सिलोङ
सिलोङ
Shillong | |
---|---|
राजधानी | |
देश | भारत |
राज्य | मेघालय |
जिल्ला | पूर्व खासी हिल्स |
क्षेत्रफल | |
• राजधानी | ६४.३६ किमी२ (२४.८५ वर्ग माइल) |
उन्नतांश | १,५२५ मिटर (५००३ फिट) |
जनसङ्ख्या (२०११) | |
• राजधानी | १४३,२२९ |
• घनत्व | २३४/किमी२ (६१०/वर्ग माइल) |
• महानगर | ३५४,३२५[१] |
भाषा | |
• आधिकारिक | खासी (अन्य अङ्ग्रेजी) |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
हुलाक पिन | ७९३ ००१ – ७९३ १०० |
टेलिफोन कोड | ०३६४ |
सवारी दर्ता | ML-05 |
वेबसाइट | eastkhasihills |
सिलोङ (अङ्ग्रेजी: /ʃɪˈlɔːŋ/;[२][३] भारतको सबैभन्दा सानो राज्य मेघालयको राजधानी र पूर्व खासी हिल्स जिल्लाको मुख्यालय पनि हो । यस सहरलाई द एडोब अफ क्लाउड्स पनि भन्ने गरिन्छ । भारतको पूर्वोत्तरमा रहेको यो सहर आफ्नो सौन्दर्यताको कारण पर्यटकहरूको लागि आकर्षणको केन्द्र रहेको छ । यो सहर पहिले भारतको राज्य असमको राजधानी थियो, पछि असमको विभाजन भएपछि मेघालय राज्यको निर्माण भयो र सिलोङ यहाँको राजधानी बनाइयो ।
समुद्र सतह देखि औसत ४,९०८ फिट (१,४९६ मिटर)को उचाईमा अवस्थित यस सहरको मौसम वर्षभरी नै बसाई र घुमाईको लागि उपयुक्त हुन्छ । यस सहरको उच्चतम विन्दु सिलोङ टाकुरा ६,४४९ फिट (१,९६६ मिटर) रहेको छ । सन् २०११ को भारतको जनगणना अनुसार सिलोङको जनसङ्ख्या १,४३,००७ रहेको छ । यो सहर भारतको सबैभन्दा बढी जनसङ्ख्या हुने सहरहरू मध्येमा ३३०औँ क्रममा रहेको छ ।[४] चारै तिर घुमावदार पहाडले घेरिएको यो सहरले युरोपेली देश स्कटल्यान्डको सम्झना गराउँछ, त्यसकारण यसलाई भारतको पूर्वको स्कटल्यान्ड पनि भन्ने गरिएको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Shillong City Overwiew", अन्तिम पहुँच ११ मे २०१४।
- ↑ "Define Shillong", Dictionary.com, अन्तिम पहुँच ३१ अक्टोबर २०१३।
- ↑ "Definition of Shillong", The Free Dictionary, अन्तिम पहुँच ३१ अक्टोबर २०१३।
- ↑ http://www.census2011.co.in/city.php
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- सिलोङ विकियात्रामा यात्रा सहयोगी
- इस्टर्न प्यानोरेमा पत्रिका
- Meghalaya State Government Portal
- Shillong.com
- Shillong Online