हेमाङ्गराज अधिकारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

व्यक्तित्व[सम्पादन गर्ने]

काेशी अञ्चलकाे भाेजपुर जिल्ला अन्तर्गत दिङ्लामा जन्मिएका हेमाङ्गराज अधिकारी (२००७) नेपालका विशिष्ट विद्वान्मा गनिन्छन् । उनी बालागुरु षडानन्दका वंशज हुन् । अधिकारीले संस्कृतमा अाचार्य तथा नेपालीमा स्नातकाेत्तर गरी भाषा विज्ञानमा विद्यावारिधिकाे उपाधि प्राप्त गरेका छन् । प्राध्यापक डाक्टर अधिकारी त्रिभुवन विश्वविद्यालयमा धेरै वर्ष प्राध्यापन कार्य गरी निवृत्त भएका हुन् । उनी समालाेचक, व्याकरणकार तथा काेशकारका रूपमा प्रसिद्ध छन् । पूर्वीय संस्कृत साहित्यका चिन्तक र शिक्षा शास्त्र सङ्काय अन्तर्गत भाषा विषयका विशेषज्ञ एवम् अनिवार्य नेपाली विषय समितिका सदस्य सचिव र अध्यक्ष समेत भएका अधिकारी बहुमुखी प्रतिभाका रूपमा परिचित देखिन्छन् । [१]

कृतित्व[सम्पादन गर्ने]

प्रा.डा. हेमाङ्गराज अधिकारीका प्रकाशित कृतिका रूपमा पूर्वीय समालाेचना सिद्धान्त (२०२९), नेपाली भाषा शिक्षण (२०२९), भाषा शिक्षण ः केही परिप्रेक्ष्य केही पद्धति (२०४६), समसामयिक नेपाली व्याकरण (२०४९), नेपाली कारक व्याकरण (२०५२), प्रारम्भिक नेपाली शिक्षण (सहलेखन २०५५), सामाजिक र प्रायाेगिक भाषा विज्ञान (२०५६), समसामयिक सरल नेपाली व्याकरण (२०५७), सजिलाे नेपाली माला (सम्पादन/अनुवाद, २०५७), प्रयाेगात्मक नेपाली शब्दकाेश (सम्पादन, २०६१), प्रयाेगात्मक नेपाली व्याकरण (२०६७), अादि रहेका पाइन्छन् । यी कृतिहरूकाे निरूपण गर्दा अधिकारीकाे अध्ययन क्षेत्र दुर्इ भागमा विभाजित देखिन्छन् । पहिलाे भाग भाषा शिक्षणकाे सिद्धान्त र प्रयाेग विधि छन् भने दाेस्राे भाग व्यारणका नव स्थापनाहरूकाे व्याख्या र विवेचनामा केन्द्रित रहेकाे पाइन्छ । ।[२]

पुरस्कार/सम्मान[सम्पादन गर्ने]

प्रध्यापक डाक्टर हेमाङ्गराज अधिकारीले त्रिभुवन विश्व विद्यालयद्वारा प्रदान गरिने सर्वाेच्च पदक महेन्द्र विद्याभूषण क प्राप्त गरेका छन् । त्यसैगरी उनले सैन्यध्वज नन्दकुमारी विद्वद्वृत्ति सम्मान पनि प्राप्त गरेका छन् । [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. सुवेदी, राजेन्द्र (२०६१), नेपाली समालोचना परम्परा र प्रवृत्ति पृष्ठ २३२, वाराणसी ः भूमिका प्रकाशन
  2. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
  3. प्रभात, विष्णु (२०७०), साहित्यकार-कलाकार परिचयकाेश, काठमाडाैं ः नेपाल प्रज्ञा प्रतिष्ठान ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


नेपाली साहित्यकाे इतिहास