सामग्रीमा जानुहोस्

सोताङ गाउँपालिका

सोताङ गाउँपालिका
सोताङ गाउँपालिका सोलुखुम्बु जिल्ला-को अवस्थिति
सोताङ गाउँपालिका
सोताङ गाउँपालिका
सोताङ गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
सोताङ गाउँपालिका
सोताङ गाउँपालिका
सोताङ गाउँपालिका नेपाल-को अवस्थिति
सोताङ गाउँपालिका
सोताङ गाउँपालिका
निर्देशाङ्क: २७°२८′१०″ उत्तर ८६°४७′२५″ पूर्व / २७.४६९४° उत्तर ८६.७९०३° पूर्व / 27.4694; 86.7903
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • अध्यक्षखिलराज बस्नेत (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षअञ्जु नाछिरिङ राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०३ किमी२ (४० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,०२५
 • घनत्व८८/किमी२ (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३८
केन्द्रसाविक सोताङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सोताङ गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[३][४] नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका सोताङ, गुदेलको वडा नं. (८ र ९) र पावै गाउँ विकास समितिहरूलाई समेटेर सोताङ गाउँपालिका बनाइएको थियो।[५] यसको क्षेत्रफल १०३ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको सोताङ गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा महाकुलुङ गाउँपालिका, पश्चिममा दुधकोशी र दुधकौशिका गाउँपालिका, उत्तरमा खुम्बु पासाङल्हामु गाउँपालिका तथा दक्षिणमा महाकुलुङ र थुलुङ दुधकोशी गाउँपालिकासम्म फैलिएको छ ।[६]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सोताङ गाउँपालिकाको कुल जनसङ्ख्या ९,०२५ रहेको छ भने यहाँ २,२९६ घरधुरी रहेका छन्।[२]

सोताङ गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१पावै (६–९)१,४९०१२.७५११६.८६
२पावै (१–५)७९४३२.३७२४.५२
३सोताङ (१–३)१,९९११२.१५१६३.८७
४सोताङ (६) र गुदेल (८, ९)१,९७७३५.१२५६.२९
५सोताङ (४, ५, ७–९)२,७७३१०.६१२६१.३६
जम्मा९,०२५१०३८७.६२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
  4. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  5. ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
  6. ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फाल्गुण २७।

बाह्य कडीहरू

[सम्पादन]