कात्तिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कात्तिक
मूल नामकार्तिक  (संस्कृत)
पञ्चाङ्गहिन्दू पञ्चाङ्ग
महिना संख्या
ऋतुशरद ऋतु
महत्त्वपूर्ण दिनहरू

कार्तिक महिना हिन्दू महिनाहरूको १२ महिनाहरू मध्ये एक (सातौँ) महिना महिना हो। सौर्यमास प्रणाली अनुसार कार्तिक महिना तुला सक्रांतीको दिन देखि सुरु हुन्छ। चन्द्रमासका अनुसार कार्तिक महिना कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ। तर शाक्य पञ्चांगका अनुसार भने कार्तिक महिना तुला सक्रांतीको ५ दिन पछि सुरु हुन्छ। नेपालमा सौर्यमासलाई नै व्यवहारमा ल्याईएको छ। यो महिना शरदऋतुको दोस्रो महिना हो। अङ्ग्रजी महिनाको अक्टुबरको आधा महिना र नोवेम्बरको आधा महिना कार्तिक महिना भित्र पर्छ।

कात्तिक महिनामा गर्न हुने र गर्न नहुने कार्यहरू[सम्पादन गर्नुहोस्]

प्राचीन हिन्दु परम्परा र मान्यता अनुसार कात्तिक महिनामा कुनैपनि देवकर्महरु गर्न नमिल्ने र गरिहालेमा पनि उल्टो फल प्राप्त हुने जनविश्वास रहिआएको छ। यसै कारण कार्तिक महिनामा शुभ-विवाहहहरू र विशेष पूजा आजाहरू गर्न नमिल्ने कुरा हिन्दु अभिलेख र ग्रन्थहरूमा उल्लेखित छ । कात्तिक महिनामा कार्तिक स्नानको ठुलो महत्त्व रहेको छ। यस महिनामा खास गरेर स्नान, दान, आदी कार्यहरू गर्न सकिन्छ।

सन्दर्भ सूचीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]