सामग्रीमा जानुहोस्

थुलुङ दुधकोशी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थुलुङ दुधकोशी गाउँपालिका
थुलुङ दुधकोशी गाउँपालिका को सोलुखुम्बु जिल्ला मा अवस्थिति
थुलुङ दुधकोशी गाउँपालिका
थुलुङ दुधकोशी गाउँपालिका
थुलुङ दुधकोशी गाउँपालिका को कोशी प्रदेश मा अवस्थिति
थुलुङ दुधकोशी गाउँपालिका
थुलुङ दुधकोशी गाउँपालिका
थुलुङ दुधकोशी गाउँपालिका को नेपाल मा अवस्थिति
थुलुङ दुधकोशी गाउँपालिका
थुलुङ दुधकोशी गाउँपालिका
निर्देशाङ्क: २७°२६′N ८६°४१′E / 27.44°N 86.68°E / 27.44; 86.68
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
  अध्यक्षअशिम राई नेकपा (माओवादी केन्द्र)
  उपाध्यक्षसविता राई नेकपा (माओवादी केन्द्र)
क्षेत्रफल
  जम्मा१४४.६ किमी (५५.८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१८,३५४
  घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३८
केन्द्रसाविक मुक्ली गाविसको कार्यालय
वेबसाइटthulungdudhkoshimun.gov.np

थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[][] नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका नेले, काङ्गेल, पञ्चन, जुबु, मुक्ली, देउसालोखिम गाउँ विकास समितिहरूलाई समेटेर थुलुङ दुधकोशी गाउँपालिका बनाइएको हो ।[] यसको क्षेत्रफल १४४.६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलुदुधकुण्ड नगरपालिकानेचासल्यान गाउँपालिका, उत्तरमा दुधकोशीसोताङ गाउँपालिका तथा दक्षिणमा खोटाङ जिल्लासम्म फैलिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार थुलुङ दुधकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १८,३५४ रहेको छ भने यहाँ ४,६२४ घरधुरी रहेका छन्।[]

थुलुङ दुधकोशी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
नेले२,४०२१६.४२१४६.२९
काङ्गेल१,७५०११.४४१५२.९७
पञ्चन१,४५६१६.२५८९.६०
जुबु (१–४, ९)१,३१६१२.२९१०७.०८
जुबु (५–८)१,९२११७.७५१०८.२३
मुक्ली२,२४४१५.१२१४८.४१
देउसा (४–७, ९)२,००३९.४२१३.०९
देउसा (१–३, ८)१,९७६१५.०८१३१.०३
लोखिम (१–९)३,२८६३०.८५१०६.५२
जम्मा१८,३५४१४४.६१२६.९३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  6. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]