सामग्रीमा जानुहोस्

१९७३ तेल सङ्कट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Price of oil adjusted for inflation
Price of oil (nominal)
West Texas Intermediate oil price history 1946–2022[]

१९७३ तेल सङ्कट अरब पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घका सदस्य राष्ट्रहरूले तेलमा व्यापारिक प्रतिरोध सुरु गरेपछी अक्टोबर १९७३ मा प्रारम्भ भयो। यो तेलको व्यापारिक प्रतिरोध योम किप्पुर युद्धमा इजरायललाई सहयोग गर्ने देशहरू माथि लक्षित गरिएको थियो । [] प्रारम्भमा यो व्यापारिक प्रतिरोध क्यानाडा, जापान, नेदरल्यान्ड्स, संयुक्त अधिराज्यसंयुक्त राज्य अमेरिका माथि लक्षित गरिएको थियो र पछि पोर्चुगलदक्षिण अफ्रिका माथि पनि विस्तार गरियो ।  मार्च १९७४ मा व्यापारिक प्रतिरोध अन्त्य भएसंगै ,[] तेलको मूल्य ३ अमेरिकी डलर प्रति ब्यारेलबाट झन्डै १२ डलर पुगेको थियो र त्यस समयमा अमेरिकी डलरको मूल्य निकै उच्च थिए। यो व्यापरिक प्रतिरोधले तेल सङ्कट निम्त्यायो र विश्व राजनीति र वैश्विक अर्थतन्त्रमा थुप्रै तत्कालको र दीर्घकालीन असरहरू देखा पर्‍यो। यसलाई १९७९ को तेल सङ्कट 'दोश्रो तेल सङ्कट' भएपछि 'पहिलो तेल सङ्कट' भनियो ।

अमेरिकी उत्पादन गिरावट

[सम्पादन गर्नुहोस्]

१९६९ सम्म अमेरिकी आन्तरिक तेल उपजले बढ्दो तेलको माग धान्न सकेको थिएन। द्वितीय विश्व युद्ध सुरु भएपछी एक तिहाई अमेरिकी उर्जाको माग तेलबाट पूर्ति हुन्थ्यो । तेलले घरमा तापको लागि; विद्युत उत्पादनको लागि कोइलालाई विस्थापित गर्न सुरु गर्यो, र एक मात्र हवाईजहाज उर्जा तेल नै थियो। १९२० मा, अमेरिकाले वैश्विक तेल उत्पादनको दुई तिहाई तेल उत्पादन गर्थ्यो। १९४५ मा, यूएस उत्पादन बढेको दुई तिहाई भन्दा बढी थियो। १९४५ देखि १९५५ सम्म अमेरिकाले आफ्नो उर्जाको माग आफै पूर्ति गर्न सक्यो ; १९५० को उत्तरार्धमा प्रत्येक वर्ष ३५ करोड ब्यारेल तेल मुख्यतः भेनेजुएलाक्यानाडाबाट आयात गर्न सुरु गर्यो १९४५ मा, यूएस उत्पादन बढेको दुई तिहाई भन्दा बढी थियो।१९७३ मा , अमेरिकी तेल उत्पादन वैश्विक उपजको १६.५ % मा गिर्न पुग्यो 1 9 45 मा, यूएस उत्पादन बढेको दुई तिहाई भन्दा बढी थियो।[][]

पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक) को झण्डा

पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ ओपेक १५ राष्ट्रहरूको अन्तर सरकारी सङ्गठन हो। यसको स्थापना पाँच संस्थापक सदस्य राष्ट्रहरू (इरान, इराक, कुवेत, साउदी अरब, र भेनेजुएला)द्वारा १९६० मा इराकको बग्दादमा भएको थियो र १९६५ देखि यसको मुख्यालय भियना, अस्ट्रियामा छ । सेप्टेम्बर २०१८ को एक प्रतिवेदन अनुसार विश्वको तेल उत्पादनको ४४ प्रतिशत र ८१.५ प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मुल्यमा ओपेकको ठुलो प्रभाव रहेको छ जुन पहिला 'सात बहिनी' भनिएर चिनिने बहुराष्ट्रिय तेल कम्पनीले मुल्य निर्धारण गर्थ्यो ।[] यो सङ्गठन अन्तरास्ट्रिय तेल बजारको महत्त्वपुर्ण सुचना संवाहक समेत हो। हालको ओपेक राष्ट्रहरू निम्न राष्ट्रहरू हुन्।The current OPEC members are अल्जेरिया, एङ्गोला, इक्वेडर, भूमध्यरेखीय गिनी, गाबोन, इरान , ईराक, कुवेत, लिबिया, नाइजेरिया, कतार, गणतन्त्र कङ्गो, साउदी अरेबिया (अघोषित नेता), संयुक्त अरब इमिरेट्स यु.ए.इ., र भेनेजुएलाइन्डोनेसिया पुर्व सदस्य राष्ट्र हो । महाद्वीपमा दक्षिण अमेरिकाबाट दुई , अफ्रिकाबाट सात र एसिया (मध्य पुर्व)बाट छ राष्ट्र रहेका छन् । ओपेक रास्ट्रको दुई-तिहाई तेल उत्पादन र रिजर्भ यसका छ मध्य पूर्वी राष्ट्रहरूमा रहेका छन् जसले पर्सियन खाडीलाई वरिपरी घेरेका छन् ।यो सङ्गठनको उल्लेखित मिशन '' सदस्य राष्ट्रहरू बीच समन्वय र सहकार्य गर्नु, सदस्य राष्ट्रहरूलाई एक गर्नु र उपभोक्तासम्म कुशल, आर्थिक र नियमित पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्नका लागि तेल बजार स्थिर गर्ने र पेट्रोलियम उद्योगमा लगानी गर्नेको उचित लगानी फिर्ती सुनिश्चित गर्नु हो । "

सन् १९६० को दशकको शुरुवातमा लिबिया, इन्डोनेसियाकतार ओपेकमा सामेल भए। लिबियाइराकको राजनीतिमा उतारचढाव नआउन्जेल ओपेकलाई अप्रभावी मानिन्थ्यो जुन सन् १९७० मा गएर मजबूत भयो। साथै, सोभियत सङ्घको बढ्दो प्रभावले तेल उत्पादक देशहरूलाई बजारसम्म तेल ढुवानीको लागि विभिन्न वैकल्पिक माध्यमहरू उपलब्ध गरायो।[]

तेहरान मुल्य सम्झौता १९७१ अनुसार अमेरिकी डलरको गिर्दो भोको कारणले तेलको मुल्य बढ्यो । [][][]

सेप्टेम्बर १९७३ मा रास्ट्रपति रिचार्ड निक्सन १९५१ मा इरानी तेल उद्योगको राष्ट्रियकरण लाई सङ्केत गर्दै बताए , "बजार बिनाको तेलले धेरै धेरै वर्ष अघि झैँ कुनै पनि देशलाई राम्रो गर्दैन ," तर ओपेक राष्ट्रले अक्टोबर १९७३ देखि फेब्रुअरी १९७४ सम्म तेलको मुल्य १२ डलर सम्म पुर्याए ।[१०]

  • जनवरी १९७३—१९७३-७४ शेयर बजार क्र्यास
  • अगस्ट २३, १९७३—योम किप्पुर युद्धको तयारीबारे साउदी राजा फैसलर  इजिप्टेली रास्ट्रपति अनवर सादात बीच भेट र "तेल"लाई हतियारको रूपमा प्रयोग गर्ने वार्ता[११]
  • अक्टोबर ६ —इजिप्टसीरियाद्वारा इजरायल माथि आक्रमण; १९७३ अरब इजरायल युद्ध सुरु
  • अक्टोबर ८ को रात—इजरायल पूर्ण परमाणु सतर्क
  • अक्टोबर ८-१०—ओपेक तेल वार्ता
  • अक्टोबर १२—अमेरिकाद्वारा इजरायललाई हतियार आपूर्ति ; सोभियत सङ्घद्वारा अरब पक्षलाई सहयोग
  • अक्टोबर १६—साउदी अरब, इरान, ईराक, अबु धाबी, कुवेतकतारद्वारा उत्पादन कटौती र मुल्यबृद्धिको घोषणा[१२]
  • अक्टोबर १७ —ओएपेक तेलमन्त्रीद्वारा पश्चिमी समर्थनलाई तेलले प्रभाव पार्ने निर्णय
  • अक्टोबर १९ —निक्सन द्वारा कंग्रेससँग इजरायललाई २.२ अर्ब डलर सहयात गर्न अपिल[१३] लिबिया द्वारा तत्कालै अमेरिका माथि प्रतिरोध[१४] साउदी र अन्य तेल उत्पादक मुलुकद्वारा अर्को दिन प्रतिरोध
  • अक्टोबर २६ —योम किप्पुर युद्ध अन्त्य.
  • नोबेम्बर ५—अरब उत्पादकद्वारा २५ % कटौती घोषणा; ५ % अझै कटौती गर्ने धम्कि
  • नोबेम्बर २३—पोर्चुगल, रोडेसिया र दक्षिण अफ्रिकामाथि प्रतिरोध विस्तार
  • नोबेम्बर २७—निक्सनद्वारा तेल मुल्यको आपतकालीन कानुन हताक्षर
  • डिसेम्बर ९—अरब तेल मात्री द्वारा जनवरी १९७४बाट अर्को ५ % कटौती गर्ने निर्णय
  • डिसेम्बर २५—अरब तेल मात्री द्वारा जनवरी १९७४बाट अर्को ५ % कटौती गर्ने निर्णय .
  • जनवरी ७-९ १७४—ओपेक द्वारा मुल्य अप्रिल १ सम्म फ्रिज
  • जनवरी १८—इजरायल द्वारा स्वेज नहरबाट फौज फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर
  • फेब्रुअरी १२-१४—वार्तामा प्रगति
  • मार्च ५—इजरायलद्वारा आफ्नो अन्तिम फौज स्वेज नहरबाट फिर्ता
  • मार्च १७—लिबिया बाहेक अरब तेल मन्त्रिद्वारा अमेरिका माथिको प्रतिरोध अन्त्य
  • डिसेम्बर १९७४—१९७३-७४ शेयर बजार क्र्यास अन्त्य

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

२०२० रुस- साउदी अरब तेल मूल्य युद्ध


  1. "Crude Oil Prices – 70 Year Historical Chart" 
  2. Smith, Charles D. (2006), Palestine and the Arab–Israeli Conflict, New York: Bedford, p. 329.
  3. "OPEC Oil Embargo 1973–1974", U.S. Department of State, Office of the Historian, अन्तिम पहुँच अगस्ट ३०, २०१२ 
  4. David S. Painter, "Oil and Geopolitics: The Oil Crises of the 1970s and the Cold War", Historical Social Research / Historische Sozialforschung 39 (4), जेएसटिओआर 24145533 
  5. Little, Douglas (२००९-०९-१५), "2. Opening the Door: Business, Diplomacy, and America's Stake in Middle East Oil", American Orientalism: The United States and the Middle East since 1945, Univ of North Carolina Press, आइएसबिएन 978-0-8078-7761-6 
  6. "Our Mission", OPEC, अन्तिम पहुँच १६ फेब्रुअरी २०१३ 
  7. ७.० ७.१ Peelo, Victor (१९७५-१०-०९), "Behind the U.S.-OPEC Conflict", Challenge: The U.S. Economy in Action 18 (4): 49, आइएसएसएन 0577-5132, अन्तिम पहुँच २०१८-०६-२०EBSCOhostद्वारा। 
  8. David Hammes; Douglas Wills (२००५), "Black Gold: The End of Bretton Woods and the Oil-Price Shocks of the 1970s", The Independent Review 9 (4): 501–511, जेएसटिओआर 24562081 
  9. For a discussion about the impact of inflation on the purchasing power of oil revenues in the 1970s see Murphy, Edward E.; Perez-Lopez, Jorge F. (१९७५), "Trends in U.S. export prices and OPEC oil prices", Monthly Labor Review 98 (11): 36, आइएसएसएन 0098-1818, अन्तिम पहुँच २०१८-०६-२०EBSCOhostद्वारा, (नामलेखन बाँकी (help))  |subscription= प्यारामिटर ग्रहण गरेन (सहायता)
  10. Dietrich, Christopher R. W. (२०१५), "Mossadegh Madness: Oil and Sovereignty in the Anticolonial Community", Humanity: An International Journal of Human Rights, Humanitarianism, and Development 6 (1): 63–78, आइएसएसएन 2151-4372, डिओआई:10.1353/hum.2015.0002 
  11. Yergin 2008, पृष्ठ 597.
  12. Editorial Note: this conflicts with the 70% price increase to $5.11, noted by a cited reference, in the section above.
  13. Lenczowski 1990, पृष्ठ 130.
  14. "Significant Events in U.S.-Libyan Relations", 2001-2009.state.gov, अन्तिम पहुँच अगस्ट ७, २०१२