विकिपिडिया:प्रमुख लेख/कात्तिक, २०७९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा विशेष लेखहरू

This star symbolizes the featured content on Wikipedia.
This star symbolizes the featured content on Wikipedia.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई साप्ताहिक रूपमा समसामयिक स्तरीय लेखहरू परिवर्तन हुने गरी व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०५९ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेका छन्। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएका छन्। कुनै पनि लेख प्रमुख लेखका रूपमा छनौट हुनको लागि स्तरीय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्। यदि तपाईंले प्रमुख लेखमा कुनै समस्या देख्नुभएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनहुनको लागि अनुरोध गर्दछौँ।

लेखको माथि दायाँतिर पहेँलो ताराको चिन्हले () सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागि अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७९ कात्तिक पहिलो[सम्पादन गर्नुहोस्]

पानासोनिक

नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र हो। नेपालले आफ्नो हिमाली अक्षमा १५० देखि २५० किलोमिटर (९३ देखि १५५ माइल) को दूरी मापन गरि करिब ८८० किलोमिटर (५४७ माइल)को दूरी तय गरेको छ। यसको क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर (५६,९५६ वर्ग माइल) रहेको छ।

नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र अन्य तीनतिर भारतले भूपरिवेष्ठित क्षेत्र ओगटेको छ। पश्चिम बङ्गालको साँघुरो सिलिगुडीले नेपाल र बङ्गलादेशलाई छुट्याएको छ। यसको पूर्वमा भुटान र भारत रहेका छन्।(पूरा  पढ्नुहोस्...)

२०७९ कात्तिक दोस्रो[सम्पादन गर्नुहोस्]

पृथ्वी

पृथ्वी सूर्यको दूरी अनुसार सौर्यमण्डलमा रहेका आठ ग्रहमध्ये पृथ्वी तेस्रो, सबैभन्दा घना र पाँचौँ ठूलो ग्रह हो। सूर्यबाट यसको दूरी लगभग १५ करोड किलोमिटर छ। यो सौर्यमण्डलका चारवटा अत्यन्तै कठिन ग्रहहरूमध्ये एक हो। पृथ्वीको अर्को नाम "संसार" वा "नीलो ग्रह" हो। यसलाई विश्व पनि भनिन्छ। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो। यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०) वर्ष अगाडि उत्पन्न भएको हो। त्यसको केही पछि यसले एकमात्र प्राकृतिक उपग्रह, चन्द्रमा, प्राप्त गरेको थियो। पृथ्वीले सुर्यको वरीपरी ३६५.२५ दिनमा १ फन्को घुम्दछ। युनानी भाषामा यसलाई गाया र ल्याटिनमा यस ग्रहको नाम तेरा हो।

पृथ्वीमा मानिसलगायत अन्य अरबौँ प्रजातिका जीव तथा बनस्पतिको उपस्थिति रहेको छ। आजसम्म जीवन अस्तित्वमा रहेको एक मात्र ब्रह्माण्डीय पिण्ड पृथ्वी हो। पृथ्वी ४५४ करोड वर्षअघि बनेको थियो। एक अरब वर्षभित्रै पृथ्वीमा जीवन देखा परेको थियो। पृथ्वीको जीवमण्डलले यस ग्रहको वायुमण्डल र अन्य अजैविक अवस्थाहरूमा उल्लेखनीय परिवर्तनहरू ल्याएको छ। फलस्वरुप एकातिर जीवित जीवहरू अस्तित्वमा आएका थिए भने भने अर्कोतिर पृथ्वीमा ओजन तहको पनि निर्माण भइसकेको थियो। पृथ्वीको चुम्बकीय क्षेत्रसँगसँगै यसको ओजोन तहले हानिकारक सौर्य विकिरणलाई अवरुद्ध गरी ग्रहमा जीवन विकासका लागि बाटो खोलिदिएको थियो। यस अवधिमा पृथ्वीको प्राकृतिक स्रोत र यसको भौगर्भिक इतिहास र अक्षले जीवनको अस्तित्वलाई जोगाउन महत्त्वपूर्ण काम गरेको थियो।(पूरा  पढ्नुहोस्...)