सर्वेन्द्र खनाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सर्वेन्द्र खनाल
२६ औँ प्रहरी महानिरीक्षक
पद बहाली
२०७४ चैत्र २९[१]
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
पूर्वाधिकारीप्रकाश अर्याल
उतराधिकारीठाकुर प्रसाद ज्ञवाली
व्यक्तिगत विवरण
जन्म (1966-04-25) २५ अप्रिल १९६६ (उमेर ५७)
तनहुँ, नेपाल
नागरिकतानेपाली
राष्ट्रियता नेपाल
जीवन साथीप्रमिला खनाल
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
अमृत साइन्स क्याम्पस
पेशाप्रहरी अधिकृत

सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक हुन् ।[१] उनलाई विसं २०७४ चैत्र २६ गते बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । वि.सं. २०७४ चैत्र २८ गते प्रकाश अर्यालले अवकास प्राप्त गरेपछि २९ गतेबाट सर्वेन्द्र खनालले कार्यभार सम्हालेका थिए । सर्वेन्द्र खनाल २०७६ फाल्गुन १ गते नेपाल प्रहरीका महानिरीक्षक राजिनाम दिएका थिए। खनाल २०७९ असोज ६ गते नेकपा (एमाले)मा प्रवेश गरेका हुन्। ५६ वर्षीय सर्वेन्द्र खनाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट काठमाडौं ६ को उम्मेदवारी दिएका छन्।

सांसद "अपहरण" प्रकरण[सम्पादन गर्नुहोस्]

ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए। खनालमाथि तत्कालीन जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरण गरेको आरोप लागेको थियो। एमाले नेता तथा सांसद महेश बस्नेतसँग मिलेर खनालले सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको बताइएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "IGP Biography", nepalpolice.gov.np, Nepal Police, अन्तिम पहुँच १९ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण १३ मे २०२० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]