रोइला गीत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रोइला गीत नेपालका विभिन्न ठाउँ तथा क्षेत्रहरूमा गाइने एक प्रकारको नेपाली मौलिख गित हो । रोइला गीत एकल तथा दुई जनाले वा समुहमा पनि गाँउन मिल्ने खालको गित हो । मुख्य गरी यो गीतको जन्म थलोका रूपमा स्याङ्जा जिल्लाको आँधिखोलालाई लिन सकिन्छ ।

परिचय[सम्पादन गर्नुहोस्]

रोइला गितको परिचय तिर्खा लाग्दा पानी,असेट् लाग्दा काँ जानी, असेट् लाग्दा काँ जानी,, भाका बलामैको,पानी मीठो बिर्घाको,लाईदेऊ माया निर्भाको,,

स्याङ्जा जिल्ला, आँधिखोलाको सेरोफेरोमा एक्लै वा दोहोरीका रूपमा गाइने, तीन पाउको, ६–७–७ को अक्षर संरचना भएको, स्थायी र अन्तराको भेद नभएको, नेपालीमा गाईने सामान्य लोकगीतलाई रोइला भनिन्छ । त्यसैले रोइला लाई सामान्य नियममा बाँधिएको नेपाली लोकगीतको एउटा भेद भन्दा फरक पर्दैन । ‘आधिखोले’ वा ‘नुवाकोटे’ पनि भनिने रोइला गुल्मी जिल्लाबाट उम्रेको भनिन्छ, तर महाकालीभन्दा पश्चिमका पहाडमा पनि अझ प्रशस्तै रूपमा रोइला गाइन्छ । अझ गुल्मी जिल्लाका बाहुन समाजमा रोइला ज्यादा प्रचलित रहेको छ । आँधीखोला (स्याङ्गजा)को सीमित सेरोफेरोलाई पहिले पल्लो नुवाकोट भन्ने चलन थियो । अतः यी आँधीखोले लोकगीतलाई “नुवाकोटे “भनेर पनि कसैकसैले भनेको विभिन्न लोक साहित्य का पुस्तकहरू उल्लेख रहेको छ ।

गीतको विकास र विस्तार[सम्पादन गर्नुहोस्]

स्याङ्जामा रोइला भनिने यस्ता गीतलाई पाल्पाका केही ठाउँमा चुड्का पनि भनिन्छ । एकथरीको भनाइअनुसार रोइला गीतहरू चुड्का गीतबाटै विकसित भएका हुन् । यो बाह्रै महिना र जुनसुकै समय गाउन सकिने सामान्य लोकगीत हो । यो मूलतः दोहोरीका रूपमा गाइन्छ, तर यो एक्लै वा समूह गायनका रूपमा पनि गाउन सकिन्छ । यो लघु आयामको (मात्र तीन पाउको) लोकगीत हो । यसमा स्थायी र अन्तराको भेद हुँदैन । यो खैंजडीमुजुरा वा मादल बजाएर गाइन्छ र बिनावाद्य पनि गाउन सकिन्छ । यदा कदा अघि कारणवश क्षेत्रीबाहुनले ‘झ्याउरे गीत’को बहिष्कार गरेदेखि रोइला नै प्राय अपनाएका थिए भन्ने विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । रोइला गीतको जननी आभ्यन्तरमा झ्याउरे, चुड्का, चुड्का ख्यालीलाई र बाह्यमा आँधीखोलाको सेरोफेरोलाई मानिन्छ ।

यस गीत (आँधीखोले रोइला)को मूल ठाउँ स्याङ्जाको नुवाकोट हो, भनिन्छ तर आजभोलि यस गीत पश्चिमी भेग तथा देशै भरी विस्तार भएको छ । रोइला गीत पहिले पहिले क्षेत्रीबाहुनको समाजमा बढी मात्रामा लोकप्रियता भएपनि आजभोलि समाज विस्तासँगै अन्य जातीहरूका समाजमा पनि यो गीत उत्तिकै लोक प्रिय हुन थालेको छ । यो गीत पूर्वका स्याङ्जा, तनहुँ र कास्कीका बनबुटा, गोठ, पँधेरा ,चौतारी , भन्ज्यांग , मेला पात अनि टार,खेत बारी हरूसम्म बढी गाउने गरेको पाइन्छ । त्यसो त यो गीत महाकाली छेउछाउका पहाडहरूमा पनि गाइने गर्दछ ।

रोइला गीतका नमुनाहरू[सम्पादन गर्नुहोस्]

  • मन्पेट् मलाई द्यौ न, टक मैमा लाईद्यौ न, तिमी मेरी भैद्यौ न
  • छट्टु रुचाइँदैन, छोटी माया लाईँदैन, फुस्ल्याइँमा आइँदैन
  • स्याङ्जा मेरो जिल्ला, वालिम मेरो बसोबास, लाउँला माया खसोखास
  • कति छेपौली र, आँधीखोले पानीले, रामकोसकी नानीले
  • बोलाए बोलूँ कि?, त्यसै लरी परूँ कि?, सधैँ वालिम झरूँ कि?
  • भाका बलामैको, पानी मिठो बिर्घाको, लाईदेऊ माया निर्भाको
  • कुन्नि पत्याम्दिन, हेला झैँ त मान्दिन, हेला झैँ त मान्दिन
  • कति राम्रो भाका, सुनिरम् कि फूल भोरम्, जोवन दिम् कि मै मोरम्
  • मायालुको नामको, रुमाल खस्यो राम्दीमा, म फर्केर आम्दिन
  • हुने रैछ भेट, आउनी जानी गरे त, बेसी मकै छरे त
  • पारी बनपालेमा, ठूलो रूख टुनी हो, बैनी सारै खुनी हो
  • तिर्खा लाग्दा पानी, असेट् लाग्दा काँ जानी, असेट् लाग्दा काँ जानी
  • अचार करेलीको, तिहुन मिठो लौकाको, नछोड्नुस् है मौकाको
  • त्यसो नभन न, कमलो मन रोइभ्याउँछ, काँ जाम् काँ जाम् भैभ्याउँछ
  • पारि बनपालेमा, बदाम खाइयो अघाइयो, कन्ये केटि भगाइयो

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]