गुरु पूर्णिमा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

आषाढ पूर्णिमा :गुरू पूर्णिमा /व्यास जयन्ती/कबीर जयंती पूर्वीय दर्शन अर्थात् हाम्रो सनातन हिन्दू धर्ममा गुरूको महत्त्व अनौठो र अनुपम रहेछ। 'ग'को अर्थ हो- अन्धकार एवं 'रु'को अर्थ हो- प्रकाश। 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। आज गुरूपूणिर्मा- वेद व्यास जयन्तीको रूपमा मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। अचेल 'गुरू' शब्द बस ड्राइभरलाई बोलाउने सम्बोधनको रूपमा गरिन्छ। अध्यापन गर्ने गुरूलाई शिक्षक, टिचर, लेक्चर, प्रोफेसरको रूपमा सम्बोधन गरिन्छ। सोक्रेटस, प्लेटो, अरस्तु सबै योग्य शिक्षक थिए। प|mाबेलले शिक्षार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैंचाका रूपमा उपमा दिएका छन्। रूसो एक प्रकृतिवादी शिक्षाशास्त्री थिए। उनले बालक स्वतन्त्र जन्मिन्छ, उसलाई स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ भने। शिक्षकले पथप्रदर्शकको रूपमा कार्य गर्नुपर्छ। विकसित र धनी राष्ट्र कहलिएका अमेरिका र आस्ट्रेलियाले मन माफिक धन खर्च गरेर पनि मन माफिक शैक्षिक सुधार गर्न सकेनन्। यो कुरा प्रसिद्ध बेलायती साप्ताहिक 'दी इकोनोमिस्टमा' अक्टोबर १८, २००७मा शिक्षासम्बन्धी एउटा विचारोत्तेजक लेखमा प्रकाशित भएको थियो। यसैको आधारमा एउटा अर्को अध्ययन आर्थिक सहयोग र विकास संगठनले विकास गरेको मापन प्रणालीअनुसार क्यानाडा, फिनल्याण्ड, जापान, कोरिया र सिङ्गापुरले श्रेष्ठता हासिल गरेको पाइयो। उक्त परामर्शदाता संस्थाले तीन महत्त्वपूर्ण बुँदा केलाएर प्रस्तुत गर्‍यो। पहिलो- योग्यतम शिक्षकहरूको व्यवस्था गर्नु, दोस्रो- योग्यतममध्ये पनि योग्यतम शिक्षकहरूको छनोट गरी बहाली गर्नु, तेस्रो- विद्यार्थीहरू जहाँनेर पछि पर्छन् तत्काल उनीहरूलाई शैक्षिक सहयोग उपलब्ध गराउनु। यी तीन बुँदालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने हो भने शिक्षामा कम लगानीमा पनि ठूलो सुधार निश्चित रूपमा पाइनेछ। बेलायत, अमेरिका र अस्टे्रलियाले शिक्षामा ठूलो लगानी गरे पनि इच्छाअनुसार सुधार हासिल गर्न सकेका छैनन् तर दक्षिण कोरिया, सिङ्गापुर र हङकङ आदि देशमा उत्कृष्ट स्नातक र स्नातकोत्तरलाई मात्र शिक्षकमा बहाली गरिएकाले गुणस्तरीय शिक्षा उपलब्ध छ।। भौतिक साधन र शैक्षिक सामग्रीको प्रचुरता मात्रले शिक्षण सिकाइमा उल्लेखनीय परिर्वतन ल्याउन सकिँदैन जबसम्म ती साधनहरूको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन। यसै सन्दर्भमा छिमेकी राष्ट्र भारतका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णन्ले भनेका छन्, 'देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ।' त्यस्तै पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामका शब्दमा, 'शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन्।' अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ। सय वर्षपूर्व अमेरिकामा शिक्षक सङ्घ र समुदायले शिक्षकहरूले पालन गर्नुपर्ने आचारसंहिता पारित गरेका थिए। जसको उद्देश्य शिक्षकहरूमा व्यक्तिगत, सामाजिक र पेसागत गुण तपसील बमोजिम हुनुपर्ने भनी उल्लेख गरिएको थियो। व्यक्तिगत गुण ः राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान आदि। सामाजिक गुण ः पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव- क्रियाशील, विनोदपि्रय, नेतत्त्व गर्ने क्षमता र समुदायको ज्ञान आदि। सबभन्दा प्रमुख पेसागत गुण हो। विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानको ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील, खोज आदि। सारांशमा हाम्रा स्थापित मूल्य मान्यता र आदर्शलाई शतप्रतिशत रूपमा पश्चिमले स्वीकार गरिसकेका हुन्। हाम्रो शास्त्रमा दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ- एउटा देव गुरू बृहष्पति अर्को असुर गुरू शुक्राचार्य। शिक्षक देशका निर्माता हुन् भने शिक्षक विनाशकर्ता पनि बन्न सक्छन्। तसर्थ आज गुरूपूणिमाका दिन हामीले कस्तो गुरूको पूजा गर्नुपर्ने र कस्तो गुरूलाई चोर भनेर तिरस्कार गर्ने हो सोच्नुपर्छ। गुरूलाई ब्रह्मा भन्नुको अर्थ हो- बालबालिकाको सर्वाङ्गीण विकासमा सिर्जनात्मक शक्तिको विकास गर्नु तथा विष्णुजस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्नु तथा महेश्वरजस्तै अज्ञान, कुमार्ग, कुविचारको नाश गर्नु। कुशल भान्छेको अभावमा सामानको प्रचरताले सुस्वादु परिकार सम्भव नभएजस्तै असल, योग्य शिक्षकको अभावमा असल शिक्षा सम्भव छैन।

स्रोत[सम्पादन गर्ने]

साभार - http://www.ekantipur.com/np/2068/3/31/full-story/332524.html पूर्णिमा

गुरू