दरबार हाइस्कुल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दरबार हाइस्कूल मुलुकै जेठो विद्यालय हो। विसं १९१० सालमा स्थापित विद्यालय सुरुमा निःशुल्क पढाइन्थ्यो। २०३०को राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि जिल्ला शिक्षा कार्यलय मातहतमा खर्च बेहोरेको छ।

'श्री ३ हरूको जहानियाँ स्कूल' समयको परिवर्तनले यतिखेर मजदुर विद्यालयमा परिणत भएको छ। कुनै बेला धनी वर्गका छोरा-छोरीको एकमात्र थलो आज विपन्न वर्गको मात्र बनेको छ। फरक यत्ति छ- ११ जना विद्यार्थीबाट सुरु गरिएको यो स्कूलमा हाल ३ सय ७९ जना छन्। तर, त्यही विद्यालयमा २०३०को दशकमा करिब २ हजार विद्यार्थीको भीड लाग्थ्यो।

रानीपोखरी पश्चिमतर्फ रहेको उक्त दरबार हाइस्कूलको एउटै भवनको माथिल्लो तलामा सर्वसाधारण र तल्लो तलामा संस्कृत विद्यालय सञ्चालन हुँदैआएको छ। यी दुवै विद्यालय अगल हुन्।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]