गैँडाकोट नगरपालिका
गैँडाकोट नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°४४′N ८४°२३′E / २७.७३°N ८४.३९°Eनिर्देशाङ्कहरू: २७°४४′N ८४°२३′E / २७.७३°N ८४.३९°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) |
स्थापित | २५ वैशाख २०७१ |
सरकार | |
• नगरप्रमुख | मदनभक्त अधिकारी (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | शान्ति कोईराला (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १५९.९३ किमी२ (६१.७५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ७९,३४९ |
• घनत्व | ५००/किमी२ (१३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
केन्द्र | साविकको गैँडाकोट गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
गैँडाकोट नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका गैँडाकोट, मुकुन्दपुर र अमरापुरी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा रतनपुर गाविस यसमा गाभिएको थियो।
परिचय
[सम्पादन गर्नुहोस्]नारायणी नदीको पुल तरेपछि सुरू हुने गण्डकी प्रदेश र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको सबैभन्दा पहिले आउने ठाँउ नै गैँडाकोट हो। शिलान्यास भन्ने ठाउँ, जुन तत्कालीन राजा श्री ५ राजा महेन्द्रले पूर्व पश्चिम राजमार्गको बाटो निर्माण गर्दा सबै भन्दा बिचको खण्ड भनेर शिलान्यास गरी काम सुरू गराएका थिए। यसका अलावा यहाँको मौलाकालिका मन्दिर, दिब्यधाम, देवघाटधामको पारीपट्टी पर्ने दोभान, विभिन्न वेदाश्रमहरू पर्यटकिय एवं धार्मिक हिसावले प्रख्यात स्थानहरू हुन्। यसका साथै चीनले बनाइदिएको नेपालको सवै भन्दा ठूलो कागज कारखाना भृकुटी पल्प एन्ड पेपर लिमिटेड, लुम्बिनी ग्याँस, कोसी ग्याँस, कुखुराको मासु कारखाना, डिष्टिलरी आदी कारखानाहरू प्रमुख छन्। भित्री मधेस पर्ने हावापानी राम्रो भएको यहाँ पानी केही बढी पर्छ भने नारायणी नदीको कारण जाडोमा हुस्सु पनि बढी लाग्छ। बढ्दो सहरीकरणले गर्दा कुनै बेला गैंडा बढी आउने ठाँउ "गैंडाको कोट" (कोट = घर) गैंडाकोटमा अहिले विरलै गैंडाहरू आउने गर्दछन्।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गैँडाकोट नगरपालिकाको कुल जनसङ्ख्या ७९,३४९ रहेको छ भने यहाँ २०,१९१ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति