तराई मधेश पहाड हिमाल एकता पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तराई मधेश पहाड हिमाल एकता पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष प्रविन झा हुन्। तराई मधेश पहाड हिमाल एकता पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ गैरीगाउँमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह सिसाकलम थियो।[१] तराई मधेश पहाड हिमाल एकता पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल २,२१२ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १२,४६६ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०