नव नेपाल निर्माण पार्टी
स्वरूप
नव नेपाल निर्माण पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष मोतिलाल दुगड हुन्। नव नेपाल निर्माण पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह खरायो थियो।[१] नव नेपाल निर्माण पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १,३९८ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ८,११९ मत प्राप्त गरेको थियो।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।