participant, Facilitator and Contributor of International Order", Consulate-General of the People's Republic of China in Los Angeles, २७ जुन २०१५, "China's veto at the Security Council has always played an important role in checking the instinct of war and resisting power politics."
- ↑ "Veto right prevents UNSC from turning into 'rubber stamp' for US & allies – Churkin", RT International, १६ अक्टोबर २०१६।
- ↑ II. The Yalta Voting Formula, Author(s): Francis O. Wilcox, Source: The American Political Science Review, Vol. 39, No. 5 (Oct. 1945), pp. 943–956 Retrieved 5 May 2015 17:13 UTC
- ↑ Oliphant, Roland (४ अक्टोबर २०१६), "'End Security Council veto' to halt Syria violence, UN human rights chief says amid deadlock", The Telegraph।
- ↑ Urquhart, Brian (२०१४), Decolonization and World Peace, University of Texas Press, आइएसबिएन 9781477303306।
- ↑ Chesterman, Simon (२००७), "Introduction", in Chesterman, Simon, Secretary or General? The UN Secretary-General in World Politics, Cambridge: Cambridge University Press, पृ: ७।
- ↑ Clark, Keith Allan. “‘Imagined Territory: The Republic of China’s 1955 Veto of Mongolian Membership in the United Nations.’” The Journal of American-East Asian Relations, vol. 25, no. 3, 2018, pp. 263–95. JSTOR, https://www.jstor.org/stable/26549248. Accessed 12 Dec. 2025.
- ↑ Pei, Minxin (७ फेब्रुअरी २०१२), "Why Beijing Votes With Moscow", The New York Times, मूलबाट ४ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मे २०१९।
- ↑ Bosco, David L. (२००९), Five to Rule Them All: The UN Security Council and the Making of the Modern World, Oxford University Press, आइएसबिएन 9780195328769।
- ↑ UNPREDEP operations were terminated on 28 February 1999, after the Security Council did not renew the mandate of UNPREDEP due to a veto by China, a permanent Member of the Security Council. Record of the United Nations Preventive Deployment Force (UNPREDEP) (1995–1999) at the United Nations Archives अभिलेखिकरण १९ अप्रिल २०२२ वेब्याक मेसिन
- 1 2 "Subjects of UN Security Council Vetoes", Global Policy Forum, मूलबाट ९ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अप्रिल २०१३।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "iht2003" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन