बंगलादेश
| গণপ্রজাতন্ত্রী বাংলাদেশ गणोप्रोजातोन्त्री बंगलादेश बंगलादेश गणतन्त्र
|
||||||
|---|---|---|---|---|---|---|
|
|
||||||
| राष्ट्र वाणी: कुनै पनि छैन | ||||||
| राष्ट्रगान: आमार सोनार बांग्ला मेरो सुनौलो बंगाल |
||||||
| राजधानी | ढाका 23°42′N 90°22′E / 23.7°N 90.367°E |
|||||
| Largest city | राजधानी | |||||
| राष्ट्र भाषा | बांग्ला (बंगाली) | |||||
| सरकार | संसदीय गणतंत्र | |||||
| स्वाधीनता | पाकिस्तानबाट | |||||
| - | १६ दिसंबर १९७१ मा घोषणा गरिएको | |||||
| - | जल (%) | ७.० | ||||
| जनसङ्ख्या | ||||||
| - | २००६ अनुमानित | १४७,३६५,३५२ (सातौँ) | ||||
| - | २००१ census | १२९,२४७,२३३1 | ||||
| कुल गार्हस्थ उत्पादन(GDP) (PPP) | २००५ estimate | |||||
| - | Total | $३०५.९ billion (३१औँ) | ||||
| - | Per capita | $२१०० (१४१ औँ) | ||||
| Gini (२०००) | ३१.८ (medium) | |||||
| HDI (२००४) | ▲ 0.530 (medium) (137th) | |||||
| मुद्रा | टाका (बीडीटी) |
|||||
| समय क्षेत्र | बीडीटी (UTC+६) | |||||
| - | Summer (DST) | मनाइदैन (UTC+६) | ||||
| ईन्टरनेट टिडिएल | .बीडी | |||||
| टेलिफोन कोड | [[+८८० - कोड]] | |||||
| 1 | Adjusted population, p.4, "Population Census 2001, Preliminary Report", 2001-08 | |||||
| 2 | World Bank Development Indicators Database, 2006. | |||||
बंगलादेश गणतन्त्र (बांग्ला: গণপ্রজাতন্ত্রী বাংলাদেশ गणोप्रोजातोन्त्री बंगलादेश्) दक्षिण एशिया को एउटा राष्ट्र हो। देशको उत्तर, पूर्व र पश्चिम सीमाना भारत र दक्षिणपूर्व सीमाना म्यानमार देशसंग जोडिएको छ ; दक्षिणमा बंगालको खाडी छ। बंगलादेश र भारतीय राज्य पश्चिम बंगाल एउटा बंगलाभाषी अञ्चल, बंगाल हो, जस्को ऐतिहासिक नाम “বঙ্গ” बङ्गो वा “বাংলা” बांग्ला हो। इसकी सीमारेखा त्यस समय निर्धारित भयो जब १९४७मा भारतको बिभाजनको बेला यसलाई पूर्वी पाकिस्तानको नामबाट पाकिस्तानको पूर्वी भाग घोषित गरिएको थियो। पूर्व र पश्चिम पाकिस्तानको बिच लगभग १६०० किमी (१००० माइल)। को भौगोलिक दूरी थियो। पाकिस्तानको दुबै भागहरुको जनताको धर्म (इस्लाम) एउटै थियो , तर उनीहरुको बीच जाति र भाषागत धेरै नै ठूलो दूरी थियो । पाकिस्तानको तत्कालीन सरकारको अन्यायको विरुद्ध १९७१मा भारतको सहयोगबाट एउटा रक्तरंजित बंगलादेश स्वतन्त्रता आन्दोलन पछि स्वतन्त्र राष्ट्र बंगलादेशको उदभव भयो। स्वतन्त्र पछि बंगलादेशको केही शुरुआती वर्ष राजनैतिक अस्थिरताबाट परिपूर्ण थियो, देशमा १३ शासक बदलिन पुगे र ४ सैनिक बिद्रोह भयो। विश्वको सबै भन्दा धेरै जनबल भएको देशहरुमा बंगलादेशको स्थान आठवां छ। तर क्षेत्रफलको दृष्टिबाट बंगलादेश विश्वमा ९३ औ छ । फलस्वरूप बंगलादेश विश्वको सबै भन्दा घना आबादी भएको देशहरु मध्ये एउटा हो। मुसलमान- सघन जनसंख्या भएको देशहरुमा बंगलादेशको स्थान चौथो हो , जबकि बंगलादेशको मुसलमानको संख्या भारतको अल्पसंख्यक मुसलमानको संख्या भन्दा कम छ । गंगा-ब्रह्मपुत्रको मा अस्थित यो देश, प्रतेक साल मौसमी उत्पातको शिकार हुदछ, र हुरीबतास पनि अती सामान्य हो। बंगलादेश दक्षिण एशियाई आञ्चलिक सहयोग संस्था, सार्क र बिम्सटेक को प्रतिष्ठित सदस्य हो। योओआइसी र डी-8 को पनि सदस्य हो।
विषयसूची |
[सम्पादन गर्ने] इतिहास
बंगलादेशमा सभ्यताको इतिहास धेरै पुराना छ। आजको भारत को अंधिकांश पूर्वी क्षेत्र कुनै वेला बंगाल को नामबाट जानिन्थो। बौद्ध ग्रंथहरुको अनुसार यस क्षेत्रमा आधुनिक सभ्यताको शुरुवात ७०० इसवी इसा पू. मा प्रारम्भ भएको मानिन्छ। यहाँको प्रारम्भिक सभ्यता मा बौद्ध र हिन्दू धर्मको प्रभाव स्पष्ट देख्न सकिन्छ। उत्तरी बंगलादेशमा स्थापित भएको यस्तो हजारौ अवशेष अहिले पनि मौजूद छ जिसलाई मन्दिर वा मठ भन्न सकिन्छ ।
बंगालको इस्लामीकरण मुगल साम्राज्यको व्यापारीहरुद्वारा १३ औ शताब्दीमा शुरु भयो र १६ औ शताब्दी सम्म बंगाल एशिया को प्रमुख व्यापारिक क्षेत्रको रुपमा उदायो। युरोप का व्यापारीहरुको आगमन इस क्षेत्रमा १५ औ शताब्दीमा भयो र अंततः १६औ शताब्दीमा ब्रिटिश ईस्ट इंडिया कम्पनी द्वारा उनीहरुको प्रभाव बढाउन शुरु भयो । १८ औ शताब्दी आउदा आउदा यस क्षेत्रको नियंत्रण पूर्ण रुपले उनीहरुको हाथमा आयो जुन बिस्तारै बिस्तारै पूरै भारत मा फैलियो। जब स्वतन्त्रता आंदोलनको फलस्वरुप १९४७मा भारत स्वतन्त्र भयो तब राजनैतिक कारणबाट हिन्दू बहुल भारतलाई र मुस्लिम बहुल पाकिस्तान मा विभाजित गर्नुपर्यो।
भारतको विभाजन भएको फलस्वरुप बंगाल पनि दुई भागमा बाडियो। यसको हिन्दू बहुल इलाका भारतसंग रह्यो र पश्चिम बंगाल को नामबाट जनिन थालियो तथा मुस्लिम बहुल इलाका पूर्वी बंगाल पाकिस्तान को हिस्सा बन्यो जुन पूर्वी पाकिस्तान को नामबाट जानिन थालियो । जमींदारी प्रथा ले इस क्षेत्रलाई नराम्रोसंग गाजेर राखेको थियो जसको बिरुध्द १९५०मा एउटा ठूलो आन्दोलन शुरु भयो र १९५२ को बंगला भाषा आंदोलनको साथ जोडिएर यो बंगलादेशी गणतंत्रको दिशामा एउटा ठूलो आन्दोलन बन्यो। यस आंदोलनको फलस्वरुप बंगला भाषीहरुलाई उनीहरुको भाषाको अधिकार मिन्यो। सन १९५५मा पाकिस्तान सरकारने पूर्वी बंगाल को नाम बदलेर पूर्वी पाकिस्तान गरिदियो। पाकिस्तान द्वारा पूर्वी पाकिस्तान को उपेक्षा र दमनको शुरुवात यहींबाट भयो । र तनाव स्त्तर दशक आउदा आउदा आफ्नो चरमोत्कर्षमा पुग्यो। पाकिस्तानी शासक याहया खाँ द्वारा लोकप्रिय अवामी लीग र उनका नेताहरुलाई प्रताडित गरिन थालियो, जसको फलस्वरुप बंगबंधु शेख मुजीवु्ररहमान को अगुआईमा बंगलादेशको स्वतन्त्रताको आन्दोलन शुरु भयो। बंगलादेशमा रगतको खोला बग्यो, लाखौ बंगाली मारिए तथा १९७१को खूनी संघर्षमा दस लाख भन्दा बढि बंगलादेशी शरणार्थी ले छिमेकी देश भारत मा शरण लिनु पर्यो। भारत इस समस्याबाट जुध्नलाई त्यस समय धेरै अफ्ठारो सामना गरिरहेको थियो र भारतलाई बंगलादेशी नागरिकले अनुरोध गरे यसै अनुरोधको आधारमा भारतले यस समस्यामा हस्तक्षेप गर्नु पर्यो जसको फलस्वरुप १९७१ का भारत पाकिस्तान युद्ध शुरु भयो। बंगलादेशमा मुक्ति वाहिनी सेना को गठन भयो जसको ज्यादातर सदस्य बंगलादेशका बौद्धिक वर्ग र विद्यार्थी समुदाय थिए, यिनीहरुले भारतीय सेनाको मदद गुप्तचर सूचनाहरु दिएर तथा गुरिल्ला युद्ध पद्धतिबाट गरे। पाकिस्तानी सेना ले अंतत: १६ दिसंबर १९७१ मा भारतीय सेना को समक्ष आत्मसमर्पण गरे, लगभग ९३००० युद्ध बन्दी बनाईए जसलाई भारतको विभिन्न कैम्पहरुमा राखीयो ताकि उनीहरु बंगलादेश क्रोधको शिकार नबनुन। बंगलादेश एउटा स्वतन्त्र मुलुक बन्यो र मुजीबुर्र रहमान यसको प्रथम प्रधानमंत्री बने।
[सम्पादन गर्ने] बंगलादेशको इतिहासको मुख्य घटनाहरु
१९४७ - भारतको विभाजन पछि बंगालबाट कटिएर पूर्वी पाकिस्तान बन्यो ।
१९४९ - अवामी लीगको स्थापना भयो जसको उदेश्य पूर्वी पाकिस्तानलाई स्वतन्त्रता दिनु थियो ।
१९७० - शेख मुजीबको नेतृत्वमा अवामी लीगले निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरे, पाकिस्तानको सरकारले यस परिणामलाई मान्न इनकार गरिदियो । पाकिस्तानी सरकारको यस निर्णय पछि दंगा भडकियो।
१९७१ - शेख मुजीब र अवामी लीगले 26 मार्चमा स्वतंत्रताको घोषणा गरीदिए । नया देशको नाम राखियो या बंगलादेश, लडाईको डर त्रासबाट बच्नको लागि करीब एक करोड मानिस भारतको सीमानामा शरणार्थी भएर आए।
१९७२ - शेख मुजीब प्रधानमंत्री बने। उनले उद्योग धन्दाको राष्ट्रीयकरणको अभियान चलाए तर ज्यादा सफल भएन।
१९७४ - देशमा भीषण बाढीले पुरै खेति नष्ट २८,००० मानिसको मृत्यु। देशमा संकटकालीन अबस्था, राजनैतिक गडबडिको शुरूआत।
१९७५ - शेख मुजीब बंगलादेशको राष्ट्रपति बने। अगस्तमा भएको सैनिक तख्ता पलट पछि उनको हत्या गरीयो, देशमा सैनिक शासन लागू भयो।
१९७६ -सैनिक शासनले ट्रेड यूनियनहरु माथि प्रतिबंध लगायो।
१९७७ - जनरल जिया-उर-रहमान राष्ट्रपति बने। इस्लामलाई सांविधानिक मान्यता दीईयो ।
१९७९ - देशमा चुनाव भयो र सैनिक शासन समाप्त भयो। जनरल जिया-उर-रहमानको बंगलादेश नेशनल पार्टी ले बहुमत हासिल गर्यो।
१९८१- जनरल जिया तख्ता पलटको कोशिशमा मारीए। अब्दुस सत्तार राष्ट्रपति बने। 1982 - एउटा अर्को तख्ता पलट पछि जनरल एरशाद सत्तामा आए। संविधान र राजनैतिक दलको वैधता समाप्त गरीयो।
१९८३ - सबै विद्यालयमा अरबी र कुरानको पढाईको जनरल एरशादको फैसलाको बिरुध्द आन्दोलन भयो। सीमित राजनैतिक गतिविधीको अनुमति दीइयो। एरशाद राष्ट्रपति बने।
१९८६ - संसद र राष्ट्रपतिको लागि निर्वाचन भयो, एरशाद विजयी भए। सैनिक शासन हट्यो र संविधानलाई पुनर्वाहाली गरीयो।
१९८७ - विपक्षको हडताल पछि देशमा संकटकालीन अबस्था लगाईयो।
१९८८ - एक-तिहाई देश पानीमा डुब्यो, लाखौ मानिस बेघर भए।
१९९० - ठूलो जन-विरोध पछि एरशाद पदबाट हटे।
१९९१ - भ्रष्टाचारको आरोपमा एरशाद कारागार पठाईयो। जनरल जिया-उर-रहमानको विधवा खालिदा जिया प्रधानमंत्री बनिन। संविधानमा परिवर्तन गरेर राष्ट्रपतिको अधिकार सीमित गरीयो। चक्रवाती तूफानले लगभग डेढ लाख मानिसको जिबन लियो।
१९९६ -अवामी लीग सत्तामा फर्कियो, शेख हसीना प्रधानमंत्री बनिन। देशमा हडतालको समय शुरू भयो।
१९९८ -बाढीले पूरे देशमा तबाही मचायो। १९७५को मुजीब हत्या काण्डको लागि जिम्मेदार १५ पूर्व सैनिक अधिकारीहरुलाई मृत्यु दण्डको सजाय सुनाईयो।
२००० -स्वतंत्रताको लडाईको बारेमा एक पाकिस्तानी राजनीतिज्ञको भनाईमा विवाद भयो, पाकिस्तान र बंगलादेशको सम्बन्धमा कटुता आयो।
२००१-आम चुनावमा शेख हसीनाको पार्टी अवामी लीग हार्यो र धार्मिक दलहरुको समर्थनको साथ जातीय पार्टी सत्तामा आयो र बेगम खालिदा जिया प्रधानमंत्री बनिन।
२००८ - ठूलो बहुमत पछि शेख हसीना फेरी प्रधानमन्त्रि बनिन
[सम्पादन गर्ने] राजनीति
देशको राजनीतिमा राष्ट्रपति संवैधानिक प्रधान हुदछन, जबकि प्रधानमंत्री देशको प्रशासनिक प्रमुख हुदछन। राष्ट्रपति हरेका पाँच पछि निर्वाचित गरेन्छ । प्रधानमंत्रीको नियुक्ति राष्ट्रपतिद्वारा गरीन्छ, प्रधानमंत्री यस्तो व्यक्तिलाई चुनिन्छ जो त्यस समय संसदको का सदस्य हुन्छ र राष्ट्रपतिलाई विश्वास दिलाउछा कि उसलाई संसदमा बहुमतको समर्थन हासिल छ। प्रधानमंत्रीले आफ्नो मन्त्रीको कैबिनेट गठित गर्दछ जिसको नियुक्तिको सहमती राष्ट्रपतिले दिदछन ।
बंगलादेशको संसद लाई जातीय संसद भनिन्छ जसको ३०० सदस्य प्रत्यक्ष मतदानद्वारा निर्वाचित आउदछन, र पाँच बर्षसम्म आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दछन । देशको सबैभन्दा ठूलो वैधानिक संस्था बंगलादेश सर्वोच्च अदालत जसको प्रधान न्यायाधीश र अन्य न्यायधीशहरुको नियुक्ति राष्ट्रपति गर्दछन ।
[सम्पादन गर्ने] क्षेत्र
बंगलादेशलाई छः उपक्षेत्रहरुमा बाडिएको छ जसको नाम ती राज्यहरुको राजधानीहरुको नाममा राखीएको छ ।
[सम्पादन गर्ने] भूगोल
बंगलादेशको धेरै जसो भाग समुद्र सतह भन्दा एकदम कम उचाईमा पर्दछ। धेरैजसो भू भाग नदीको मुख भागमा पर्दछन् जो सुंदरवन नामले चिनिन्छन्। यी गंगा (स्थानीय नाम पद्मा नदी), ब्रम्हपुत्र, यमुना र मेघना नदीका हुन् जो बंगालको खाडी क्षेत्रमा अवस्थित छन्। यी नदीहरू हिमालय पर्वतमा मुहान भएका नदी हुन्। बंगलादेशको माटो अत्यन्तै उब्जाउ छ। तर बाढी र अनिकाल ले बाँग्लादेश प्रभावित भैरहन्छ। चिटागांग जिल्लामा अलिअलि पहाडी क्षेत्र पर्दछ जसको सबैभन्दा अग्लो चुचुरो केओक्रादांग १,२३० मीटर अग्लो छ। यो सिलहट मंडलको दक्षिण पूर्वमा छ। बंगलादेशको जलवायु उष्णकटिबंधीय जलवायु हो, यहाँ अक्टोबर देखि मार्च सम्म जाडो मार्च देखि जून सम्म गर्मी हुन्छ। मार्च देखि जून सम्म मनसून बाट पानी पर्दछ। बंगलादेशले प्राय: हरेक वर्ष चक्र्वातीय तूफान सामना गर्नु पर्दछ। माटो अपरदन र वन विनाश यहाँको ठूलो समस्या हो। ढाका यहाँको सबैभन्दा ठूलो शहर हो, अन्य ठूला शहरमा चिटागांग, राजशाही, र खुलना हुन्। चिटागांग को दक्षिण स्थित काक्स बजार विश्वको सबैभन्दा लामो बीच मध्ये एक हो।
[सम्पादन गर्ने] संस्कृति
[सम्पादन गर्ने] राजनैतिक दल
[सम्पादन गर्ने] विविध
- बंगलादेशमा सञ्चार व्यवस्था
- बंगलादेशमाअ यातायात
- बंगलादेशको सेना
- बंगलादेशको विदेशीसंग सम्बन्ध
- बंगलादेशमा आधिकारिक अवकाश
[सम्पादन गर्ने] बाह्य लिङ्कहरू
ढाँचा:बंगलादेशका उपक्षेत्र र जिल्ला
|
|||||||
| एशियाका देश तथा प्रशासित क्षेत्रहरू |
|
अफगानिस्थान | आर्मेनिया२ | अजरबैजान | बहराइन | बांग्लादेश | भुटान | ब्रुनाई | काम्बोडिया | चीन | साइप्रस२ | पूर्वी टिमोर | गाजा पट्टी | जर्जिया२ | हङकङ३ | भारत | इण्डोनेशिया | इरान | इराक | इजरायल | जापान | जोर्डन | काजकस्थान | कुवेत | किर्गिजस्थान | लावस | लेवनन् | मकाउ३ | मलेसिया | मालदिभ्स | मङ्गोलिया | म्यानमार | नेपाल | उत्तर कोरिया | ओमान | पाकिस्थान | फिलिपिन्स | कतार | रूस१ | साउदी अरेवीया | सिङ्गापूर | दक्षिण कोरिया | श्रीलङ्का | सिरिया | ताइवान | ताजिकिस्थान | थाईल्याण्ड | टर्की | तुर्कमिनिस्थान | संयुक्त अरब इमिरात | उज्बेकिस्थान | भियतनाम | पश्चिम किनारा | यमन |
| १. सामान्यतया यूरोपको मानिन्छ, तर यदाकदा एशियामा गनिन्छ, किन भनें उसको भूभाग त्यहाँ छ। २. सामान्यतया एशियाको मानिन्छ, तर कहिलेकाँही यूरोपमा गनिन्छ, सांस्कृतिक र ऐतिहाषिक कारणले गर्दा। ३. विशेष भूभाग। |
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: बंगलादेश |