रमाइलो
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
रमाइलो | |
---|---|
देश | नेपाल |
अञ्चल | कोशी |
जिल्ला | मोरङ |
उन्नतांश | १२२.२२४८ मिटर (४०१�०,००० फिट) |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | १२१५० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
'रमाइलो' कानेपोखरी गाउँपालिका अन्त्र्गत नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चल मोरङ जिल्लामा पर्ने एक मुख्य साबिकवयरवन गाबिस मा पर्ने प्रमुख गाउँ हो। बिकाशको क्रममा अग्रगतिमा अन्य स्थान झै रमाइलो पनि लम्कीरहेको छ । यस क्षेत्रमा सबै जाति सबै धर्मको बसोबास जस्तै :क्षेत्री,बाहुन ,राई, लिम्बु, गुरुङ सम्पुर्ण जातिको प्रतिनिधित्व रहेकोछ । रमाइलो वयरवन ,केरावन ,होक्लाबारी गा बि स गाभिएर बर्तमानमा कानेपोखरी गाउँपालिकाको केन्द्र् बिन्दु का रूपमा पनि रहेकोे छ । रमाइलो नामाकरण बारे पुरानो इतिहासहालको रमाइलोठाँउलाई पहिले धम्कुवाभनिन्थ्यो सोहीठाँउको उत्तर तर्फपट्टिको जमीन स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुदा उनका भाइ भतिजाहरूले उपहारस्वरूप बकस पाएका थिए भने जमिनको रेखदेख गर्न उनका भान्जा तिर्थ प्रसाद अधिकारीलाई सुम्पेका थिए। उनलाई तिर्थ बाबु भनी बोलाईथ्यो उनैले जमीनबेचबिखन गर्थें पातलो बस्ती भएको यस क्षेत्रमा पहाडबाट बसाइँसराइ गरि आउनेहरूलाई तिर्थ बाबुले नै कारोबार गर्थें यसैक्रममा पहाडबाट बसाइँसराइको क्रममा आउनेहरु मध्येमा ज्योतिषहरिप्रसाद अधिकारी पनि ८/१० बिघा जग्गा किने दुई अधिकारी बन्धु बीच सम्बन्ध सुमधुर बन्यो । ज्योतिष बाले धेरैलाई जमीन किनाइ दिए । यस क्रममा जग्गा दर्ता नामसारी गर्नका निमित्त मालपोत कार्यलय बिराटनगर मा तिर्थ बाबु, ज्योतिष हरिप्रसाद साथमा जमीन खरिदकर्ता पनि सगै थिए । जमीनको प्रमाणपुर्जा (राजीनामा) लेख्दै गरेका कार्यलयका कर्मचारीले ठेगाना के राखु भनी सोधेका मात्र के थिए ज्योतिष हरिप्रसाद ले हत्तपत्त आफ्नो नाम जोडी हरिपुरटोल भनीउत्तर दिए उनको कुराको आशय तिर्थ बाबुले बुझे रिसाउदै झोकीएर भने यो नाम कुनैपनि हालतमा हुँदैन यस्तो पनि नाम हुन्छ ? बरु अरु कुनै रमाइलो नाम लेखन भने हरेकले आ-आफ्नो कुरा राखे ठाँउको नाम राख्ने कुरामा एक्छिन बिवाद नै भयो त्यसपश्चात मालपोतका कर्मचारीले तिर्थबाबुले उच्चारणगरेको `` रमाइलो ´´ शब्दलाई प्रस्ताव गरे सबैको सहमति भयो तेहिअनुरुप ( रमाइलो ) भनी ठेगाना को महलमा भरिएको हुनाले आज यस ठाँउलाई रमाइलो भनिएको हो । यस रमाइलोसँग अर्को पनि ऐतिहासीक दु:खद घटनाजोडिएको छ । बि. स . २०२८ साल फागुनको महिनाको हो । रमाइलो हाल कानेपोखरी-रंगेली सडक पूर्ब सुकुना पारी घना जङ्गल थियो । सो जङ्गलमा तत्कालप्रतिबन्धित दल नेपाली काँग्रेसका शुक्रराज संयोक लगायत नेपालकम्यूनिष्टपार्टीका कार्यकर्ताहरूको अग्रसरतामा बसोबास गराउन फडानी शुरु गरियो । त्यसरी फडानी गर्नेमा भूमिहीननेपालीहरु भएकोविश्वास गरिन्छ । करिब एक महिनात्यहाँ फडानी गर्ने काम भयो । सरकारले वन अवैध रूपमा फडानी गर्न नपाइने भन्दै पटक पटक माइकद्वारा प्रचार गर्ने र नेतृत्वसँग बार्ता गर्ने काम पनि गर्यो । तर समझदारी हुन सकेन । यसैबीच चैत महिनाको शुरुमा हुनु पर्छ अपरान्ह चार पाँच बजे तिर बल प्रयोग गरी गोली चलाएर त्यहाँ रहेका मानिसहरूलाई हटाउने काम भयो ।सो कारबाहि हुनु अगाडि वरपरका स्थानीय बासिन्दालाई वन क्षेत्रमा प्रवेश नगर्न सूचना गरिएकोले शायदै कोहि पस्यो होला । कारबाहि पछि पनि साता दश दिन गाई बस्तु दाउरा घाँस गर्न पनि कोहि वन पसेन । त्यस पछि वन पसेका गोठाला र घाँस दाउरा गर्नेहरूले त्यहाँबाटभागेका मानिसका थुप्रै जुत्ता र लत्ता कपडा बेवारिसे रूपमा फेला पारेका थिए । सो घटनामा थुप्रै मारिएको र कैयौ घाइते भएको सुनियो । तर कस्को परिवारको को मरेको हो र को को घाइते भए कतैबाट यकिन दावी वा किटान भएको कतै पाइएको छैन । यसैलाई "रमाइलो झोडाको नरमाइलो कहानी " भनेर राजनीतिर साहित्यमा बढी चर्चा गर्ने गरिन्छ । त्यसबेला कोशी अञ्चलाधिशबलराम प्याकुरेल र प्रमुखजिल्ला अधिकारी भक्तबहादुर कोइराला हुनु हुन्थ्यो । बलराम प्याकुरेलको निक्कै अघि देहावशान भइसकेको छ भने भक्तबहादुर कोइराला अझै जीवित हुनुहुन्छ । पछि बि.स.२०३६ सालमा सोहि जङ्गल फडानी गरी कोशी बाढी पिडितलाई र हुम्से,दुम्से पिडीतहरूलाई बसोबास गराइयो । हाल कानेपोखरी गाउँ पालिकामा "काने पोखरी"छ, उक्त पोखरी यस गाउँमा स्थाहि बसोबास गर्ने धिमाल जातिको बोन धर्म अनुसार पोखरी पुजा स्थल पनि हो, उक्त पोखरी को नामाकरण यस पोखरीमा काने झार ज्यादै मात्रामा उम्रने भएकोले कानेझारको पोखरी लाई अपभ्रंश भई कानेपोखरी रहन गएको यहाँ को स्थानीय आदिवासी धिमाल अगुवा हरु को भनाई रहेको छ तर पहिचानयुक्त स्थानीय झारको सट्टा विवादास्पद पोखरीमा हाल निर्माण उपभोक्ता समिति मार्फत कानको सिमेन्टेड प्रतिमा प्रतिस्थापन गरिएको छ। जो यस क्षेत्रको पहिचानवादी आदिवासी हरुले कत्ति पनि समर्थन गरेको पाइन्न।