भृकुटी नगरपालिका
भृकुटी नगरपालिका | |
|---|---|
| देश | |
| विकास क्षेत्र | पश्चिमाञ्चल |
| अञ्चल | लुम्बिनी अञ्चल |
| जिल्ला | कपिलवस्तु जिल्ला |
| स्थापना | २०७२ असोज १ |
| क्षेत्रफल | |
| • जम्मा | १४९.८ किमी२ (५७.८ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | २६,२८२ |
| • घनत्व | १८०/किमी२ (४५०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
| क्षेत्रीय सङ्केत | +९७७-७६ |
| अन्तर्गत एक शृङ्खलाको भाग |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
|
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
भृकुटी नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कपिलवस्तुमा बुढी, हरिहरपुर, राजपुर र बरकुलपुर यी ४ गाउँ विकास समितिहरूलाई समेटेर भृकुटी नगरपालिका घोषणा गरिएको हो।[४] भृकुटी नगरपालिकाको केन्द्र साबिकको बुढी गाउँ विकास समितिको हनुमान चोक क्षेत्रमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]बुढी, हरिहरपुर, राजपुर र बरकुलपुर यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर भृकुटी नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर भृकुटी नगरपालिकाको जनसङ्ख्या २६,२८२ रहेको छ।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२० मिति
- ↑ ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
- ↑ ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति