उड्रो विल्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उड्रो विल्सन
अमेरिकाको २८औँ राष्ट्रपति
कार्यकाल
४ मार्च १९१३ – ४ मार्च १९२१
उपराष्ट्रपतिथामस आर मार्सल
पूर्वाधिकारीविलियम होवार्ड टाफ्ट
उतराधिकारीव्यारेन गामलियल हार्डिङ
न्यु जर्सीको ३४औँ गभर्नर
कार्यकाल
१७ जनवरी १९११ – १ मार्च १९१३
पूर्वाधिकारीजोन फ्रङ्क्लिन फोर्ट
उतराधिकारीजेम्स फिल्डर
कार्यकारी गभर्नरको रूपमा
प्रिन्स्टन विश्वविद्यालयको १३औँ अध्यक्ष
कार्यकाल
१९०२–१९१०
पूर्वाधिकारीफ्रान्सिस प्याटन
उतराधिकारीजन स्टिबर्ट (कार्यकारी)
व्यक्तिगत विवरण
जन्म(१८५६-१२-२८)डिसेम्बर २८, १८५६
स्टन्टन, भर्जिनिया, अमेरिका
मृत्यु३ फेब्रुअरी १९२४(1924-02-03) (उमेर ६७)
वासिङ्टन डिसी, संयुक्त राज्य अमेरिका
राजनीतिक दलडेमोक्रेटिक पार्टी (अमेरिका)
जीवन साथी(हरू)एलेन एक्सन विल्सन (सन् १८८५-१९१४)
एडिथ बोलिङ (सन् १९१५-१९२४)
सन्तान(हरू)मार्गरेट उड्रो विल्सन
जेसी उड्रो विल्सन
एलिनर विल्सन म्याकाडु
मातृ शिक्षाप्रतिष्ठानडेभिडसन कलेज
प्रिन्सटन विश्वविद्यालय
भर्जिनिया विश्वविद्यालय
जोन्स हपकिन्स विश्वविद्यालय
जीवनवृतिअकादमिक
इतिहासकार
राजनीति विज्ञान
हस्ताक्षरCursive signature in ink

उड्रो विल्सन (१८५६-१९२४) संयुक्त राज्य अमेरिकाका २८औँ राष्ट्रपति थिए। विल्सन सार्वजनिक प्रशासनका कार्यहरूको व्याख्या गर्ने एक शैक्षिक विद्वान, प्रशासक, इतिहासकार, विधायक र राजनीतिज्ञको रूपमा चिनिन्छन्। विद्वानहरूले सामान्यतया अमेरिकी राष्ट्रपतिहरूमा विल्सनलाई माथिल्लो तह दर्जा दिएका छन्, यद्यपि उनीमाथि जातीय विभाजन र श्वेत सर्वोच्चता / वर्चस्वलाई समर्थन गर्ने आलोचना गरिएको छ।

सन्‌ १९१४ मा पहिलो विश्वयुद्धको सुरुतिर विल्सनले मित्र शक्ति र केन्द्रीय शक्तिहरू बीच तटस्थताको नीति बनाएका थिए। उनले सन् १९१६ को संयुक्त राज्यको राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार चार्ल्स इभान्स ह्युजेसलाई साँघुरो मत अन्तरले पराजित गर्दै पुनः निर्वाचन जितेका थिए।[१] अप्रिल १९१७ मा विल्सनले सीमित पनडुब्बी युद्धको नीति स्वरूप काङ्ग्रेसलाई जर्मन साम्राज्यको विरुद्ध युद्धको घोषणा गर्न अपिल गरेका थिए। नोभेम्बर १९१९ मा मित्र शक्तिको विजयपछि विल्सन र अन्य सहयोगी नेताहरूले पेरिस शान्ति सम्मेलनमा भाग लिए जहाँ विल्सनले एउटा बहुराष्ट्रिय सङ्गठनको स्थापना गर्न वकालत गरेका थिए। परिणामस्वरूप राष्ट्र सङ्घलाई भर्सायको सन्धिमा समाहित गरिएको थियो। यद्यपि, विल्सनले संयुक्त राज्यलाई राष्ट्र सङ्घमा सम्मिलित हुन र सन्धि अनुमोदन गर्न अमेरिकी सिनेटलाई सहमत गराउन सफल भएनन्। विल्सनले तेस्रो राष्ट्रपति पदको कार्यकालको लागि प्रयास गरेका थिए तर अक्टोबर १९१९ मा उनको एउटा ठूलो हृदयघात लाग्यो जसले गर्दा उनी आफ्नो राष्ट्रपति पदका धेरैजसो पक्षमा असक्षम बनेका थिए।

उनी १९२१ मा सार्वजनिक जीवनबाट सेवानिवृत्त भए र १९२४ मा उनको ६७ वर्षको उमेरमा मृत्यु भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "के-के भएका थिए इतिहासमा यो साता ?"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]