विकिपिडिया:प्रमुख लेख/पुस, २०७७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००४ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७७ पुस पहिलो[सम्पादन गर्नुहोस्]

भरतपुर नेपालको बागमती प्रदेशको चितवन जिल्लाको एक महानगरपालिका तथा सहर हो। नेपालको मध्य भूभागमा रहेको भरतपुर महानगर देशकै चौथौ ठूलो सहर र चितवन जिल्लाको सदरमुकाम हो। यो नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको एक हो। नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायत केन्द्रीय नेपालको व्यापारिक केन्द्र हो। यो महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणगढ सहरमा मुख्य व्यापारिक पसल र ठूला होटेलहरू रहेका छन् भने अन्य आवश्यक पूर्वाधारका साधनहरू नगरको अन्य क्षेत्रहरूमा रहेका छन्। कुल २९ वटा वार्ड रहेको भरतपुरको जनसङ्ख्या वि.सं. २०६८ को जनगणना अनुसार २,८०,५०२ रहेको छ भने यो सहर ४३२.९५ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँको साक्षरता दर ९८.५४ प्रतिशत रहेको छ जसमध्ये महिलाको साक्षरता दर ९७.८४% छ भने पुरुषको साक्षरता दर ९९.१४% रहेको छ।

प्रत्येक पाँच वर्षमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि भरतपुर महानगरपालिकालाई चितवन निर्वचन क्षेत्र १ र निर्वाचन क्षेत्र ३ मा विभाजन गरिएको छ भने गण्डकी प्रदेश सभाको लागि चितवन निर्वचन क्षेत्र २ (क), (ख) र चितवन निर्वचन क्षेत्र ३ (क), (ख) मा विभाजन गरिएको छ। (पूरा  पढ्नुहोस्...)

२०७७ पुस दोस्रो[सम्पादन गर्नुहोस्]

टाकाको प्रतीक चिन्ह

टाका (बङ्गला:টাকা, प्रतीक: ৳) जनप्रजातान्त्रिक बङ्गलादेशको आधिकारिक मुद्रा हो। ৳१० वा यो भन्दा अधिक मूल्यको बैङ्क नोटहरूलाई बङ्गलादेश बैङ्कद्वारा जारी तथा नियन्त्रित गरिएको छ भने ৳१, ৳२ तथा ৳५ बैङ्क नोटहरूलाई जारी गर्ने तथा नियन्त्रित गर्ने जिम्मेवारी बङ्गलादेश सरकारको अर्थ मन्त्रालयले गरिरहेको छ। ৳१ लाई १०० पोयसामा विभाजन गर्न सकिन्छ। (पूरा  पढ्नुहोस्...)