नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष पुण्डरीप्रसाद बेल्बासे हुन् । नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादीको केन्द्रीय कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा छ । यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह बन्चरो थियो।[१] नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादीले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल २४७ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ७,७८१ मत प्राप्त गरेको थियो ।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०