भद्रपंक्षी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भद्रपंक्षी
भाले भद्रपंक्षी
Voice of the greater flamingo
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Phoenicopteriformes
परिवार: Phoenicopteridae
वंश: Flamingo
Pallas, १८११
प्रजाति:
P. roseus
वैज्ञानिक नाम
Phoenicopterus roseus
Pallas, १८११
पर्याय
  • Phoenicopterus antiquorum
  • Leguatia gigantea Schlegel, १८५८

भद्रपंक्षी फ्लामिङ्गो प्रजातिको सबैभन्दा ठुलो तथा धेरै स्थानमा पाइने चरा हो । यो चरा नेपाल लगायत भारतीय उपमहाद्वीपमा पर्ने राष्ट्रहरू, अफ्रिका, मध्य पूर्व तथा दक्षिणी युरोपमा पाइने गर्छ।

शारीरिक विबरण[सम्पादन गर्नुहोस्]

भद्रपंक्षी फ्लामिङ्गो प्रजातिको सबैभन्दा ठुलो प्रजाति हो । यसको आंशिक उचाई ११० देखि १५० सेन्टिमिटर (४३–५९ इन्च) तथा तौल २ देखि ४ किलोग्राम (४.४–८.८ पाउण्ड) हुन्छ । अहिलेसम्म सबैभन्दा ठुलो भाले १८७ सेमी (७४ इन्च) अग्लो तथा ४.५ किग्रा (९.९ पाउण्ड) को फेला परेको अभिलेखमा पाइन्छ ।[२]

भौगोलिक वितरण[सम्पादन गर्नुहोस्]

भद्रपंक्षी अफ्रिकाका केही भागहरूमा, दक्षिण एसियामा नेपाल लगायत बङ्गलादेश, पाकिस्तान, भारत तथा श्रीलङ्काका तटीय क्षेत्रहरू, मध्य पूर्वमा इजरायल, लेबनान, संयुक्त अरब इमिरेट्स, कुवेत तथा बहराइन र दक्षिणी युरोपमा स्पेन, अल्बानिया, म्यासेडोनिया, ग्रीस, टर्की, साइप्रस, पोर्चुगल, इटाली तथा फ्रान्सको कमर्गु क्षेत्रमा पाइने गर्छ ।

तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]