गुर्भाकोट नगरपालिका
स्वरूप
(गुर्बाकोटबाट अनुप्रेषित)
गुर्भाकोट नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°२६′२१″N ८१°५१′१०″E / 28.439042°N 81.852828°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | सुर्खेत जिल्ला |
स्थापना | २०७२ असोज १४ |
सरकार | |
• अध्यक्ष | हस्त पुन (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | मैना विक (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २२८.६२ किमी२ (८८.२७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४८,२१६ |
• घनत्व | २१०/किमी२ (५५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-८३ |
केन्द्र | साविकको दहचौर गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
गुर्भाकोट नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो।[३][४][५] स्थानीय विकास मन्त्रालयले २०७२ आसोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सुर्खेतमा मेहलकुना, गुमी, दहचौर र घुमखहरे गरि ४ गाउँ विकास समितिहरूलाई समेटेर शुभाघाट गङ्गामाला नगरपालिका घोषणा गरिएको थियो।[६] भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका मालारानी, धारापानी र सहारे गाविसहरू यसमा गाभिएर गुर्भाकोट नगरपालिका गठन भएको थियो। गुर्भाकोट नगरपालिकाको केन्द्र साविकको दहचौर गाउँ विकास समितिको शुभाघाट देउतिबज्यै मन्दिरको आसपासमामा रहेको छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गुर्भाकोट नगरपालिकाको कुल जनसङ्ख्या ४८,२१६ रहेको छ भने यहाँ ११,७९८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति