सामग्रीमा जानुहोस्

गौरीशंकर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गौरीशङ्कर गाउँपालिकाबाट अनुप्रेषित)
गौरीशंकर गाउँपालिका
गौरीशंकर गाउँपालिका is located in बागमती प्रदेश
गौरीशंकर गाउँपालिका
बागमती प्रदेशको नक्सामा गौरीशंकर गाउँपालिकाको अवस्थिति
गौरीशंकर गाउँपालिका is located in नेपाल
गौरीशंकर गाउँपालिका
गौरीशंकर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४७′N ८६°०४′E / २७.७९°N ८६.०६°E / 27.79; 86.06निर्देशाङ्कहरू: २७°४७′N ८६°०४′E / २७.७९°N ८६.०६°E / 27.79; 86.06
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षविश्‍वास कार्की (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षश्यामसुन्दर तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६८१.३९ किमी (२६३.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,९९५
 • घनत्व२३/किमी (६१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४९
वेबसाइटआधिकारिक वेबसाइट

गौरीशंकर गाउँपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गौरिशंकर, खारे, मार्बु, सुरी, चंखु, झ्याकु र जुँगु गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिकाको अधिकांस भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्दछ। यस गाउँपालिकाको पूर्वी सिमाना सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका पर्दछ भने दक्षिणमा दोलखा जिल्लाको जिरी नगरपालिका तथा वैतेश्वर गाउँपालिका पर्दछ। त्यस्तै यस गाउँपालिकाको पश्चिममा कालिञ्चोक गाउँपालिका तथा विगु गाउँपालिका पर्दछ। यस गाउँपालिकाको उतरी सीमामा चीन पर्दछ। यस गाउँपालिका ७ वटा वडामा विभाजित छ।[][]

दोलखा जिल्लाको प्रसिद्ध गौरीशङ्कर हिमालको नामबाट यस गाउँपालिकाको नाम नामकरण गरिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गौरीशंकर गाउँपालिकाको कुल जनसङ्ख्या १५,९९५ रहेको छ भने यहाँ ४,३९९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "District Corrected Last for RAJAPATRA", www.mofald.gov.np, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  5. "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np/en (नेपालीमा), स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]