फलेवास नगरपालिका
स्वरूप
(फलेबासबाट अनुप्रेषित)
फलेवास नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°१०′N ८३°४०′E / २८.१७°N ८३.६७°Eनिर्देशाङ्कहरू: २८°१०′N ८३°४०′E / २८.१७°N ८३.६७°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | पर्वत |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | गङ्गाधर तिवारी (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | शोभाकुमारी क्षेत्री (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ८५.७ किमी२ (३३.१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २०,४६८ |
• घनत्व | २४०/किमी२ (६२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-६७ |
केन्द्र | साविकको फलेवास खानीगाउँ गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
फलेवास नगरपालिका पर्वत जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका कार्किनेटा, थापाठाना, शङ्करपोखरी, भँगरा, ठानामौला, लिमिठाना, खानीगाउँ, देविस्थान, मुडिकुवा, कुर्घा (१-६, ९) र पाङराङ गाविसहरू यसमा गाभिएका थिए।
यसको क्षेत्रफल ८५.७० वर्गकिलोमिटर रहेको छ। यस नगरपालिकाको केन्द्र साविकको फलेवास खानीगाउँ गाविसको कार्यालयमा राखिएको छ। यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा कुश्मा नगरपालिका तथा दक्षिणमा महाशिला, विहादी गाउँपालिका र स्याङ्जा जिल्लासम्म फैलिएको छ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फलेवास नगरपालिकाको कुल जनसङ्ख्या २०,४६८ रहेको छ भने यहाँ ५,७३७ घरधुरी रहेका छन्।[२]
फलेवास नगरपालिका अन्तर्गत रहेका वडा कार्यलयहरू
[सम्पादन गर्नुहोस्]- वडा नं. १ - कर्किनेटा
- वडा नं. २ - थापाठाना
- वडा नं. ३ - शङ्करपोखरी
- वडा नं. ४ - मुडिकुवा
- वडा नं. ५ - खानीगाउँ
- वडा नं. ६ - देवीस्थान
- वडा नं. ७ - लिमिठाना
- वडा नं. ८ - ठानामौला
- वडा नं. ९ - भँगरा
- वडा नं. १० - कुर्घा
- वडा नं. ११ - पाङराङ
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।